होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सी डिभिजन लिगका क्लबले पाउने तयारी खर्चको पहिलो किस्ता एक साताभित्र दिने निर्णय
समाचार

सी डिभिजन लिगका क्लबले पाउने तयारी खर्चको पहिलो किस्ता एक साताभित्र दिने निर्णय

  • नागरिक रैबार
सी डिभिजन लिगका क्लबले पाउने तयारी खर्चको पहिलो किस्ता एक साताभित्र दिने निर्णय

वैशाख ९ देखि सुरू हुने सहिद स्मारक सी डिभिजन लिगमा सहभागी क्लबले तयारी खर्चस्वरूप पाउने पहिलो किस्ता एक साताभित्र उपलब्ध गराउने निर्णय भएको छ।

आज अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा बसेको बैठकले पहिलो किस्तास्वरूप पाउने ५ लाख रूपैयाँ एक साताभित्र उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकमा लिग कमिटीका निर्देशक सन्जिव मिश्रसहित सी डिभिजन क्लबका प्रतिनिधिको उपस्थिति थियो।‘सात दिनभित्र पहिलो किस्ताको ५ लाख रुपैयाँ नपाए लिग खेल्न सी डिभिजन क्लब बाध्य हुनेछैनन् भन्ने पनि निर्णय भएको छ,’ बैठकमा सहभागी एक क्लबका प्रतिनिधिले भने।

विज्ञापन

एन्फाले तयारी स्वरूप सी डिभिजन क्लबलाई ९ लाख ५० हजार रूपैयाँ दिने गर्छ। लिग सुरू हुनुअघि पाँच लाख रूपैयाँ उपलब्ध गराउने व्यवस्था भए पनि एन्फाले अहिलेसम्म तयारी खर्च दिएको छैन। जसका कारण लिग झन्डै दुई साता धकेलिएको थियो।

दोस्रो किस्ताको २ लाख ५० हजार लिगको सातौं चरणको खेल सकिएपछि र तेस्रो किस्ताको २ लाख रूपैयाँ लिग सकिएपछि दिने व्यवस्था छ।

एन्फाले गत महिना सकिएको बी डिभिजन लिगका क्लबलाई अहिलेसम्म सबै तयारी खर्च दिइएको छैन। बी डिभिजन क्लबले तयारी खर्च १२ लाख ५० हजार रूपैयाँ पाउने गर्छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै