होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नवजात छोराको मृत्युबाट रोनाल्डो स्तब्ध
समाचार

नवजात छोराको मृत्युबाट रोनाल्डो स्तब्ध

  • नागरिक रैबार
नवजात छोराको मृत्युबाट रोनाल्डो स्तब्ध

काठमाडौं । फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जर्जिना रोड्रिगेजले आफूहरुको नवजात छोराको निधन भएको जानकारी दिएका छन् । सोमबार रोड्रिगेजले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । तर छोराको भने जन्मने वित्तिकै निधन भएको थियो ।जन्म भएका बच्चाहरुमा छोरीमात्र जिवित रहेको उनीहरुले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।

रोनाल्डो दम्पतीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो निकै दुःखको समय हो । हामीले निकै दुःखका साथ यो घोषणा गरिरहेका छौं कि हाम्रो छोराको निधन भएको छ । यो दुःख हर कोही अभिभावकले महसुस गर्न सक्छन् ।’
म्यानचेस्टर युनाइटेटका पोर्चुगिज स्टारले आफ्नो ट्वीटर ह्यान्डलमा आफूहरु निकै दुखी रहेको बताएका छन् ।‘छोरा तिमी हाम्रो लागि एक एन्जल हौं हामी तिमीलाई धेरै माया गरि रहनेछौं’, निधन भएका छोराको सम्झनामा उनले लेखेका छन् ।

रोनाल्डोले छोरीले भने आशा र खुुसी दिएको पनि बताएका छन् । ‘जन्म लिएकी छोरीले हामीलाई यो समयमा केही आशा र खुसी दिएकी छिन्’, रोनाल्डोले ट्वीटरमा लेखेका छन् ।

विज्ञापन

उनले साथ र सहयोगका लागि अस्पतालका स्वास्थ्यकर्मीलाई पनि धेरै धन्यवाद दिएका छन् । उनले यो समयमा आफूहरु विक्षिप्त भएको भन्दै व्यक्तिगत गोपनियता र समय दिन आग्रह गरेका छन् ।

रोनाल्डोको दुःख बुझ्दै उनको क्लब म्यानचेस्टर युनाइटेडले पनि ट्वीट गर्दै दम्पतीप्रति समवेदना प्रकट गरेको छ । ‘तिम्रो दुःख हाम्रो दुःख हो । यो समयमा तिमी र तिम्रो परिवारको लागि हाम्रो तर्फबाट माया र साथ रहनेछ ।’

त्यस्तै, इङलिस प्रिमियर लिगले ट्वीट गरेको छ, ‘यो समयमा प्रिमियर लिग सबैको विचार र समवेदना तिमी र तिम्रो परिवारको लागि रोनाल्डो ।’

रोनाल्डो र रेड्रिगेज सन् २०१७ मा पहिलो पटक आमाबुवा बनेका हुन् । अलना मार्टिनाको जन्म २०१७ मा भएको हो । रोनाल्डो सेरोगेसीको माध्यमबाट जन्मिएका इवा र माटेओ जुम्ल्याहाका पिता पनि हुन् ।

त्यस्तै उनी क्रिस्टियानो जुनियरका पिता पनि हुन् । ११ वर्षीय जुनियरकी आमाको बारेमा भने रोनाल्डोले अहिलेसम्म केही कुरा पनि सार्वजनिक गरेका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार