होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • केन्या जाने क्रिकेट खेलाडीसहित सबैको भिसा आयो, आजै उड्ने तयारी
समाचार

केन्या जाने क्रिकेट खेलाडीसहित सबैको भिसा आयो, आजै उड्ने तयारी

  • नागरिक रैबार
केन्या जाने क्रिकेट खेलाडीसहित सबैको भिसा आयो, आजै उड्ने तयारी

काठमाडौं । पहिलो चरणमा केन्याको भिसा नआएका क्रिकेट खेलाडी र अफिसियलले भिसा पाएका छन् ।मैत्रीपूर्ण खेलका लागि केन्या जाने टोलीमा रहेका १६ खेलाडी र ५ अफिसियल गरी २१ जनामध्ये पहिलो चरणमा ११ खेलाडीसहित १४ जनाको मात्र भिसा आएको थियो । उनीहरु सोमबार राति केन्या गइसकेका छन् ।

म्यानेजर सुनिल महासेठ र खेलाडीहरु सोमपाल कामी र विवेक यादवको मंगलबार राति भिसा आएको थियो । खेलाडीहरु बसिर अहमद, शाहब आलम र आदिल आलम, ट्रेनर अब्दुल सत्तारको भिसा बुधबार मध्यान्न आइपुगेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए ।

मंगलबार राति भिसा आएका खेलाडीहरु सोमपाल कामी र विवेक यादव बुधबार विहान केन्या प्रस्थान गरिसकेका छन् । अब म्यानेजर महासेठसहित पाँच जना बुधबार रातिसम्म केन्या जाने सचिव मल्लले जानकारी दिए । ‘बाँकी सबैको भिसा आएको छ । अब क्रिकेट केन्याले उनीहरुको लागि फ्लाइट मिलाउदैछ । उनीहरु सम्भवत आज रातिसम्ममा उड्नेछन्’ मल्लले भने ।

विज्ञापन

पहिलो पटक अफ्रिकी देश केन्या भ्रमणमा रहेको नेपालले बिहीबार राजधानी नैरोबीस्थित जिमखान ग्राउण्डमा केन्यासँग पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल्नेछ ।नेपालले केन्या भ्रमणमा पाँच टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेल खेल्नेछ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै