होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • कोरोना महामारीः मृतकको संख्या ११ सय नाघ्यो
पत्रपत्रिका

कोरोना महामारीः मृतकको संख्या ११ सय नाघ्यो

  • नागरिक रैबार
कोरोना महामारीः मृतकको संख्या ११ सय नाघ्यो

काठमाडौं – चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा हुवेई प्रान्तमा थप ९४ जनाको मृत्यु भएसँगै   कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ सय ७ पुगेको  सीएनएनले जनाएको छ ।

यसमध्य ११ सय ५ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । हुवेई प्रान्तमा मात्रै पछिल्लो २४ घण्टामा १६ सय ३८ जना कोरोनाको संक्रमित फेला परेका छन ।

विज्ञापन

योसँगै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४४ हजार ६ सय ३८ पुगेको छ ।

कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा उपचार, रोकथामका  काम थालेको छ ।

अन्तर्राष्ट्रियस्तरका विज्ञहरुसहित डब्ल्यूएचओको  टोली सोमबार चीन पुगेको थियो ।

ज्यान गुमाउनेको सङ्ख्या ११ सय नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको चीनले दावी गर्दै आएको छ  ।

खबरहवबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार