होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत १५ र २०७९ असार ९ गते परीक्षा सञ्चालन गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार प्रदेश-१को सबै र मधेश प्रदेशका (क्र.सं १ देखि १० सम्मका उम्मेदवार) अन्तर्वार्ता असोज २५ गते विहान […]
मधेस प्रदेशको ‘महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय’की प्रमुख महिला विकास अधिकृत देवकुमारी खत्रीलाई हामीले सोधेका थियौँ, मधेस प्रदेशमा महिलाको अवस्था कस्तो छ ? उनले बालविवाह, बोक्सी प्रथा, छाउपडी प्रथा, लैंगिक हिंसा, मानव बेचबिखन, घरेलु हिंसा, छोरीले पढ्नु हँुदैन भन्ने मान्यता, बोक्सीको आरोपमा प्रताडना आदि अझै विद्यमान रहेको बताइन् । प्रस्तुत छ, खत्रीसँग प्र्रमिला भट्टले […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रको सुधारविना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने बताएका छन् । सोमबार महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समाजवादको निर्माण नै शिक्षा भएको बताए । ‘शिक्षा क्षेत्रमा सुधार नगरीकन नेपाली समाजलाई अनुशासित, सम्मृद्ध र […]
धनगढी: कर्णाली प्रदेश लोकसेवा आयोगको कार्यालय सुर्खेतले गत जेठ २१ गते लिएको परीक्षामा बदमासी गर्ने २१ जनालाई कारबाही गरिएको छ। उत्तरपुस्तिकामा आफ्नो नाम र फोन नम्बर लेख्ने सुदूरपश्चिमका सातसहित २१ जना परिक्षार्थी कारबाहीमा परेका हुन्। आयोगद्वारा जारी विज्ञप्तिमा प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्बर ५०३९५०६÷०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर […]
काठमाडौँः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ। बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको बस विषय र दुई विषयमा परीक्षा दिने परिक्षार्थीहरुका लागि आफूले परीक्षा दिने नम्बरहरू मध्येको सानो कोड नम्बर भएको […]
काठमाडौँ: कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ। हिजो नतिजा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो। दुई विषयमा ननग्रेडिङ अर्थात एनजी आउने परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन्। यसअनुसार ननग्रेडिङमा परेका एकलाख ८८ हजार ४ सय १० जना […]
काठमाडौं । माध्यमिक तह ((कक्षा १२) को परीक्षामा आधाभन्दा बढी परीक्षार्थी एनजी (नन ग्रेडेड)मा परेका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार एक लाख ८८ हजार ४१० जना नन ग्रेडेड छन् । यो कुल परीक्षार्थीको ५१.९० प्रतिशत हो । यो नतिजा निराशाजनक भएको शिक्षाविद् प्रा.डा. लक्ष्मण ज्ञवाली बताउँछन् । […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसईई ग्रेडबृद्धि (पूरक) परीक्षामा दुई लाख बढी विद्यार्थी सहभागी भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले भदौ ११ गते र १२ गते परीक्षा सञ्चालन गरेको परीक्षामा पहिलो दिन एक लाख ३९ हजार ३६२ र दोस्रो दिन ७४ हजार २८३ जना गरी २ लाख १३ हजार […]
धनगढीः नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलनका कारण बझाङका सरकारी विद्यालयको पठनपाठन बन्द भएको छ। कर्मचारी परिषद्ले भदौ १२ गते आइतबारदेखि देशभरका सरकारी विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेअनुसार बझाङ जिल्लाका सरकारी स्कुलमा पढाइ बन्द भएको हो। परिषद्ले सरकारसमक्ष ८ बुँदे माग राख्दै आएकोमा सरकारले बेवास्ता गरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म सरकारी विद्यालय बन्द […]
नागरिक रैबार/बाजुरा ९ भदौ। बाजुरामा एसईई ग्रेड बृद्धि दिने बिद्यार्थी १३ सय ५० रहेका छन । देश भर हुने एसईई ग्रेड बृद्धि परिक्षामा बाजुरामा पाँच वटा परिक्षा केन्द्र तोकिएका छन । राष्ट्रिय परिक्षा बोर्ड अनुसार देश भर हुने सईई ग्रेड वृद्धि परीक्षा ११ र १२ गते सन्चालन हुने भएको छ । जिल्लाको ९ वाटा स्थानीय […]
धनगढीः कैलालीको धनगढी कलेज अफ इन्फर्मेसन टेक्नोलोजी नामक संस्थाले उद्यम विकास सहजकर्ताको एक वर्षे कोर्ष पढाउँदै आएको छ। उपमहानगरपालिकाको वडा नम्बर १ मा रहेको सो कलेजले छोटो अवधिको तालिम सञ्चालन गर्दै आएको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)बाट कलेजले अनुमति लिएर कक्षा सञ्चालन गर्दै आएको छ। तर, सो कलेजले २०७६ भदौमा भर्ना भएका विद्यार्थीको […]
काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर १२ मा रहेको हिमालय आधारभूत विद्यालयको भवन पहिरोका कारण चर्किएपछि बालबालिका प्लाष्टिकको पालमा पढ्न बाध्य छन् । गत साउन १० परेको ठूलो झरीले विद्यालयको भवन चर्किएको प्रधानाध्यापक तिलक अधिकारीले जानकारी दिए । उनले भने, ‘अस्ती १० गते ठूलो झरी परेपछि विद्यालय नजिकै पहिरो गएर भवन चर्किएको छ । […]
काठमाडौं, भदौ ८ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। ओली केहीबेरअघि बालुवाटार पुगेका हुन्। प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवा र ओलीबीच पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ।
काठमाडौं । राज्यको सबैभन्दा बढी लगानी भएको क्षेत्र हो शिक्षा । तर यही क्षेत्रका सर्वोत्कृष्ट विद्यालय र विद्यार्थी छनोट गर्न नसकेको दुई वर्ष भएको छ । पहिले राष्ट्रिय शिक्षा दिवसको अवसरमा सर्वोत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी घोषणा गरेर पुरस्कृत गरिन्थ्यो । तर हाल दुई वर्षदेखि सरकारले राष्ट्रिय शिक्षा दिवस मनाउन नसक्दा सर्वोत्कृष्ट विद्यालय र विद्यार्थी […]
शिक्षक सेवा आयोगले गत असारमा लिएको स्थायी शिक्षक पदको नतिजा दशैं अगाडि सार्वजनिक गर्ने तयारी गरेको छ । प्रावि, निमावि र मावि तह गरी विभिन्न विषयका शिक्षकका लागि लिइएको परीक्षाको नतिजा दशैं अगाडि नै सार्वजनिक गर्ने तयारी गरेको हो । अहिले उत्तर पुस्तिका परीक्षणको काम भईरहेको आयोगका उप–सचिव तथा सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ भित्रै प्रकाशित गर्ने भएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षामा ४ लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । अहिले उत्तर पुस्तिका परीक्षणको काम सकिएर नतिजा कम्प्युटरमा इन्ट्री गराउने काम भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद […]
बझाङको बित्थडचिर गाउँपालिका–१ स्थित श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । आइतबार २५ जना छात्राहरू बेहोस भएकोमा सोमबार ६ जना छात्राहरू बेहोस भएका थिए । उनीहरूको २ घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक बिष्णुसिंह बोहराले बताए । उनले भने, ‘विद्यार्थीहरू एक पछि अर्को हुँदै बेहोस भए । […]
धनगढीः मकवानपुको मनहरी गाउँपालिका वडा नंबर १ का वडाध्यक्ष शिवप्रसाद खनाल कक्षा ११ मा भर्ना भएका छन्। एसएलसी पास गरेको ३१ वर्षपछि उनी आफ्नै वडामा रहेको वाल जीवनज्योती माविमा कक्षा ११ मा भर्ना भएका हुन्। २०४८ सालमा बाराको सिद्देश्वर संस्कृत विद्यालय कलैयाबाट द्धितिय श्रेणीमा एसएलसी उत्तीण भएका खनाल आफै व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा ११ […]
लौ बर्बाद भयो, विद्यार्थी फेल भए । यसो भन्नु हाम्रो शैक्षिक प्रणालीको सबैभन्दा ठूलो भूल हो । सबैभन्दा ठूलो भ्रम हो । सबैभन्दा ठूलो लाचारी हो । खासमा कुनै विद्यार्थी ‘फेल’ हुँदैनन् । विद्यार्थी ‘फेल’ हुनु भनेको शिक्षक फेल हुनु हो, पठन विधि वा सिकाइ पद्धति फेल हुनु हो । कुनै विद्यार्थीले परीक्षामा किन प्रश्नको […]
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना […]