होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एन्फा निर्वाचन : ‘बी’ र ‘सी’ को प्रतिनिधि छनोट आज
समाचार

एन्फा निर्वाचन : ‘बी’ र ‘सी’ को प्रतिनिधि छनोट आज

  • नागरिक रैबार
एन्फा निर्वाचन : ‘बी’ र ‘सी’ को प्रतिनिधि छनोट आज

अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि ‘बी’ र ‘सी’ डिभिजन क्लबको प्रतिनिधि छनोट आज शुक्रबार हुँदैछ । यसअघि एन्फाको निर्वाचन समितिले फागुन २४÷२५ गते भित्र निर्वाचन भइसक्ने बताएको थियो । एन्फाको विशेष साधारणसभाले पारित गरेको समयमा नै प्रतिनिधि छनोट हुन नसक्दा एन्फाको आलोचना भएको थियो ।

एन्फा पदाधिकारी र निर्वाचन समितिले प्रतिनिधि छनोट आज हुने बताएको छ । त्यसका लागि दिउँसो १ः३० बजेको समय तोकिएको छ । एन्फा निर्वाचन समितिका सदस्य दामोदर भट्टराइले ‘बी’ र ‘सी’ को प्रतिनिधि छनोट आज हुने बताए । उनले १ः३० बाट ‘सी’ डिभिजन लिग क्लबको प्रतिनिधि छनोट हुने र त्यसपछि ४ः ३० बाट ‘बी’ डिभिजन लिग क्लबको प्रतिनिधि छनोट हुने बताए ।

‘आज ‘बी’ र ‘सी’ को प्रतिनिधि छनोट हुनेछ । एन्फा र क्लबको सहमतिअनुसार प्रतिनिधि छनोटको प्रकृयालाई अघि बढाइएको हो,’ भट्टराइले रातोपाटीसँगको कुराकानीमा भने । यसअघि एन्फा विधान र निर्देशिका विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि गत बिहीबार तय भएको निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।

विज्ञापन

के छ एन्फाको निर्वाचन निर्देशिकामा ?

एन्फाको निर्वाचन निर्देशिकामा कार्यकारी समिति, महासचिव, प्रमुख कार्यकारी अधिकृत, कोषाध्यक्ष, सहायक महासचिव, सहायक सीईओ, सहकोषाध्यक्ष, मानार्थ अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरुले साधारण सभामा भाग लिने पाउने तर उनीहरुलाई मतदानको अधिकार नहुने उल्लेख छ ।

यस्तै, आफ्नो कार्यकालमा कार्यकारी समितिमा सदस्यहरुले आफ्नो संघको प्रतिनिधिका रुपमा नियुक्त हुन नपाउने र कुनै सदस्य संस्थाबाट मताधिकार प्रतिनिधि भएको खण्डमा पूर्व पदबाट राजीनामा गर्नुपर्ने उल्लेख छ ।
‘बी’ र ‘सी’ डिभिजनमा समान १४ क्लब छन् । ‘बी’ बाट ११ र ‘सी’ बाट ९ क्लबले मताधिकार पाउने छन् । एन्फाको आसन्न निर्वाचन असार ६ गते हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार