होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पाल्पा प्रहरीले लिएन मोना थापाले दिएको जाहेरी : जातिय विभेदको घटनामा प्रहरीको उदासिनता !
समाचार

पाल्पा प्रहरीले लिएन मोना थापाले दिएको जाहेरी : जातिय विभेदको घटनामा प्रहरीको उदासिनता !

  • नागरिक रैबार
पाल्पा प्रहरीले लिएन मोना थापाले दिएको जाहेरी : जातिय विभेदको घटनामा प्रहरीको उदासिनता !

पाल्पा । परिवारबाट जातीय विभेद भोग्दै आएकी पाल्पाकी मोना थापा (क्षेत्री) दिएको जाहेरी पाल्पा प्रहरीले दर्ता गर्न अस्विकार गरेको छ ।

ब्राह्मण जातका श्रीमान र श्रीमानका परिवार एवं आफन्तले जातका आधारमा विभेद कुटपीट गरेको घटनामा जिल्ला प्रहरी कार्यालय पाल्पाले जाहेरी लिन नमानेको हो । ‘प्रहरीले गैरदलित र दलितकाबीचको मुद्दा मात्रै लिन्छौँ, यो कानुनमै नभएको मुद्दा लिदैनौँ भन्नु भयो । म अहिलेसम्म आठ पटक प्रहरी कार्यालयमा गइसकेँ, तर प्रहरीले मरो जाहेरी नै लिन मानेको छैन,’ मोनाले दियोपोस्टसँग भनिन्, ‘प्रहरीले पूरानाा रुढीबादीका कुरा पनि गर्नुभयो । के हामी महिलाहरुले यसरी नै सहेर बस्ने हो त ? कतिन्जेल सहने मलाई गाह्रो भइसक्यो, तर मेरो पीडा बुझ्नु भएन ।’

जात व्यवस्था उन्मूलन मोर्चा, नेपालका कार्यकर्तासहित सोमबार (हजो) जाहेरी लिएर गएकी मोनालाई डिएसपी बिरेन्द्र थापाले जाहेरी नलिई फर्काइदिएका हुन् ।

विज्ञापन

घर–परिवारबाट दिनहुँ जातीय विभेद हुन थालेपछि उनी प्रहरी चौकी पुगकी थिइन् । उनका श्रीमान अनुपम भुसालले श्रीमती तल्लो जात भएकै कारण दिनहुँ आफुमाथि कुटपिट तथा अभद्र व्यवहार गर्नुका साथै मानसिक यातना दिने गरेको मोनाले बताइन् । तर, मोनाका श्रीमानले भने आर्थिक कारोवार र लेनदेनको बिषयमा झगडा हुने गरेको बताउँदै आएका छन् ।

यता प्रहरीले भने जाहेरी नलिएको मोनाको भनाई झूटो रहेको दाबी गरेको छ ।
डिएसपी बिरेन्द्र थापाले भने, ‘उहाँलाई हामीले कानुनमा यो अहिलेसम्म त आएको छैन, तर जाहेरी छोडेर जानुहोस् हामी सरकारी वकिलसँग सल्लाह गरेर बिहीबार एसपी साब पनि आउनु हुन्छ त्यसपछि छलफल गरेर अघि बढ्छौ भन्दा उहाँ जहेरी नै बोकेर जानु भो ।’ .diyopost.com

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै