होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महामन्त्री गगन थापाले अतिरञ्जित कुरा गरेको बताएका छन् । केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा पाण्डेले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने थापाको अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । ‘हाम्रो विधानले सभापति र संसदीय दलको नेता हटाउने व्यवस्था गरेको छ । विधानको अभ्यास गर्न कसैले […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि भन्सार विभागले छानबिन समिति बनाएको छ।विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क-कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने सूचना अधिकारी खड्काले बताए।समितिले भन्सार अधिकृतलगायत अन्य […]
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) बाट एक सय ५८ रनको लक्ष्य पाएको छ । टस जिती पहिलो ब्याटिङ रोजेको यूएईले ४४ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रन बनायो । यूएईलाई सामान्य स्कोरमा समेटन नेपाली बलर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिबद्ध रहेको बताएका छन् । बुधवार ६१ औँ इन्जिनियर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारबिरोधी अभियानलाई तीव्र्ताकासाथ अघि बढाइरहेको उल्लेख गरे । उनले त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका गम्भीर बुँदामा बहस नभएकोमा आपत्ति जनाएका छन् । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आवाज उठाउँदा कुरै नबुझी आलोचना भएको जनाए । संसदीय अभ्यासमा आफ्नो दल नयाँ भएकोले प्रक्रियामा कमजोरी भए पनि आफूहरूले उठाएका एजेन्डामा कुनै खोट नभएको दाबी गरे । […]
३ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाललगायत छन् । कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई र संसदीय दलको नेताको जिम्मेवारी […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जाने भएका छन् । आज बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहकी रेखा शर्माले जानकारी दिइन् । ‘संयुक्त राष्ट्र संंघको खानी तथा कृषि सङ्गठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन फुड्स सिस्टम २०२३ स्टकटेकिङ मुभमेन्टमा सहभागी हुन सम्माननीय प्रधानमन्त्रीको भ्रमण […]
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ । बुधबार बिहान बालुवाटारमा बसेको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको हो । त्यस्तै, […]
काठमाडौँ । अभिनेता शारुक ताम्राकारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट कुरिरहेको प्रहरीले सारुकका निकटस्थहरूसँग सोधपुछ गर्न थालेको छ । प्रहरीले चलचित्र ‘ह्यासट्याग माया’को निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग सोधपुछ गरेको छ । निर्माता र निर्देशकसँग सोधपुछ गरेर ‘कागज’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सिताराम […]
नागरिक रैबार/बाजुरा २ साउन। बाजुराको बुढीनन्दा नगरपालिकाकाे कृषि विकास शाखामा कार्यरत एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । नगरपालिकाका कृषि शाखा प्रमुख ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा मृत फेला परेकाे नगरपालिकाले जनाएको छ । उनी क्वाटर अगाडी कुर्चीमा बसी रहेको अवस्थामा मृत भेटिएका इलाका प्रहरी चौकी कोल्टिले जनाएको छ ।बुढिनन्दा […]
२ असार, काठमाडौं । नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव राखेका हुन् ।उनले अगाडि भने, ‘कम्तीमा ५ […]
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मंगलबार मलेसियाको क्वालालम्पुर–काठमाडौँ उडानका क्रममा रहेको ९एन–एकेडब्लू जहाजको घटना छानबिन गर्न २ सदस्यीय छानबिन उपसमिति गठन गरेको छ । निगमले निर्देशक महेश मरिताको संयोजकत्वमा छानबिन उपसमिति गठन गरेको हो । उक्त समितिमा सदस्य सचिवको रूपमा अर्का निगमकै निर्देशक पोशक ज्ञवाली रहेका छन् । आवश्यकताका आधारमा उक्त उपसमितिले […]
२ साउन, काठमाडौं । आज देशभर सक्रिय भएको मनसुन भोलिदेखि क्रमिक रुपमा निष्कृय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनसम्म तराई क्षेत्रमा कम र पहाडी क्षेत्रमा हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ । हिजो नेपालमा चीनको तिब्बत क्षेत्रमा बादल नेपाल प्रवेश गरेको देखिएको थियो । हिजो रातिदेखि नै […]
काठमाडौँ। नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् ।गृह जिल्ला अछाम पुगेका पूर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन् । अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिविधि र काम कारबाहीका बारेमा छलफल गरेका छन् । उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका छन् । चितवन महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीता विरामी भएपछि राज्यबाट कुनै सुविधा नलिईकनै उनलाई उपचारका लागि आफूहरू हरतरहबाट लागिपरेको बताए । साथै उनले अन्तिम अवस्थामा अस्पतालको आइसीयु वा भेन्टिलेटरमा उनको पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता […]
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भए पनि एक वर्षपछि आज बैठक बस्न लागेको हो । यसअघि हिजो बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको […]
नागरिक रैबार/बाजुरा १ साउन। सुदूरपश्चिम विश्वविद्यालय बाजुरा क्याम्पसको क्याम्पस प्रमुख पदमा रूप वहादुर रौले नियुक्त भएका छन् । यस अघि बाजुरा क्याम्पसकाे क्याम्पस प्रमुखमा शुरेस पण्डित थिए । त्यस्तै बडीमालिका क्याम्पसकाे क्याम्पस प्रमुखमा नरबहादुर कटुवाल नियुक्त भएका छन् । साे क्याम्पसमा यश अघि विरबहादुर कटुवाल रहेका थिए ।
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा लिनसक्ने वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन् । आइतवार सिंहदरबारमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आन्तरिक रुपमा सरकारी संगठनहरुलाई संस्थागत गरी सुदृढ बनउने काम सरकारले गरिरहेको बताए । उनले मन्त्रालय विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी […]
बुटवल । लुम्बिनी प्रदेशमा साउनदेखि जेठ महिनाको मसान्तसम्म ३१७ जनालाई सर्पले टोकेको छ, जसबाट २५जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये तराईका जिल्लाहरू रुपन्देही,नवलपरासी,कपिलवस्तु,बर्दिया,बाँकेमा सर्पको टोकाइउच्च छ । पहाडी तीन जिल्लागुल्मी,अर्घाखाँची,रुकुम पूर्व जिल्लामा भने यो आर्थिक वर्षदेखि अहिलेसम्म सर्पले टोकाइका बिरामी अस्पताल नआएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ । पाल्पामा ३३ जना,रोल्पामा […]
काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकका लागि सुझाव मागेका छन् । बैठकमा राजनीतिक परिस्थिति, पार्टीको साङ्गठनिक गतिविधिसहितका विषयमा छलफल हुने भन्दै महामन्त्री थापाले आफ्ना विचार र सुझाव इमेल गर्न आह्वान गरेका हुन् ।यसबीचमा जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय समितिमा राख्ने पनि उनले बताए । आफ्नो इमेल आइडी ([email protected]) र […]