होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २१ असार । जिल्लाको हिमाली गाउँपालिका अन्तरगर्त कार्यरत करार कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा उच्चमनोबल कायम गराउन खाइपाइ आएको तलबमा १० प्रतिशतले वृद्धि गरिएको छ। गाउँपालिकामा भरीका करार तथा स्वयंसेवक शिक्षेक कर्मचारीहरुलाई आर्थिक वर्ष २०७९/८० को निति कार्यक्रम तथा बजेट विनियोजनमा प्रस्तुत गरिएको छ। आउँदो साउन महिना बाट लागू हुने गरी बजेट व्यवस्थापन मिलाएको […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । जसमध्ये […]
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिमा भालुको आक्रमणाबाट एक जना गम्भीर घाइते भएका छन् । स्थानीय गणेश साउँदले दिएको सूचना अनुसार पूर्वीचौकी गाउँपालिका-१ का नरबहादुर खड्कालाई मंगलवार बिहान छोरेपानीमा भालुले आक्रमण गरेको हो । भालुको आक्रमणमा परेका खड्काको टाउको र अनुहारमा चोट लागेको साउँदले बताए ।उनलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी […]
मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ । यस्तो विवाह गरे–गराइए सजाय हुने र विवाह पनि स्वत खारेज हुने व्यवस्था पनि छ । तर यति हुँदाहुँदै पनि जुम्लाका विशेषगरी दुर्गम क्षेत्रमा बालविवाह गर्नेको संख्या र अवस्था चिन्ताजनक देखिएको छ । जुम्लाको पातारासी गाउँपालिकामा बालविवाह गर्नेको संख्या […]
रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए ।२५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । इन्स्पेक्टर नेतृत्वको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ ।
दाङ । प्युठानको ऐरावती गाउँपालिका-६ बिजुलीकोटमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।मृत्यु हुनेमा स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । प्रहरी नायव उपरीक्षक थापाका अनुसार सोमबार राति परेको चट्याङ […]
काठमाडौं । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १९ पुगेको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मा बस्ने ४ र ६ बर्षका बालकमा हैजा पुष्टि भएसँगै संक्रमतिको संख्या १९ पुगेको हो । हैजा संक्रमित हुनेमा १४ जना पुरुष र ५ जना महिला छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार १४ बर्षमुनिका तीन बालबालिकामा संक्रमण पुष्टि […]
नागरिक रैबार / २० असार बाजुरा । बडीमालिका नगरपालिका वडा न. ९ उखाडि स्थायी घर भएका टेकराज तिमिल्सिना असार १५ गते हराइरहेका छन । सदरमुकाम मार्तडीका रहेको मालिका माबीमा कक्षा ९ मा अध्ययनरत तिमिल्सिना आफनै घरबाट केहि नगदसहित लगेर भागेको अंकल दिर्घ राज तिमिल्सिनाले बताएको छ । आज सम्म पनि सम्पर्कमा नआएको हुनाले निजलाई फेला […]
दाङ । राजनीतिकर्मी, त्यसमा पनि सार्वजनिक पद धारणा गरिसकेपछि हत्तपत्त श्रममा फर्किन रुचाउँदैनन् । दाङका पूर्व जिल्ला समन्वय समिति (जिसस) प्रमुख जितेन्द्रमान नेपाली भने फरक भइदिए । ०७४ सालमा नेकपा एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका जितेन्द्रमान आफूले वर्षौदेखि गर्दै आएको टेलरिङ पेशामा फर्किएका हुन् । अहिले उनको दिनचर्या ग्राहकहरुको नापो लिने, कपडा काट्ने […]
नागरिक रैबार बाजुरा १९ असार । जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरीद्धारा अवैध घरेलु बरामत गरि नष्ट गरिएको छ । जिल्लाका बिभिन्न गाउँहरुबाट ५ सय ७८ लिटर घरेलु अबैध मदिरा नष्ट गरिएको छ । सदरमुकाम मार्तडीका अबैध मदिरा बिक्रि गर्ने गरेको जनगुनासो पछि जिल्ला प्रहरी कार्यालयले छापा मारेर अबैध घरेलु मदिरा बरामत गरिएको जिल्ला प्रहरी कर्यालयका प्रमुख […]
नागरिक रैबार बाजुरा १९ असार । जिल्ला प्रशासन कार्यालय बाजुराले प्रशासनबाट बुढिगंगा नगरपालिकाको निर्बाचानलाई केन्द्रीत गर्दै प्रदान गरिने सेवाहरु २० गतेबाट सेवा प्रवाह स्थगन गर्ने भएको छ । बुढिगंगा नगरपालीकाको स्थानीय तहको निर्वाचन हुन गईरहेकोले २० गतेबाट २४ गतेसम्म लागि अत्यआवस्यक काम बाहेकका सेवाहरु स्थगन गर्ने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले […]
नागरिक रैबार बाजुरा १९ असार । जिल्लाको बुढीनन्दा नगरपालिका सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । शुक्रबार राति सुत्केरी व्यथा लागेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी बुढीनन्दा नगरपालिका वडा नम्बर ६ कि एक २१ वर्षीया मनिषा भण्डारी (खत्री) को कोल्टीमा प्रसुति हुन् नसकेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको हो । खत्रीलाई सुत्केरी […]
काठमाडौं । महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पत्तिमाथि थप कारवाही हुने भएको छ । नगरप्रहरीको कारवाही गर्दा प्रतिवाद गरेका दम्पतीमाथ थप कारवाही गर्न लागिएको महानगरपालिकाले जनाएको छ । मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियोले सामाजिक सञ्जालमा अहिले चर्चा पाएको छ । […]
खोटाङ । रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित डाँँडागाउँमा पहिरो झर्दा एक घर बगाउनाका साथै ११ घर उच्च जोखिममा परेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएरातिदेखि खस्न सुरु भएको पहिराले स्थानीयवासी बलराम खत्रीको घर बगाएको हो । उनको घरमा कोही पनि मानिस नरहेका कारण मानवीय क्षति भने हुन पाएन । रातिदेखि निरन्तर झरिरहेको करिब ५०० […]
नागरिक रैबार/बाजुरा १८ असार। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा बाजुराले यही भदौ मसान्त भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने भएको छ । प्रतिष्ठानको आज सदरमुकाम मार्तडीमा बसेको पूणर् बैठकले प्रतिष्ठानको केन्द्रीय निर्देशन बमोजिम भदौ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निणर्य भएको सचिव धनबहादुर विसीले बताएका छन् । बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि […]
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको छ ।अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिए । गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले ११ असारमा ललितपुरको धोविघाटस्थित […]
प्रकाश बिक/बाजुरा १८ असार।रेडियो र अनलाईन पत्रकारीता सम्वन्धि मार्तडीमा संचालन भएको ४ दिने तालिम सम्पन्न भएको छ । स्वतन्ब प्रेस, व्यवसायिक पत्रकारीता भन्ने मुल नाराका साथ असार १५ गतेबाट सूर भएको तालिम आज सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा उक्त तालिम संचालन गरिएको थियो ।चार दिने […]
नागरिक रैबार बाजुरा १८ असार । बडीमालिका नगरपालिका वडा नम्बर ९ माझगांमा रहेकाे समाज सुधार युवा क्लवले शनिबार सरसफाई गरेका छन् । “भबिस्य सोचि सुधारौ बर्तमान,स्वच्छ वडा हाम्रो अभियान ´´भन्ने मुल नाराका शनिबार उक्त क्लवका युवाहरूले वडा नं ९ को ओखलढुंगा टोल र मालिका नमूना माध्यामिक बिध्यालयको बाहिर सरसफाइ साथै बाटो मर्मत गरेका हुन् । […]
हुम्लाको अदानचुली गाउँपालिका–६ की दिनकुमारी धिमाल ७४ वर्षकी भइन्, उनी आफैं अस्वस्थ छिन्, त्यसमाथि तीन वर्षअघि ज्यान गुमाएकी छोरी भूमिसराको शोकले थप सताइरहेको छ । भूमिसराको मृत्यु आठौं छोरी जन्माउने क्रममा भएको हो । ‘भौंती छाचुरी (धेरै छोराछोरी) पाउँदा मरेई हो,’ उनले भनिन्, ‘न निको खान पाई, न गाउँका मान्ठबाट निको वचन पाई, मेरी छोरी निकाला (अकालमै) […]
धनगढी: बझाङमा नेपाल टेलिकमको फोर जी सेवा विस्तारका क्रममा करेन्ट लागेर घाइते भएका युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार काठमाडौं घर भएका ४० वर्षीय सुमनविक्रम शाह वित्थडचिर गाउँपालिकाको धरान बजारमा फाइबर विस्तार गर्दै गर्दा करेन्ट लागेर घाईते भएका थिए। उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ। शाहलाई बझाङबाट स्कारपियोमा […]