होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्छौंः मेयर बानियाँ
समाचार

बुढीगंगामा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्छौंः मेयर बानियाँ

  • नागरिक रैबार
बुढीगंगामा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्छौंः मेयर बानियाँ

नागरिक रैबार/बाजुरा १० साउन । बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाले नगर बिकासमा शिक्षा क्षेत्र पहिलो प्राथामिकतामा राखेर काम गर्ने बताएका छन् ।

मंगलबार भानोदय नमुना माबिले आयोजना गरेको नवनिर्बाचित जनप्रतिनिधिलाई बधाई तथा स्वागत कार्यक्रममा सो कुरा बताएका हुन् । संसारमा सबै भन्दा पहिलो कुरा शिक्षित मानव नै भएकोले भोलिका कणर्दार बालबालिकालाई सबल नागरिक बनाउन आफू रात दिन लागि पर्ने बताए ।

बिगतको नेतृत्वाले के गर्यो भन्दा पनि अब आफुले शिक्षा क्षेत्रको बिकास कसरी लिने भन्ने कार्यदिशा तयार गरिएको छ । त्यसै आधारमा नगरको शिक्षा क्षेत्रलाई अगाडि बढाउने बताए ।

विज्ञापन

बिगत आफुले पनि बिद्यालय ब्यबस्थापन समितिमा नेतृत्व लिएर काम गरेको छु । बिद्यालय संचालन गर्न के कस्ता योजनाहरू बनाउदा गुणस्तरिय शिक्षा दिन सकिन्छ अनुभव भएको बताए । केही बिगतको आफ्नो अनुभव बाकी नगरपालिका भित्र वा बाहिरका शिक्षा क्षेत्रका जानकारहरू संगको सुझाव सल्लाह लिएर अगाडि बढ्ने बताए ।

पाच बर्षको कार्यकालमा नगरपालिका भित्रका कुनै पनि स्कुलमा भवन अभाब नहुने बताए ।नगरको कुनै पनि बालबालिका बिद्यालय बाहिर नहुने बताए स्कुलमा डेस्क बेन्च नभएको गुनासो हुन नदिने बताए ।

बिद्यालयका अध्यक्ष चक्रबहादुर थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख रामबहादुर बानिया विशिष्ट अतिथि उपप्रमुख माया कुवर अतिथि वडा नम्वर ६का अध्यक्ष हेमराज जैशी ५ नम्बरका अध्यक्ष चक्र थापा कार्यपालिका सदस्य सुशिला मिजार भानोदय नमुना माबिका प्रधानध्यापक मनवीर खाती लगाएको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार