होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बार्सिलोनाको रोमाञ्चक पूनरागमन जित
समाचार

बार्सिलोनाको रोमाञ्चक पूनरागमन जित

  • नागरिक रैबार
बार्सिलोनाको रोमाञ्चक पूनरागमन जित

दोस्रो हाफमा तीन वटा पेनाल्टी पाएको लेभान्टेलाई हराउँदै बार्सिलोनाले स्पेनिस लालिगामा रोमाञ्चक जित हात पारेको छ।इन्ज्युरी समयको अन्तिम मिनेटमा लुक डि जोङले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली लेभान्टेमाथि ३-२ को रोमाञ्चक पूनरागमन जित निकालेको छ।

भ्यालेन्सियामा आइतबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन लुक डि जोङ, पिएरे इमरिक औवामियाङ र पेड्रीले गोल गरे। घरेलु टोलीका जोस लुइस मोरालेस र गोन्जालो मेलेरोले गोल गरे।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा सबै पाँच गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

विज्ञापन

प्रतिस्पर्धात्मक खेलको ५२औं मिनेटमा जोस लुइस मोरालेसले गोल गर्दै घरेलु टोलीलँ२ अग्रता दिलाएका थिए। पेनाल्टी बक्समा ड्यानी आल्भेसले सनलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै लेभान्टेलाई पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीमा जोस लुइस मोरालेस चुकेनन्।

५६ औं मिनेटमा लेभान्टेले अर्को पेनाल्टी पायो। तर रोजरको प्रहार बार्सलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाए। यो सँगै घरेलु टोलीले ४ मिनेटभित्र अग्रता दोब्बर पार्ने मौका गुमायो।

५९औं मिनेटमा पिएरे इमरिक औवामियाङले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। त्यसको ६३ औं मिनेटमा पाब्लो गाभीको पासमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए।

८३ औं मिनेटमा गोन्जालो मेलेरोले पेनाल्टीबाटै गोल गर्दै पुनः खेललाई २–२ गोलको बराबरीमा ल्याए। ड्यानिल गोमेजलाई क्लेमेन्ट लेङ्लेटले फउल गरेपछि रेफ्रीले घरेलु टोली लेभान्टेलाई तेस्रो पेनाल्टीको मौका दिए। तर यसपटक मेलेरो चुकेनन् र खेल २-२ को बराबरीमा आयो।

लगभग बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनालाई उत्कृष्ट पुनरागमन जित दिलाए।

यो जितसँगै बार्सिलोना ३० खेलबाट ६० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। समान ३० अंक नै रहे पनि सेभिया गोल अन्तरमा पछि छ। पराजित लेभान्टे २२ अंक जोडेर १९ औं स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ३१ खेलबाट ७२ अंक भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार