होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । ‘राति अबेरसम्म घरबाहिर नबस्नू, एक्लै हिंडडुल नगर्नू, छोटो लुगा नलगाउनू, गाडी चढ्दा सचेत बन्नू ।’ हुर्कंदै गरेका छोरीचेलीलाई सतर्क गराउँदै अभिभावकहरु यसै भन्छन् । यसले छोरीचेलीमाथि अरुको कुदृष्टि नपरोस् भन्ने आशय व्यक्त गर्छ । हुनपनि हो, जब कुनै युवती घरबाहिर निस्कन्छन् ढुक्कले हिँडडुल गर्न असहज हुन्छ । चोक–गल्लीमा खासगरी पुरुषको जत्था छिचोलेर अगाडि […]
काठमाडौं । गर्भावस्थामा एउटी महिला के-कस्ता शारीरिक, मानसिक वा भावनात्मक स्थितिबाट गुज्रिन्छिन् ? गर्भमा भ्रूण हुर्कंदै गर्दा शरीरमा अनेक उथलपुथल आउन थाल्छ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कुमकुम झा भन्छिन्, ‘हर्मोनको घटबढसँगै वाकवाकी लाग्ने, हातखुट्टा सुन्निने, कब्जियत हुने, चक्कर लाग्ने, अरुचि, झर्को लाग्ने, कमजोरी हुने, अनिद्रा जस्ता समस्या सुरु हुन्छ ।’ त्यसमाथि मधुमेह, उच्च […]
नागरिक रैबार/बाजुरा १९ भदौ।बाजुराको जगन्नाथ गाउँपालिका २ कौडाकोटको बस्तीमा भाईरल ज्वरोका कारण गाउँ नै प्रभावित भएको छ । आज विहान देखि देखिएको मौसमी भाइरल ज्वरोका कारण गाउँका प्रत्येक घरमा बिरामी देखिएको जगन्नाथ २ का वडाध्यक्ष धनविर सार्कीले बताएका छन् । भाइरल ज्वरोको प्रकोप बढेपछि वडा सामाुदाियक स्वास्थ्य केन्द्रबाट अहेव राजेश सार्कीको नेतृत्वमा स्वास्थ्यकर्मीले चेकजाँच गरिरहेको […]
धनगढी: कञ्चनपुरमा चट्याङ लागेर दुई जना घाइते भएका छन्। आइतबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर कृष्णपुर नगरपालिकाका २ जना घाइते भएका हुन्। घाइते हुनेमा कृष्णपुर–७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्त्रा राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरु दुवैलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएको छ। बाटोमा […]
काठमाडौं । टाउको दुख्यो, ज्वरो आयो, जोर्नी दुख्यो, आलस्य भयो के गर्ने ? हामीसँग यसको झटपट उपाय छ, सिटामोल खाइदिने ।अर्थात् सामान्य बिसञ्चो हुनासाथ हामी सिटामोल चपाइदिन्छौं । न चिकित्सकलाई सोध्नुपर्ने, न कुनै मापदण्ड पालना गर्नुपर्ने । के सिटामोल चकलेट जस्तै मनोमानी खान मिल्छ ? खासमा कस्तो अवस्थामा सिटामोल खान सकिन्छ ? यसले के काम […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५० जनाको परीक्षणमा १४२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको मन्त्रालयको […]
बाजुरा । रोजगारीको शिलशिलामा भारतको मुम्बइ पुगेको बाजुराको एक परिवार अलपत्र परेको छ । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं १० की राजपुरा दमाइको परिवार मुम्बइमा अलपत्र भएको हो । पाँच वर्षअघि श्रीमानसहित सपरिवार रोजगारीका लागि मुम्बइ पुगेकी राजपुरा र उनका पाँच छोराछोरी श्रीमानको मृत्युपछि बेसाहारा भएका हुन् । मुम्बइकै मुलन भन्ने ठाउँमा एक कम्पनीमा […]
बाजुरा । जिल्लाकाे बडीमालिका नगरपालिका वडा नम्बर ६ मा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएकाे छ । बडीमालिका नगरपालिका वडा नम्बर ६ काे आयाेजना र बडिमालिका नगरपालिकाकाे समन्वयमा काेर्ध स्वास्थ्य केन्द्रमा साे शिबिर संचालन गरिएकाे हाे । शनिबार जिल्ला अस्पताल बाजुराका डाक्टरकाे टिमलाई र बुढिगंगा स्वास्थ्य चौकिका चिकित्सक लाई बाेलाएर स्थानीयलाई निशुल्क उपचार गर्न शिविर संचालन […]
धनगढीः सुदूरपश्चिमबाट उदाएर नेपाली कला क्षेत्रमा चम्किएका ६६ वर्षीय कलाकार तथा निर्देशक उद्धव भट्टराई (जुङ्गे) को निधन भएको छ। शनिबार चितवनमा गुडिरहकै बसमा उनको अचानक निधन भएको हो। सुदूरपश्चिमको बैतडी घर भएका उनी जन्मथलोबाट राजधानी काठमाडौंतर्फको यात्रामा थिए। उनका निकटस्थका अनुसार उनी बसमा काठमाडौं गइरहेका थिए। उनको त्यहीँ बसमै निधन भएको हो। उनी लामो समयदेखि […]
राजेन्द्र विक ,बाजुरा । गाउँमा प्रसूति सेवा नहुँदा बाजुराका गर्भवती महिलाहरू बाटोमै बच्चा जन्माउन बाध्य भइरहेका छन्। यसको एक उदाहरण हुन् जिल्लाको हिमाली गाउँपालिका वडा नं. १ को बामु गाउँकी नानी रोकाया । रोकाया शुक्रबार सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था रहेको बामु आधारभूत स्वास्थ्य सेवा केन्द्र जाऊँ भनेर बाटोमा जाँदै गर्दा सुत्केरी भएकी छन्। दुई […]
काठमाडौं । ‘श्रीमान् बितेपछि अभाव, एक्लोपन र असुरक्षाले तर्साइरहन्थ्यो । एक मनले भन्थ्यो, यस्तो जिन्दगी बाँचेर के काम मर्दिन्छु बरु । अर्को मनले सम्झाउँथ्यो, ती सातवटा लालाबालाको के अवस्था हुन्छ ? फेरि अर्को मनले भन्थ्यो, बाँच्न त कुकुरका छाउरा पनि बाँचेका छन् मान्छेका छाउरा त जसरी पनि बाँचिहाल्छन् नि । तर फेरि अर्को मनले सम्झाउँथ्यो […]
काठमाडौं । ‘कति बज्यो होला ?’ जवाफमा मान्छेहरु नाडीमा बाँधिएका घडी हेर्थे र समय बताइदिन्थे । समय सूचकको एउटै मात्र प्राविधिक माध्यम थियो घडी । घडीको काँटा झैं समयसीमामा आफ्नो दैनिकी गुजार्नेहरुका लागि घडी एक सर्वोत्तम विकल्प थियो । तर आजभोलि त ‘कति बज्यो’ भन्ने प्रश्न नै गायब भएको छ । किनभने समयको जनाउ दिने […]
बाजुरा । बाजुरा जिल्लाको बुढीनन्दा नगर पालिका वडा नं.१० की एक महिला छोरी सहित बेपता भएकी छन । बेपता हुनेमा बुढीनन्दा नगर पालिका वडा नं.१० बस्ने रमिता नेपाली भदौ २ गते छोरी सहित बेपता भएको अंकल निरज परिवारले बताउनु भएको छ। बुढीनन्दा नगर पालिका वडा नं.१० बस्ने डबल नेपालीकी छोरी केही समय मामा घर बस्दै […]
काठमाडौं । तिहारमा सेलरोटी, दशैंमा खसीको पक्कु, माघे संक्रान्तिमा कन्दमूल, असार १५ मा दही-चिउरा भनेजस्तै तीजको विशेष खान्की हो, दर । खासगरी दूग्धजन्य परिकार बनाएर दरको रुपमा खाने प्रचलन छ । खीर, ढकनेसँगै अरु मीठोमसिनो परिकार बनाएर छोरीचेलीलाई खुवाउने गरिन्छ । अहिले भने तीजको शैली फेरिएसँगै दरको व्यञ्जन पनि फेरिएको छ । दरको रुपमा अनेकथरी […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको परीक्षणमा २०२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १६४ जना र १ हजार ७६९ जनाको एन्टिजेन […]
चितवन । भदौ ८ गते साँझ ६ बजेको समय । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारकी २६ बर्षकी लक्ष्मी परियार दिनभरको काम सकेर खाना पकाउने सुरसार गर्दै थिइन् । भान्सामा आलु काट्दै गरेकी लक्ष्मीकै वरपर ३ बर्षको छोरा सुलभ खेलिरहेका थिए । कतिबेला सुलभ घर बाहिर निस्किए आमाले ख्याल गरिनन् । बाहिर निस्किएका सुभललाई एक्कासी चितुवाले घाँटीमा […]
गर्मी मौसममा छालाको विशेष हेरचाह गर्न आवश्यक छ । किनभने योबाल छालासँग सम्बन्धित धेरै समस्याहरू देखिन्छन्। गर्मी मौसममा पिम्पल, अँध्यारो जस्ता अन्य समस्याको जोखिम हुन्छ । अनुहार धुनुअघि प्रदूषण, हावा, फोहोरका कारण छालामा कुनै असर नपरोस् र अनुहार लामो समयसम्म चम्किलो र चम्किलो रहनका लागि केही सजिलो टिप्स अपनाउनु आवश्यक छ । फेसवाश बारम्बार प्रयोग […]
काठमाडौं । पिता, यो सम्बोधनमा हिजो जुन भाव प्रकट हुन्थ्यो, आज त्यस्तो छैन । पिता भन्नासाथ बालबच्चाको मनमा डर र श्रद्धा एकसाथ पैदा हुन्थ्यो । पिता घरका मूली हुन् । उनका आदेशलाई शिरोपर गर्नुपर्छ । यस्तै मनोविज्ञानमा हुर्कन्थे बालबच्चाहरु । त्यसैले पितालाई परिवारका संरक्षक भनी बुझ्थे । उनका सामुन्ने बालबच्चाहरु आज्ञाकारी हुन्थे । जसै पिता […]
बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपरिचित समुहले गोली हानेर एकजनाको हत्या गरेको छ । मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ । पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा […]
नयाँ दिल्ली : ‘टम्याटो फ्लू’ नाम सुन्दा टमाटरबाट लाग्ने रोग हो जस्तो लाग्न सक्छ तर यो फ्लुको टमाटरसँग कुनै सम्बन्ध छैन। मे ६, २०२२ मा केरलाको कोल्लम जिल्लामा टम्याटो फ्लूको पहिलो बिरामी भेटिएको थियो। जुलाई २६, २०२२ मा केरलामा पाँच वर्ष मुनिका ८२ बालबालिकालाई टम्याटो फ्लू भएको पुष्टि भयो। फेरि अगस्ट २४, २०२२ मा भारतमा टम्याटो फ्लूका […]