होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मावि शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक
देश/प्रदेश

मावि शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक

  • नागरिक रैबार
मावि शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत १५ र २०७९ असार ९ गते परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले जारी गरेको सूचना अनुसार प्रदेश-१को सबै र मधेश प्रदेशका (क्र.सं १ देखि १० सम्‍मका उम्‍मेदवार) अन्तर्वार्ता असोज २५ गते विहान ८ बजे हुने छ ।

यस्तै मधेश प्रदेशका (क्र.सं. ११ देखि माथिका सबै) उम्‍मेदवार, कर्णाली प्रदेश र गण्डकीका सबै उम्‍मेदवार तथा बागमती प्रदेश (क्र.सं.२६ देखिमाथि सबै उम्‍मेदवार)को अन्तर्वार्ता २५ गते दिउँसो २ बजे हुनेछ ।

विज्ञापन

यस्तै बागमती प्रदेश (क्र.सं. १ देखि २५ सम्‍मका उम्‍मेदवार), लुम्बिनी प्रदेशका सबै र सुदूर पश्‍चिम प्रदेशका सबै उम्‍मेदवारहरुको अन्तर्वार्ता असोज २६ गते बिहान ८ बजे हुने कार्यतालिका बनाएको आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार