होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि बैतडीलाई
समाचार

प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि बैतडीलाई

  • नागरिक रैबार
प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि बैतडीलाई

बैतडी: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि बैतडीले जितेको छ। फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ३ विकेटले स्तब्ध पार्दै उपाधि हात पारेको हो।

कञ्चनपुरले दिएको ६३ रनको लक्ष्य बैतडीले ११ दशमलव ५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो। जसमा कप्तान वसन्त खत्रीले अविजित २४ रन बनाउँदा खडक बोहराले १४ रन बनाए।कञ्चनपुरका मिलन बोहराले २ विकेट लिए। त्यसअघि फाप्ला मैदानमा टस जित्दै पहिला ब्याटिङ गर्ने गरेको कञ्चनपुरले निर्धारित १२ ओभरको खेलमा ७ विकेटको क्षतिमा मात्र ६२ रन जोड्यो।

उसका कप्तान दिपेश चन्दले ३२ रन बनाउँदा राहुल चन्दले १५ रन जोडे। बैतडीका लागि गजेन्द्र बोहराले ४ र रामबहादुर चन्दले १ विकेट हात पारे।छनौट प्रतियोगितामा सुदूरपश्चिमका ९ वटै जिल्लाको सहभागिता रहेको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार