होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समिति गठन
देश/प्रदेश

राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समिति गठन

अध्यक्षमा रमा भट्टराई  (जैरू)

  • नागरिक रैबार
राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समिति गठन

रामबहादुर विक /धनगढी  ४ फागुन । राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिकाे अध्यक्षमा रमा भट्टराई (जैरू) निर्वाचित भएका छिन्।  ।

सङ्घको आइतबार धनगढीमा सम्पन्न प्रथम एेतिहासिक सुदूरपश्चिम प्रदेश सम्मेलनले पत्रकार जैरू अध्यक्षमा रहने गरि  १२ सदस्यीय प्रदेश कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा गणेश राेका (डडेलधुरा), सचिव शेरबहादुर सार्की (बाजुरा), सहसचिव रमेश वादी गन्दर्भ
(कन्चनपूर) (कैलाली) र कोषाध्यक्षमा सुनिता विक कैलाली ।

विज्ञापन

त्यस्तै संघकाे सदस्यमा लालबहादुर चंदारा अछाम,  शुरेस ताेलाङ्गी डडेलधुरा,  विक्रम भुल वैतडी, सुवास नेपाली डाेटी, अाकान्छा पाल्पाली कन्चनपूर, विवेक नागरिक कैलाली र बाजुराकी साेधा नेपाली चयन भएकाे नेपाल पत्रकार महासंघ  सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष तथा सम्मेलनका निर्वाचन मण्डल संयाेजक अर्जुन शाहले बताएका छन् ।

संघकाे सम्मेलन दुईदिन सम्म धनगढीमा चलेकाे थियाे । सम्मेलनले ३ जनालाई कार्यसमितिकाे पहिलाे वैठकबाट सदस्यमा मनाेनित गर्ने भएकाे छ ।

त्यस्तै प्रदेश समितिले हेमकर्ण विक, हरिष विक, शर्मिला बागचन्द र गणेश नेपाली चार जनाकाे सल्लाहकार समिति पनि बनाएकाे हाे ।

सम्मेलनमा राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दलित समुदायका पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि याे संघकाे स्थापना गरिएकाे बताएका थिए ।

उहाँले दलित मुक्ति अान्दाेलनलाई सफल बनाउन दलित पत्रकारहरूले नै अगुवाई गर्नुपर्नेमा बताए ।
संङघले स्थापनाकाल देखि अहिलेसम्म ४७ जिल्लामा अाफ्नाे संगठन विस्तार गरिसकेकाे छ ।

संघका अन्य ६ वटा प्रदेशमा यस अघि नै प्रदेश समिति गठन भईसकेका छन् भने  सुदूरपश्चिम प्रदेशमा याे संघकाे समिति अाईतबार गठन गरिएकाे हाे ।
संघमा हालसम्म १५ सयबढी दलित संचारकर्मीहरू संगठित भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार