होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीको पाटनमा टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै
समाचार

बैतडीको पाटनमा टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै

  • नागरिक रैबार
बैतडीको पाटनमा टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै

 बैतडीको पाटनमा खुल्ला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ। पाटन क्रिकेट क्लबको आयोजनामा फागुन १३ गतेदेखि पाटन प्रिमियर लिग (पीपीएल) आयोजना हुन लागेको हो।

प्रतियोगिताको प्रथम हुनेलाई ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ। त्यसैगरी दितिय पुरस्कार २२ हजार २ सय २२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ३ हजार ३३३ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ। बेस्ट ब्याट्सम्यान र बलरलाई समान १ हजार १११ नगदसहित ट्रफी मेडलर प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।

प्रत्येक खेलहरुमा म्यान अफ द म्याच हुने खेलाडीलाई नगदको व्यवस्था गरिएको आयोजकले जनाएको छ। यहि फागुन ११ गते ५ बजेसम्म टिम दर्ता गरिसक्नु पर्ने जनाइएको छ। दर्ता शुल्क ६ हजार ५०० तोकिएको छ। प्रतियोगितामा जिल्ला बाहिरका टिमले पनि सहभागिता जनाउन पाउने छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै