होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रेम वि क/माघ ८ बाजुरा । बाजुरा जिल्ला अदालतको आधुनिक भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन जिल्ला समन्वय समिति बाजुरा तयार भएको छ । मंगलबार अपरान्ह ४ बजे जिसस बाजुराको सभा हलमा संयोजक नरेन्द्र रोकायाको अध्यक्षतामा बसेको सर्वपक्षीय औपचारिक बैठकले जिल्ला अदालत बाजुरालाई अत्याधुनिक भवन बनाउन आवश्यक परेको जग्गा उपलब्ध गराउने सहमति सहित नेपाल […]
नागरिक रैबार/बाजुरा ७ माघ। बाजुराको बडीमालिका नगरपालिकाले आफ्नै निजि नगरप्रहरी राख्ने भएको छ । नगरपालिकाले छैटौ नगर सभाबाट नगर प्रहरी सम्वन्धि कार्यविधि २०७६ लाई अनुमोदन गरेपछि नगरपालिकामा यसै वर्ष भित्र नगर प्रहरी राख्न लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत नगरपालिकाले जानकारी गराएको छ । नगरपालिकाको छैटौं नगर सभाले नगरपालिकाको सामाजिक शान्ति स्थापनाका लागि नगर प्रहरी सम्वन्धि […]
माघ ६ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले पार्टी कार्यकर्तालाई ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार अबउप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न पाउने छैनन् । नेकपाले पार्टीको आन्तरिक रूपमा सर्कुलर गरेको विशेष परिपत्र ७ मा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउन ‘उर्दी’ जारी गरेको हो । अध्यक्षद्वय केपी […]
नागरिक रैबार/बाजुरा ६ माघ। लोक गायक विर्ख एल आरले बाजुराको कर्णाली नदिमा खसेको जीप दुर्घटना सम्वन्धि समसामयिक गीत बनाएर बजारमा ल्याएका छन् । गत पुस १७ गते जिल्लाको हिमाली गाउँपालिका वडा नं. ६ धु्लाचौरबाट कोल्टीका तर्फ आउँदै गरेको से १ ज १०६४ नम्बरको जीप कालापडा भन्ने ठाउँबाट कर्णाली नदीमा खस्दा चार जनाको ज्यान गएको थियो […]
काठमाडौं‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’ लाई पारित भएको छ । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकले सो विधेयकलाई पारित गरेको हो । प्रतिनिधि सभाको बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरी संशोधनसहित बहुमतले पारित गरेको हो । विधेयकमाथिको छलफलमा सहभागी हुदै सांसदहरु प्रेम सुवाल, पुष्पा भुसाल (गौतम), शेरबहादुर […]
अछाममा स्थानीय प्रशासनले २५ दिनको अवधीमा झण्डै पच्चीस सय छाउगोठ भत्काएको छ। गत पुष ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत आईतबार सम्म दुई हजार तीन सय ३९ छाउगोठ भत्काईएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले आईतबार सम्म जिल्लाका १० स्थानीय तहका दुई हजार तीन सय ३९ छाउगोठ भत्काएको दिनेश […]
हुम्ला- अब एकमहिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग अगाडि बढेको हो । हालसम्म हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । हुम्लालाई सडक सञ्जालले जोड्न नेपाली सेनाले अहोरात्र काममा जुटिरहेको छ । कर्णाली करिडोर अन्तर्गत सेनाले कालीकोटको […]
कञ्चनपुर, ४ माघ / सरकारले महिला हिंसा र महिला माथी हुने रुढिबादी विभेद अन्त्य गर्नका लागि छाउगोठ भत्काउने अभियान देशैभरी शुरु गरेको छ । सरकारले सारेको अभियान सरकात्मकतर्फ उन्मुख भएका बेला कञ्चनपुरमा दुई महिलामाथी कुटपिट भएको छ । जिल्लाको बेलडाँडी गाउँपालिका–१ टाईगरबस्तीका स्थानीय गिता खडका र ईश्वरी खडकामाथी कुटपिट भएको प्रहरीले जनाएको छ । महिनावारी […]
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको ६ महिनाको अवधिमा बजेट खर्च १० दशमलब ८ प्रतिशत मात्रै भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको २८ अर्व १६ करोड २० लाख ३५ हजार बजेट मध्य पौष मसान्त सम्ममा २ अर्व ८६ करोड, ८२ लाख ७५ हजार बजेट खर्च भएको छ । ६ महिनामा बजेट खर्च १० प्रतिशत […]
भारतको राजधानी दिल्लीमा एक करोड बढि नगद चोरी प्रकरणमा संग्लन रहेको भन्दै कांग्रेसका एक नेता कैलालीबाट पक्राउ परेका छन्। दिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट एक करोड चार लाख बढी नगद र गरगहना चोरी घटनामा संग्लन रहेको भन्दै धनगढी निवासी कांग्रेस नेता पदम नेपाली पक्राउ परेका हुन्। उनी नेपाली कांग्रेसको भातृ संगठन दलित संघका पूर्व केन्द्रिय सदस्य […]
बाजुरा जिल्लाको दुर्गम पहाडी तथा विकट पिछडिएको हिमाली गाउँपालिका वडा न, ६ धिम गाउँमा दलित परिवारका बुबा रंग शार्की र आमा औकला शार्कीको कोखबाट जन्मेको म उमेरले ३३ वर्षको भए । म सोही गाउँको श्री वडीमालिका मा.बि धिममा अध्ययनरत रहँदा र त्यो गाऊँठाऊँमा बस्दा त्यहाँका हरेक खालका समस्या घुणा, लाजमर्दा र अपमान जन्य शब्द तथा […]
नागरिक रैबार माघ २ अर्थात् वि. स. १९९० मा महाभूकम्प गएको दिन । सो दिनको स्मरणमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधारः दिगो, सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२औं भूकम्प सुरक्षा दिवस बाजुरा जिल्लामा डेमो प्रदर्शन गरि मनाईएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थल जिल्ला समन्वय समिति बाजुराको प्राङ्गणमा एक्कासी भुकम्प आएको […]
नागरिक रैबार माघ २ धनगढीं धनगढीको मुख्य बजारमा रहेको बडीमालिका दोहोरी साँझमा भएको दुई युवा समुहवीचको विवादले मुल सडकमा झडप हुँदा १ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दोहोरो झडपमा परी घाईते हुनेमा धनगढी उप–महानगरपालिका वडा नम्वर १ अदालत रोड बस्ने २३ बर्षीया समिर तियाली रहेको कुरा जिल्ला प्रहरी कार्यालय कैलालीका […]
नागरिक रैबार/बाजुरा १ माघ। त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले जिल्लामै पहिलो पटक त्रिवेणी नगरपालिकामा बन्न लागेको सतङ्ग भवनको सिलानास गर्नुभएको छ । माघे संक्रान्तीको अवसर पारेर बुधबार उक्त भवनको नगरप्रमुख रावलले सिलानास गर्नुभएको हो । त्रिवेणी नगरपालिकाको करिव ७ लाखको लगानीमा निर्माण हुन लागेको उक्त भवन त्रिवेणी नगरपालिका वडा नं. ८ पन्ताली गाउँमा निर्माण […]
पुर्वसभामुख कृष्णबहादुर महराले संसदबाट एमसीसी सहजै पास हुन नदिने भएपछी अमेरिका लगाएत नेपालमै एमसीसी पास गराउन प्रयत्नशील राष्ट्रको बागडोर सम्हालेका केही व्यक्तिको जालझेलमा महरा कारावास पुर्याइए । नेपाल सरकार र अमेरिकी सरकारद्वारा गठिन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विच भएको ७७ पृष्ठ लामो सम्झौता पढ्दा थाहा भयो पुर्वसभामुख महरा वास्तवमा आफु सकिएरै भएपनि देशको अस्तित्व र […]
डोटी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई सुदूरपश्चिमको सुविधा सम्पन्न अस्पताल बनाइने बताएका छन् ।जिल्ला अस्पताल डोटीको आज निरीक्षण भ्रमण गर्दै उनले जिल्ला अस्पतालमा नयाँ उपकरणको विस्तार गरी सुविधा सम्पन्न बनाउने प्रदेश सरकारको तयारी रहेको बताए । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जिल्ला अस्पताल चिकित्सक दरबन्दी थप गर्ने जानकारी दिए । पछिल्लो समयमा स्वास्थ्य […]
नुवाकोट– नुवाकोटमा गोरु जुधाइने मेला सुरु भएको छ । आज नुवाकोटको तारुकासहित तीन स्थानमा गोरु जुधाइन लागेको हो । प्रत्येक वर्षको माघे संक्रान्तिको दिन गोरु जुधाइने मेलाको आयोजना हुँदै आएको छ । यसवर्ष तीन स्थानमा गरी ४५ हल गोरु जुधाइँदै छ । तारकेश्वर गाउँपालिका वडा नं. ३ चन्दनीमा २२ हल, विदुर-१० नेत्रावतिमा १५ हल र […]
अछाम जिल्लाका १० वटै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान जारी रहेको छ। जिल्लामा गत पुस १० गते भएको सर्वपक्षीय सर्वदलिय बैठकको निर्णयअनुसार सबै तहले छाउगोठ नष्ट गर्ने कार्य धमाधम अगाडि बढाएका हुन। साँफेबगर नगरपालिकाले १४ वटै वडामा छाउपडी गोठ भत्काउने अभियानको थालनी गरेको छ। छाउगोठमुक्त वडा घोषणा कार्यलाई अगाडि बढाएको जनाइएको छ। मङ्गलसेन नगरपालिकाले नगरका […]
नागरिक रैबार/बाजुरा २९ पुस। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ जना कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सोमबार भएको पेसी बहसमा बरामदी मुचुल्का नभई बनावटी भएको […]
सुदूरपश्चिम प्रदेशमा आउँदो माघ १ गते सार्वजनिक विदा हुने भएको छ। सुदूरपश्चिम सरकारले माघे संक्रान्ति र माघी पर्वकाको अवसरमा १ गते सार्वजनिक विदा दिएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै माघी पर्वको अवसरमा विदा दिईएको जनाएको छ। यसअघि ८ साउनमा बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको थियो।