होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीको एसपीएका छात्राले बनाए आवाजबाटै विद्युतीय उपकरण कन्ट्रोल गर्ने उपकरण
समाचार

धनगढीको एसपीएका छात्राले बनाए आवाजबाटै विद्युतीय उपकरण कन्ट्रोल गर्ने उपकरण

  • नागरिक रैबार
धनगढीको एसपीएका छात्राले बनाए आवाजबाटै विद्युतीय उपकरण कन्ट्रोल गर्ने उपकरण

धनगढी: के तपाईंलाई राति सुत्ने बेला उठेर बत्तीको स्वीच अफ(बन्द) गर्न अल्छी लाग्ने गर्छ? वा, हामीले शारीरिक अपांगता भएका व्यक्तिहरुलाई बत्ती, पंखा, फ्रिजलगायत विद्युतीय उपकरण बन्द तथा खुला गर्न अप्ठारो भएको देखेका छौं।

स्वीच टाढा भएर, शारीरिक अपांगता भएर वा अन्य कुनै कारणले इलेक्ट्रोनिक्स डिभायस (उपकरण)लाई कन्ट्रोल गर्न अप्ठ्यारो हुने समस्याको समाधान धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजमा अध्ययनरत विधार्थीहरुले निकालेका छन्।

उनीहरुले एक यस्तो उपकरणको विकास गरेका छन्, जसले आवाजबाटै विद्युतीय उपकरणहरुहरु कन्ट्रोल (बन्द–खुल्ला) गर्न सकिन्छ। अर्थात अब अल्छी लागेका बेला बेडबाट उठेर स्वीच सामु पुगिरहनु पर्दैन र शारीरिक अपांगता भएका व्यक्तिले सहजै आफ्नो पहुँच क्षेत्रबाट विद्युतीय उपकरणलाई नियन्त्रणमा राख्न सक्नेछन्।

विज्ञापन

एसपीएको बीएचएम तेस्रो सेमिष्टरमा अध्ययनरत् छात्राहरु अनुजा आचार्य, कञ्चन विष्ट र लक्ष्मी चन्दले ‘भ्वाइस कन्ट्रोल अपलाइन्सेस’ नामको उपकरणको विकास गरेका छन्। आफ्नो प्रोजेक्टका रुपमा उनीहरुले विकास गरेको उपकरणले बोलीकै माध्यमबाट बत्ती, पंखा, मोटर, एसीलगायत सम्पूर्ण विद्युतीय उपकरणलाई कन्ट्रोल गर्न सकिन्छ।

‘मुख्य गरी शारीरिक अपांगता भएका व्यक्तिहरु माथि रहेको वा टाढा रहेको विद्युतीय उपकरणको स्वीचसम्म पुग्न नसक्ने स्थिति हुनसक्छ,’ अनुजाले भनिन्, ‘उहाँहरुको सहजताका लागि हामीले यो उपकरणको डिजायन गरेका हौं। यसले जहाँबाट पनि आवाजकै माध्यमबाट इलोक्ट्रोनिक्स डिभायसहरु अन–अफ गर्न सकिन्छ।’

यस उपकरणको सहायताले व्यक्तिको प्रत्यक्ष सम्पर्क बिजुलीसँग नहुने वा स्वीच थिची रहनुपर्ने नभएकाले करेन्ट लाग्ने वा अन्य बिजुलीजन्य दुर्घटनाहरुबाट पनि जोगिन मद्दत पुग्नेछ। एसपीए कलेजका बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीम पुन र इन्स्ट्रक्टर रविन्द्र रानाको सहयोगमा विधार्थीहरुले उक्त उपकरणको विकास गरेका हुन्।

कार्यक्रम निर्देशक पुनले एसपीएले विद्यार्थीहरुले शैद्धान्तिक ज्ञान सँगसँगै दैनिक जीवनमा उपयोगी व्यवहारिक ज्ञान पनि सिकाउँदै आएको ज्वलन्त उदाहरण यो विकास भएको बताए। ‘विद्यार्थीहरुले जुन किसिमको प्रविधि विकास गरेका छन् त्यो विकास नभएर आविष्कार हो’ पुनले भने, ‘सूचना र व्यवस्थापनलाई सँगै जोडेर सामान्य मानिसका समस्या हल गर्न एसपीएका विधार्थीहरु दत्तचित्त भएर लागेका छन्। उनीहरुलाई आइटी क्षेत्रबाट समाज र देश रुपान्तरणमा अघि बढाउने संकल्पका साथ एसपीए अघि बढेको छ।’

सुदूरपश्चिममा त्रिभुवन विश्वविद्यालयको बीआईएम कार्यक्रम पढाई हुने एसपीए एक मात्रै शैक्षिक संस्था हो। बीआईएम विषय जुनसुकै संकायबाट १२ पास विद्यार्थीहरुले पढ्न पाउँछन्। त्यसका लागि सिम्याट (प्रवेश परीक्षा) परीक्षा दिनुपर्छ। एसपीएमा साउन १५ गतेबाट सीम्याट कक्षाहरु सञ्चालन हुने तयारीमा छन्। बीआईएम पढ्न चाहने विद्यार्थीले तुरुन्त कलेजमा सम्पर्क राख्न कार्यक्रम निर्देशक पुनले जानकारी दिए।

केही समयअघिमात्रै धनगढीमा भएको सुदूरपश्चिमाञ्चलस्तरीय स्टार्टअप एण्ड आइडिया फेस्टमा एसपीएको बीआईएम पढिरहेका विधार्थीहरुले बनाएका दुई प्रोजेक्टहरु शीर्ष ५ भित्र पर्न सफल भएका थिए। लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रस्तुत भएका २५ भन्दा बढी प्रोजेक्टहरुमध्येबाट उत्कृष्ट ५ प्रोजेक्ट घोषणा गरेको थियो। त्यसमा एसपीएका सुचना व्यवस्थापन (बीआईएम) विषयमा स्नातक अध्ययनरत विधार्थीहरुले बनाएका ‘स्मार्ट डस्टबिन’ र ‘सस्तो किताब’ नामक दुई प्रोजेक्ट शीर्ष ५ भित्र छानिन सफल भएका हुन्।

उत्कृष्ट ५ भित्र पर्न सफल प्रोजेक्टहरुले अब काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछन्। काठमाडौंमा देशैभरिका सातै प्रदेशबाट छनोट भएर आएका उत्कृष्ट प्रोजेक्टहरुबीच प्रतिस्पर्धा हुनेछ। यस्तै उक्त प्रोजेक्टहरु अघि बढाउन र थप विकासका लागि सम्भावित लगानी खोज्न सहयोग गर्ने आयोजकले जनाएको छ।

‘एसपीएले संख्या भन्दा गुणस्तरमा विश्वास गर्छ, स्किलमा फोकस गर्छ। सैद्धान्तिकमात्रै पढेर अबको प्रतिस्पर्धी बजारमा विधार्थीहरु अवसर पाउँन सक्दैनन,’ पुनले भने, ‘बीआइएमको स्कोप ब्रोड छ। पढ्दै जागिर गर्न सकिन्छ। सरकारी कार्यालय (आइटी अफिसर), बैंकिङ, शैक्षिक संस्था, उद्यमशिलता, स्टार्टअप, मध्यम, साना व्यापार व्यवसाय जहाँपनि आइटीको आवश्यकता पर्ने भएकाले बीआइएमको अवसर जतासुकै उच्च रहेको छ।’

अघिल्लो हप्तामात्रै देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपीए)ले राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायलाई उक्त सम्मानपत्र प्रदान गरेका थिए।

लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, भौतिक पूर्वाधार, दक्ष र अनुभवी अध्यापक, प्राध्यापकहरु, समयानुकुल, प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गरेको र विगतको परीक्षाको नतिजालाई प्रमुख आधार बनाएर उक्त अवार्ड प्रदान गरेको हो।

दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै