होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • क्रिकेट
  • प्रधानमन्त्री कपमा विनोद भण्डारीको शतक
क्रिकेट

प्रधानमन्त्री कपमा विनोद भण्डारीको शतक

  • नागरिक रैबार
प्रधानमन्त्री कपमा विनोद भण्डारीको शतक

काठमाडौं । कप्तान विनोद भण्डारीले शतक प्रहार गरेपछि त्रिभुवन आर्मीले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा गण्डकी प्रदेशलाई २८८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको हो ।भण्डारीले ७३ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा शतक पूरा गरे । चौथो नम्बरमा ब्याटिङ गरेका भण्डारीले ७६ बल खेल्दा अविजित १११ रन बनाए ।

प्रधानमन्त्री कपमा यो नवौं शतक हो । आर्मीका खेलाडीको दोस्रो शतक हो । आर्मीका सागर पुनले २०१८ मा शतक बनाएका थिए ।ओपनर राजु रिजालले ४५, लोकेश बमले ४२ र राजेश पुलामीले ३८ रन जोडे । बलिङमा गण्डकी प्रदेशका लागि कप्तान विपिन खत्री र विशाल पौडेलले २–२ विकेट लिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार