होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका […]
काठमाडौं । नेपालले क्यानडामा २ वटा टी–२० र २ वटा एक दिवसीय क्रिकेट शृंखला खेल्ने भएको छ । असार १४ र १५ गते टी-२० तथा असार २० र २१ गते एकदिवसीय खेल हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । त्यसका लागि नेपाली टिम असार १२ गते क्यानडा जाने तयारी छ । स्कटल्याण्डमा नामिबियासमेत सम्मिलित […]
धनगढीः धनगढीमा डिएसएल क्लव क्रिकेट प्रतियोगिता हुने भएको छ। लिटल फ्लावर प्रीमियर लिगका ६ वटा संस्करण सफलतापुर्वक पुरा गरेको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. ले धनगढी सुपरलिग डिएसएल- १ काे आयोजना गर्न लागेको हाे। याे क्लब क्रिकेट प्रतियोगिता २०७९ बैशाख दोस्रो सातादेखि धनगढीमा संचालन हुनेछ। धनगढीलाई क्रिकेटमय बनाईराख्न र आफ्नो प्रतिभा देखाउन नियमित तयारीमा […]
काठमाडौं । त्रिदेशिय टी-२० श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १८४ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले ९ विकेट गुमाएर १८३ रन बनाएको हो । आक्रमक सुरुवात गरेको नेपालले तेस्रो ओभरमै विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेलले इनिङ्सको पहिलो […]
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपालले सोमबार युएईविरुद्धको खेलका दौरान रहेको प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ। जहाँ विक्रम सोब र ज्ञानेन्द्र मल्ललाई बाहिर राख्दा आसिफ शेख र भीम सार्कीलाई टिममा राखिएको छ। […]
काठमाडौं । कोरोना महामारीको असर घट्दो क्रममा रहँदा घरेलु तथा अन्तर्राष्ट्रिय खेल गतिविधि बढ्न थालेका छन् । लामो समय प्रतियोगिताविहीन रहेका खेलाडीको व्यस्तता बढ्दैछ । माघ महिनाको अन्त्यतिर कोरोना महामारीको तेस्रो लहर कम हुन थालेपछि फागुनमा पनि खेलकुद चहलपहल थियो । चैतमा भने नेपाली खेलकुद धेरै नै व्यस्त हुँदैछ । एक हिसावले भन्ने हो भने […]
काठमाडौँ : ललितपुर वुमन्स च्याम्पियनशिपमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो। १४४ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन मात्र जोड्न सक्यो। मेयर्स–११ […]
बैतडीको पाटनमा खुल्ला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ। पाटन क्रिकेट क्लबको आयोजनामा फागुन १३ गतेदेखि पाटन प्रिमियर लिग (पीपीएल) आयोजना हुन लागेको हो। प्रतियोगिताको प्रथम हुनेलाई ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ। त्यसैगरी दितिय पुरस्कार २२ हजार २ सय २२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले […]
धनगढीमा आगामी फागुन २ गतेदेखि १४ गतेसम्म आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ को तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता आयोजना गर्नका लागि मैदान तयार गर्ने कामले तिव्रता पाएको आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए। धनगढीस्थित संघीय प्रहरी इकाइको खेल मैदान तयारी अवस्थामा […]
२५ माघ, काठमाडौं । फेब्रुअरी महिना नेपाली क्रिकेटको लागि व्यस्त महिना हुनेछ । १० महिनापछि अष्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट हुन नेपालले एक खुड्किलो पार गर्नुपर्नेछ । तर त्यो खुड्किलो अर्थात् ग्लोबल क्वालिफायरको अवस्था फरक छ र नेपालले त्यहाँसम्म तय गरेको बाटो पनि । यसअघि रिजनल (क्षेत्रीय) छनोट खेलेको नेपाल यो पटक सिधै ग्लोबल […]
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी– २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश १ लाई सात विकेटले पराजित गरेको छ । हारसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । प्रदेश १ को हारसँगै समूह ‘ए’ बाट आर्मीले उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ । सेमिफाइनल सम्भावना कायम राख्न प्रदेश १ लाई आज […]
प्रथम ईमर्जिङ बाजुरा क्रिकेट कपकाे उपाधि बुढीगंगा क्रिक्रेट क्लबले जितेकाे छ । आयोजक बडिमालिका क्रिक्रेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुढीगंगा क्रिकेट क्लवले उपाधी जित्न सफल भएकाे हो । १६ ओभरको खेलमा सबै विकेट गुमाएर ९२ रनमा समेटिएको आयोजकलाई बुढीगंगा क्रिक्रेट क्लबले १२ ओभरको समाप्तीमै १ विकेटको क्षतिमा लक्ष्य भेटाएर खेल जितेको हो । १० […]
काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपमा आजदेखि दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछन् ।पहिलो चरणको खेल सकिएपछि चार टिम सुपर १२ मा प्रवेश गरेका छन् । यससँगै सुपर १२ को समीकरण पूरा भएको हो । सुपर १२ मा टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत आज दुई खेल हुँदैछन् ।सुपर १२ […]
काठमाडौं । काठमाडौंमा आउँदो असोजमा हुने क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने जनकारी गराएका हुन् । त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् । ईपीएल प्रतियोगिताको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म […]
१० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाा सिजनको बिग बास लिग (बीबीएल) खेल्ने पक्का भएको छ । होबार्टले बिहीबार नयाा सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको जनाएको छ । होबार्टले सन्दीपलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । गत सिजन सन्दीपले होबार्टबाटै खेलेका थिए । उनले ८ खेलमा […]
१ भदौं, काठमाडौं । आगामी अक्टोबर नोभम्बरमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार यूएई र ओमानमा संयुक्त रुपमा हुने टी-२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो ।विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । राउण्ड वान अन्तर्गत समूहबी मा रहेको ओमानले पहिलो […]
१ साउन, काठमाडौं । भारत र पाकिस्तान आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको एउटै समूहमा परेको छ । आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने टी-२० विश्वकपमा भारत र पाकिस्तान एउटै समूहमा परेका हुन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले शुक्रबार गरेको समूह विभाजनमा दुई टिम एउटै समूहमा परेक हुन् । सुपर–१२ मा रहेका […]
काठमाडौं । कप्तान विनोद भण्डारीले शतक प्रहार गरेपछि त्रिभुवन आर्मीले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा गण्डकी प्रदेशलाई २८८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको हो ।भण्डारीले ७३ बल खेल्दै ९ चौका र ४ […]
काठमाडौं । डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–ट्वान्टी) तथा पीएम कप पुरुष (एक दिवसीय) खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । २६ डिसेम्बरदेखि दाङको लमहीमा सञ्चालन हुने सगरमाथा सिमेन्ट पीएम […]
दाङ : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ। दाङको लमहीमा सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नं २ भिड्ने छन्। राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा देशभरका आठ टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई दुई […]