होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • शिक्षकहरूसँग सहमति भयो, आन्दोलन फिर्ता हुन्छ: सरकार प्रवक्ता शर्मा
समाज

शिक्षकहरूसँग सहमति भयो, आन्दोलन फिर्ता हुन्छ: सरकार प्रवक्ता शर्मा

  • नागरिक रैबार
शिक्षकहरूसँग सहमति भयो, आन्दोलन फिर्ता हुन्छ: सरकार प्रवक्ता शर्मा

सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आन्दोलनरत शिक्षकहरूसँग सरकारले सहमति गरेको बताएकी छन्।सिंहदरबारमा शुक्रबार अपराह्न आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो। उक्त वार्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले शिक्षकहरूसँग सरकारले सहमति गरेको बताइन्।

‘शिक्षकहरूसँग सहमति भएको छ। संसदमा दर्ता भइसकेको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूका माग समावेश गर्ने कुरा भएको छ,’ उनले भनिन्, ‘शिक्षकहरूले आन्दोलन स्थगित गर्नुहुन्छ।’विद्यालय शिक्षा विधेयकका कतिपय विषयमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले गत असोज ३ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका थिए।

शिक्षकका समायोजन, बढुवा, तहगत प्रणालीलगायत विषयमा नेपाल शिक्षक महासंघ र विज्ञहरू सम्मिलित अध्ययन समिति बनाउने सहमति पनि भएको छ। उक्त समितिले दिने प्रतिवेदनअनुसार आवश्यक कानुनी व्यवस्था गर्न सरकार र आन्दोलनरत शिक्षकहरू सहमत भएका छन्।द्वन्द्व प्रभावित शिक्षकको सेवा अवधि गणना गर्ने पनि सहमति भएको बताइएको छ। सेतोपाटीबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार