होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘मधेस प्रदेशमा छोरीले पढ्नु हुँदैन भन्ने जस्ता मान्यता अझै छन्’
समाचार

‘मधेस प्रदेशमा छोरीले पढ्नु हुँदैन भन्ने जस्ता मान्यता अझै छन्’

  • नागरिक रैबार
‘मधेस प्रदेशमा छोरीले पढ्नु हुँदैन भन्ने जस्ता मान्यता अझै छन्’

मधेस प्रदेशको ‘महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय’की प्रमुख महिला विकास अधिकृत देवकुमारी खत्रीलाई हामीले सोधेका थियौँ, मधेस प्रदेशमा महिलाको अवस्था कस्तो छ ? उनले बालविवाह, बोक्सी प्रथा, छाउपडी प्रथा, लैंगिक हिंसा, मानव बेचबिखन, घरेलु हिंसा, छोरीले पढ्नु हँुदैन भन्ने मान्यता, बोक्सीको आरोपमा प्रताडना आदि अझै विद्यमान रहेको बताइन् ।

प्रस्तुत छ, खत्रीसँग प्र्रमिला भट्टले मधेस प्रदेशमा महिलाको अवस्था र कार्यक्रम सम्बन्धमा गरेको कुराकानीको सम्पादित अंश :

मधेश प्रदेशमा महिलाको अवस्था कस्तो छ ?

विज्ञापन

यहाँ बालविवाह, बोक्सी प्रथा, छाउपडी प्रथा, लैंगिक हिंसा, मानव बेचबिखन, घरेलु हिंसा, छोरीले पढ्नु हँुदैन भन्ने मान्यता, बोक्सीको आरोपमा प्रताडना जस्ता अमानवीय समस्या अझै विद्यमान छन् । श्रीमान वैदेशिक रोजगारीमा गएका छन् भने घरमा श्रीमतीलाई हिंसा भएको पनि हामीसम्म जानकारी आएका छन् । त्यस्तै, एकल महिलामाथि पनि विभेद हुने गरेका छन् ।

यस्ता हिंंसाका घटनामा यहाँहरूले के कस्ता तत्कालीन पहल गर्नुहुन्छ ?

सम्बन्धित निकायमा पठाउने, प्रहरीलाई खबर गर्ने, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा गएर पीडितलाई न्याय पीडकलाई कारबाही गर्नका लागि पत्राचार गर्छौं । पीडितलाई ‘सेफ हाउस’मा राख्नका लागि सिफारिस गर्छौं । पीडितलाई राहत आवश्यक छ भने त्यस्तो व्यवस्था गर्छौं । त्यस्तै पीडितलाई घाउ, चोटपटक लागेको छ भने तुरुन्तै जिल्ला अस्पताल पठाउँछौँ । पीडित मानसिक तनावमा छन् भने परामर्शका लागि परामर्शदाता समक्ष पठाउने व्यवस्था मिलाउँछौँ ।

मधेस प्रदेशमा महिलाकेन्द्रित के–कस्ता कार्यक्रम हुँदै छन् ?

कानुनका बारेमा जानकारी दिने कार्यक्रम चलाउँदै आएका छौँ । त्यस्तै, बालविवाह सम्बन्धी रणनीति कार्यक्रम, लैंगिक समानताका लागि कार्यक्रम, प्रदेशमा तुरुन्तै सेफ हाउस निर्माण गर्ने कार्यक्रम आदि छन् । हामीकहाँ सेफ हाउस नभएकाले अहिले अन्यन्त्र सिफारिस गर्नुपरेको अवस्था छ ।

यस्तै, ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रम कार्यान्वयन गरिरहेका छौँ । यस अन्तर्गत छोरीहरुलाई स्कुल जानका लागि साइकल वितरणजस्ता कार्यक्रम पनि छन् ।

यस्तै, मधेस प्रदेशले बाल अधिकारसम्बन्धी ऐन, दलित सशक्तीकरण ऐन अनुसार पनि कार्यक्रम आएका छन् ।

यहाँहरूले महिलाका सम्बन्धमा कुनै तथ्यांक संकलन गर्नुभएको छ कि ?

अहिले हामीले लैंगिक अल्पसंख्यकको तथ्यांक संकलन गरिरहेका छौँ । यसमा हामीले जनगणनाको अन्तिम रिपोर्टलाई पर्खेका छौँ ।

यहाँको बुझाइमा महिला उत्थानका लागि के कस्ता कार्यक्रम गर्न सकिन्छ ?

हाम्र्रो सोच र व्यवहारमा परिवर्तन भयो भने महिला उत्थान हुन्छ । आफ्नो घर परिवारमा गर्ने व्यवहारमा परिवर्तन भयो भने समाज र समुदायमा परिवर्तन आउँछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार