होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दार्चुलाः जिल्ला भलिबल संघ दार्चुलाको अधिवेशनले प्रेमसिंह ऐरीलाई अध्यक्षमा चयन गरेको छ। सदरमुकाम खलंगामा बुधबार भएको भेलाले ऐरीको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको हो। संघको उपाध्यक्षमा सुरेशसिंह धामी र भोजराज जोशीलाई चयन गरेको छ। महासचिवमा दिनेश निरौला, कोषाध्यक्षमा विरदेव भट्ट चयन भएका छन्।सदस्यहरु महिलातर्फ अनिता धामी, लोरेन्स ठगुन्ना र गोमती जोशी तथा पुरुषतर्फ गगनसिंह धामी, […]
काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले हङकङलाई ११० रनको लक्ष्य पेस गरेको छ । मलेसियाको किनरारा मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको हो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३२ बनाएकी छन् । नेपालका लागि ओपनिङमा आएकी सीता राना मगर ९ रनमा रनआउट भइन् […]
काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ ।यो जितसँगै नेपालले समूह बीबाट ६ जोडेर शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । मलेसियास्थित किनरारा क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका बलर कविता कुँवर, अस्मिना कर्मचार्य र सबनम राईले समान २ विकेट लिँदै […]
काठमाडौं । नेपालले क्यानडामा २ वटा टी–२० र २ वटा एक दिवसीय क्रिकेट शृंखला खेल्ने भएको छ । असार १४ र १५ गते टी-२० तथा असार २० र २१ गते एकदिवसीय खेल हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । त्यसका लागि नेपाली टिम असार १२ गते क्यानडा जाने तयारी छ । स्कटल्याण्डमा नामिबियासमेत सम्मिलित […]
काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२२-२३ को खेलतालिका सार्वजनिक भएको छ ।प्रिमियर लिगले बिहीबार आगामी सिजनको लागि खेलतालिका सार्वजनिक गरेको छ । प्रिमियर लिगको यो सिजनको पहिलो खेल अगष्ट ५ मा आर्सनल र क्रिस्टल प्यालेसबीच हुनेछ । अगस्ट ७ तारेखमा च्याम्पियन म्यानचेष्टर सिटीले वेष्टह्यामसँग खेल्नेछ । यस्तै अगष्ट ६ मा लिभरपुलले नवप्रवेशी पुलहमसँग […]
हरिश चन्द, डडेल्धुराः डडेल्धुरामा सम्पन्न पदम मेमोरियल कपको उपाधि किङ्स युथ क्लबले हात पारेको छ। पदम भण्डारीको स्मृतिमा डडेल्धुराको किङ्स युथ क्लबद्वारा आयोजित पदम मेमोरियल कप जिल्ला स्तरीय खुल्ला टी– २० पुरुष क्रिकेट प्रतियोगिता मंगलवार भएको फाइनल खेलमा परशुराम नगरपालिकालाई २२ रनले हराउँदै किङ्सले उपाधि जितेको हो। कप्तान सुनिल तामाङले टस जितेर ब्यटिङ गरेको किङ्स […]
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अर्को खेल खेल्नुअघि नेपालले कमजोरी हटाउनुपर्ने बताएका छन् । एसियन कप छनोटको अन्तिम खेलमा मंगलबार राति इन्डोनेसियासँग ७-० को फराकिलो अन्तरले पराजित हुँदै छनोट यात्रा सकिएपछि उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै टिममा केहि सकारात्मक पक्षहरु देखिए पनि गल्ती पक्षहरु सुधार गर्नुपर्ने उल्लेख गरेका छन् । […]
‘खुश्बु’को अर्थ हुन्छ, ‘सुगन्ध’ । हो, खुश्बु ओलीले एउटा मीठो सुगन्ध छर्दैछिन्, नेपाली फुटबल इतिहासमा । त्यो हो कैदी–बन्दीहरूलाई फुटबल खेलाडी, रेफ्री र प्रशिक्षक बनाउने अभियान । ‘सेल्टर नेपाल’ नामक संस्थाकी अध्यक्ष खुश्बु ओलीले सोही संस्थामार्फत् पहिलो पटक ५६ कैदी–बन्दीहरूमा एउटा नयाँ प्रयोग गर्दैछिन् । कैदी–बन्दीहरू एउटा सुरक्षित घेराभित्र हुन्छन् । उनीहरुले गर्ने सबै क्रियाकलाप […]
काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगल र स्पेन विजयी भएका छन् । लिग ‘ए’ को समूह ‘बी’ अन्तर्गत खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-० ले हरायो । पोर्चुगलका लागि जाओ कान्सेलोले ३३औं र गोलनकालो गुएडेजले ३८औं मिनेटमा गोल गरे ।दोस्रो जितपछि ३ खेलबाट ७ अंकसहित पोर्चुगल यस समूहमा शीर्ष स्थानमा छ […]
काठमाडौं । लिभरपुलका गोलरक्षक लोरेस केरियस सहित सात खेलाडीले यस सिजनको अन्त्यदेखि क्लव छोड्ने भएका छन् । गोलरक्षक केरियस सहित विङ्गर सेइ ओजो, मिडफिल्डर बेर्न बुडबर्नसहित अन्य तीनले एकै पटक क्लब छोड्ने भएका हुन् । लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले यस अघि नै बेल्जियम स्ट्राइकर डिभोक ओरेगीले यस सिजनको अन्त्यमा क्लब छाड्ने जानकारी गराइ सकेका थिए […]
काठमाडौं । युइएफए नेसन्स लिगमा बेल्जियमले पहिलो जित निकालेको छ । लिग ए अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमै नेदरल्याण्ड्ससँग पराजित भएको बेल्जियमले दोस्रो खेलमा बुधबार राति पोल्याण्डलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । अघिल्लो खेलमा बेल्जियम नेदरल्याण्डसँग ४-१ ले पराजित भएको थियो । तर पोल्याण्ड विरुद्ध भने एक गोलले पछि परेको अवस्थामा […]
काठमाडौं । गत फागुनमा एएफसी एसियन कप छनोटको तेस्रो तथा अन्तिम चरणका लागि ड्र हुँदा नेपाल कठिन समूहमा पर्यो ।समूह ए मा परेको नेपालले दुई पुरानै प्रतिद्वन्द्वी जोर्डन र कुवेतसहित इन्डोनेसियासँग खेल्नुपर्ने भयो । त्यसबेला नेपालका लागि दुई ठूला चुनौती थिए । पहिलो तीन वटै टिम नेपालभन्दा बलियो र कुवेत अर्थात सेन्ट्रल भेन्युमा खेल हुनु […]
काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पीएसजी)का फ्रान्सेली सुपरस्टार केलियन एम्बाप्पे विश्वकै मूल्यवान फुटबल खेलाडी भएको एउटा अनुसन्धान संस्थाले दावी गरेको छ । सीआईईएस फुटबल अब्जरभेटरीले गरेको अनुसन्धानअनुसार २३ वर्षीय एम्बाप्पे शीर्ष स्थानमा रहँदा भिनिसियस जुनियर र अर्लिङ हलाण्ड क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् । हालै रियल मड्रिडको प्रस्ताव अस्वीकार गरी पीएसजीमै रहने निर्णय गरेका […]
काठमाडौं । लिओनल मेस्सीको पाँच गोलसँगै अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा स्टोनियालाई हराएको छ ।अघिल्लो साता दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले युरोपियन च्याम्पियन इटलीलाई ३–० ले हराएर फाइनलसीमाको उपाधि जितेको थियो । यो खेलमा दुई गोलमा असिस्ट गरेका मेस्सीले आइतबार भने एक्लै पाँच गोल गरेका हुन् । स्पेनको पम्प्लोनामा भएको खेलमा मेस्सीले आठौं मिनेटमा पेनाल्टीबाट गोलको खाता खोलेका […]
काठमाडौं । वेल्स ६४ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ । आइतबार राति भएको प्लेअफमा युक्रेनलाई पराजित गर्दै वेल्स विश्वकपका लागि छनोट भएको हो । सन् १९५८पछि वेल्स विश्वकपमा छनोट हुन सकेको थिएन । प्लेअफमा युक्रेनलाई १-० गोलले पराजित गरेपछि वेल्स लामो प्रतीक्षापछि विश्वकपमा स्थान बनाएको हो । वेल्सका लागि कप्तान गेराथ बेलले फ्रिकिकमार्फत […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखको स्थानमा सुवास खकुरेललाई टिममा बोलाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले घाइते भएका विकेटकिपर तथा ओपनर शेखको स्थानमा विकेटकिपर तथा ओपनर खकुरेललाई टिममा बोलाएको हो । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विकेटकिपर आसिफलाई नेपाल अलस्टारविरुद्धको खेलअघि अभ्यासको क्रममा घुँडामा चोट लागेको थियो । उनको स्थानमा विकेटकिपर खकुरेललाई […]
काठमाडौं । आइतबार राती कार्डिफमा विश्वकप छनोट प्लेअफ फाइनलमा युक्रेनको आतिथ्य गर्दा वेल्सको जनर इतिहासतर्फ हुनेछ । यो टिम सन् १९५८ यता पहिलोपल्ट विश्वकप खेल्ने लक्ष्यमा छ । युद्धग्रस्त अवस्थाबाट अघिल्लो साता प्लेअफ सेमिफाइनलमा स्कटल्याण्डलाई पराजित गरेको युक्रेन अर्को भावनात्मक रुपले प्रेरित खेलमार्फत देशमा अधिक खुसी ल्यउन प्रयासरत हुनेछ । तर, विश्वकपमा प्रवेशका लागि लामो […]
साबिक विजेता फ्रान्स यूईएफए नेसन्स लिगको आफ्नो पहिलो खेलमा डेनमार्कसँग स्तब्ध भएको छ । डेनमार्कले गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो । स्टाडे फ्रान्समा खेलिएको खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । खेलको ५१ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, डेनमार्कका सब्सिटिट्युट आन्द्रेयस […]
८ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका रिकार्डो होर्टाले गोल गरेपछि पोर्चुगलले नेसन्स लिगको पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको छ । यसअघि स्पेनका लागि खेलको २५ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८२ औँ मिनेटमा होर्टाले जोआ क्यान्सेलोको पासमा गोल गर्दै खेल बराबरी गरे । होर्टाले पछिल्लोपटक सन् २०१४ मा […]
यति बेला युक्रेन र रसियाबीच युद्ध चलिरहेको छ । दुई देशबीच चलिरहेको युद्धको असर सबै ठाँउमा परेको छ । युक्रेनमा युद्धमा होमिरहेका फ्रन्टलाइनरहरुलाई देशको खेल हेर्न सम्भव छैन् । कतिबेला कुन अवस्थामा आफ्नो देशलाई खतरा छ भनेर हेर्ने उनीहरुको दिनचर्या बनेको छ । यस्तो समयमा युक्रेन राष्ट्रिय फुटबल टोलीले विश्वकप खेल्नका लागि तीन दिनपछि वेल्ससँग […]