होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शिक्षालाई उत्पादनमुखी बनाउन हाम्रो जोड छ : अध्यक्ष प्रचण्ड
समाचार

शिक्षालाई उत्पादनमुखी बनाउन हाम्रो जोड छ : अध्यक्ष प्रचण्ड

  • नागरिक रैबार
शिक्षालाई उत्पादनमुखी बनाउन हाम्रो जोड छ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रको सुधारविना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने बताएका छन् । सोमबार महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समाजवादको निर्माण नै शिक्षा भएको बताए ।

‘शिक्षा क्षेत्रमा सुधार नगरीकन नेपाली समाजलाई अनुशासित, सम्मृद्ध र सुसंस्कृत बनाउन सकिँदैन, नेपालको उत्पादन प्रकृयालाई समाजवादउन्मुख बनाउन सकिँदैन’, अध्यक्ष प्रचण्डले भने, ‘त्यसकारण हाम्रो शिक्षालाई उत्पादनमुखी बनाउनेतर्फ ध्यान गएको छ ।’

समाजवाद यात्राको चेतना नै शिक्षा भएकाले सोही अनुसारको शिक्षा जरुरी हुने अध्यक्ष प्रचण्डले बताए । ‘समाजवाद निर्माणको आधार भनेको उत्पादन बृद्धिको अभियान,श्रम प्रयोगको अभियान र सांस्कृतिक रुपान्तरण । समाजवाद यात्राको चेतना हाम्रो शिक्षाले दिन सक्नुपर्दछ’ प्रचण्डको जोड छ ।

विज्ञापन

प्रचण्डले सम्मृद्धिको प्रमुख आधार नै शिक्षा भएको बताए । ‘विकास र सम्मृद्धिको प्रमुख आधार शिक्षा नै हो । हाम्रो जस्तो देशमा कस्तो शिक्षा नीति अवलम्बन गरिन्छ भन्ने कुराले विशेष महत्व राख्छ’, अध्यक्ष प्रचण्डले २०७४ को निर्वाचनमा आफुहरुले शिक्षालाई उच्च महत्व दिने र २० प्रतिशत लगानी गर्नुपर्ने भनेर प्रतिवद्धतासहित घोषणापत्र बनाएपनि त्यो व्यवहारमा हुन नसकेको बताए ।शिक्षा क्षेत्रलाई सुधारेर उत्पादनमुखी बनाउन सकेमात्र समाजवादमा पुग्न सकिने प्रचण्डको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार