होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • क्रिकेट
  • नेपालले क्यानडासँग टी–२० र एक दिवसीय श्रृङ्खला खेल्ने
क्रिकेट

नेपालले क्यानडासँग टी–२० र एक दिवसीय श्रृङ्खला खेल्ने

  • नागरिक रैबार
नेपालले क्यानडासँग टी–२० र एक दिवसीय श्रृङ्खला खेल्ने

काठमाडौं । नेपालले क्यानडामा २ वटा टी–२० र २ वटा एक दिवसीय क्रिकेट शृंखला खेल्ने भएको छ ।

असार १४ र १५ गते टी-२० तथा असार २० र २१ गते एकदिवसीय खेल हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । त्यसका लागि नेपाली टिम असार १२ गते क्यानडा जाने तयारी छ ।

स्कटल्याण्डमा नामिबियासमेत सम्मिलित आइसीसी क्रिकेट विश्व कप लिग टु खेल्नुअघि नेपालले क्यानडासँग द्विपक्षीय शृंखला खेल्ने तय नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

विज्ञापन

क्यानडामा द्विपक्षीय शृंखला खेलेर नेपाली टोली स्कटल्याण्ड जाने छ । स्कटल्याण्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग टुका ४ खेल खेल्ने छ ।

पहिलो खेल असार २७ गते नामिबियासँग हुने छ । अमेरिकामा भएको लिग टुको ओमानसमेत सम्मिलित शृंखलामा १ खेल जितेको नेपालले २ खेल हारेको थियो भने एक खेल बराबरी गरेको थियो । लिग टुमा अहिलेसम्म १६ खेल खेलेको  नेपाल १५ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार