होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिम्बाब्बे ए विरुद्ध नेपाल ८ विकेटले विजयी
समाचार

जिम्बाब्बे ए विरुद्ध नेपाल ८ विकेटले विजयी

  • नागरिक रैबार
जिम्बाब्बे ए विरुद्ध नेपाल ८ विकेटले विजयी

काठमाडौं । नेपाल र जिम्बाब्बे ए टिमबीचको अन्तिम टी-२० खेल नेपालले ८ विकेटले पराजित गरेको छ ।यससँगै तीन टी-२० खेलको सिरिज १/१ को बराबरी भएको छ । पहिलो खेल जिम्बाब्बे ए ले जितेको थियो भने दोस्रो खेल वर्षाका कारण स्थगित भएको थियो ।

बुधबार भएको अन्तिम खेलमा त्रिवि क्रिकेट मैदानमा जितको लागि १३७ रनको लक्ष्य पछ्याएको नेपालले १५‍.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालको जितमा ओपनर ब्याटर आसिफ सेखले १३ चौका र १ छक्काको मद्दतमा अविजित ८७ रन बनाए ।

कुशल भुर्तेलले ३४, बसिर अहमदले १५ बनाए । दीपेन्द्र सिंह ऐरी भने शून्यमा अविजित रहे ।
जिम्बाब्बेका लागि ल्युक जङ्वे र बान्डन मुबर्तेले १/१ विकेट लिए ।

विज्ञापन

टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो । ब्याटिङमा चौथो नम्बरमा आएका रोय कियाले सर्वाधिक ४९, इनोसेन्ट कायले १४, तडिवान्से मरुमानीले २७ र ल्युक जङ्ग्वेले २२ रन बनाए ।

नेपालका लागि भने कप्तान सन्दीप लामिछानेले २, बसिर अहमद र सोमपाल कामीले समान १/१ विकेट लिए । रोहित पौडेलले २ खेलाडीलाई रनआउट गराए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार