होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रोनाल्डोले बनाए नयाँ कीर्तिमान
समाचार

रोनाल्डोले बनाए नयाँ कीर्तिमान

  • नागरिक रैबार
रोनाल्डोले बनाए नयाँ कीर्तिमान

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्व फुटबलमा क्लब र देशका लागि थुप्रै कीर्तिमानहरू बनाएका छ । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी रोनाल्डो आफ्नो फुटबल अर्काे नयाँ कीर्तिमान बनाएका छन् । उनी अब क्लब फुटबलमा लगातार १६ सिजनमा २० गोल गर्ने खेलाडी बनेका छन् ।

शनिबार भएको प्रिमियर लिग अन्तर्गत चर्विच सिटी विरुद्धको खेलमा उनले ह्याट्रिक गरेका थिए । यसअघि रेलिगेसन जोनमा संघर्ष गरिरहेको एभर्टसँग पराजित भएको युनाइटेडलाई रोनाल्डोले शनिबारको खेलमा प्रभावशाली जित दिलाएका थिए ।

रोनाल्डोको नाममा यो व्यक्तिगत रेकर्ड पनि बनेको छ । ३७ वर्षीय रोनाल्डोले खेलको सातौं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।​ एन्थोनीको पासमा उनले गोल गरेका थिए । ३२ औं मिनेटमा कर्नरबाट आएको पासलाई हेड मार्फत सदुपयोग गर्दै रोनाल्डोले लगातार १६ सिजनमा २० गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार