होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगा नगरपालिकाले साउन १४ गते नगर सभा गर्ने
समाचार

बुढीगंगा नगरपालिकाले साउन १४ गते नगर सभा गर्ने

  • नागरिक रैबार
बुढीगंगा नगरपालिकाले साउन १४ गते नगर सभा गर्ने

नागरिक रैबार/बाजुरा ६ साउन। बुढीगंगा नगरपालिकाले पालिकाको नगरसभा साउन १४ गते गर्ने निणर्य गरेको छ । नगरपालिकामा आज बसेको कार्यपालिका बैठकले साउन १४ गते नगर सभा गर्ने निणर्य गरेको हो ।

साउन ९ गते भित्र नगरका १० वटै वडामा भेला गरि सक्न कार्यपालिकाको बैठकले सम्वन्धित ठाउँका वडा अध्यक्षहरुलाई निर्देशन गरेको नगर प्रबक्ता जैशीले बताएका छन् ।

प्रवक्ता जैशीका अनुसार साउन १२ गते नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निणर्य गरेको छ भने १४ गते नगर सभा गर्ने निणर्य बैठकले गरेको छ ।

विज्ञापन

संवैधानिक व्यवस्था अनुसार देशका सवै स्थानीय तहले प्रत्येक वर्षको असार १० गते भित्र नगर सभामा नीति कार्यक्रमसहित बजेट ल्याई सक्नु पर्ने प्रावधान छ ।

तर बुढीगंगामा भने बैशाख ३० गतेको निर्वाचन धाधली भएको भन्दै निर्वाचन आयोगले असार २३ गते मात्र पुनः निर्बाचन गराएको थियो । आजै बसेको बैठकको निणर्यका आधारमै नगरसभा गरेर बजेट ल्याईने बुढीगंगाका नगर प्रमुख रामबहादुर बानियाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार