होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘प्रेमगीत ३’ लिएर कपिल शर्मा शोमा जान मनिषा र गोविन्दा तयार
समाचार

‘प्रेमगीत ३’ लिएर कपिल शर्मा शोमा जान मनिषा र गोविन्दा तयार

  • नागरिक रैबार
‘प्रेमगीत ३’ लिएर कपिल शर्मा शोमा जान मनिषा र गोविन्दा तयार

काठमाडौं । चर्चित बलिउड कलाकार मनिषा कोइराला र गोविन्दालाई लिएर नेपाली फिल्म ‘प्रेमगीत ३’लाई ‘कपिल शर्मा शो’मा लैजाने तयारी भएको छ । उक्त चर्चित भारतीय शोमा ‘प्रेमगीत’को तर्फबाट सहभागी हुन गरिएको प्रस्तावमा मनिषा र गोविन्दाले सहमति दिएको निर्माता सन्तोष सेनले जानकारी दिए ।

शोमा भाग लिन ‘प्रेमगीत ३’ का भारतीय निर्माताले सञ्चालक कपिल शर्मालाई आग्रह गरेका छन् । तर कपिलले चाहिं यसबारे निधो दिइसकेका छैनन् । ‘उहाँले सेड्युल मिलाएर निधो दिन्छौं भन्नुभएको छ, तर निधो आइसकेको छैन । यदि सुटिङ भयो भने सेप्टेम्बर १४-१५ तिर हुन्छ,’ सेनले अनलाइनखबरसँग भने ।

यसैसाता ‘प्रेमगीत ३’ का निर्माता र कलाकारसँग मनिषाको मुम्बईस्थित निवासमा यसबारे छलफल भएको थियो । उनले सामाजिक सञ्जालबाट पनि फिल्मको प्रमोसन गरिरहेकी छन् ।

विज्ञापन

बलिउडका केही सञ्चारमाध्यम र युट्युब च्यानलले पनि इन्डो-नेपाली प्रोजेक्ट ‘प्रेमगीत ३’ लाई कपिल शर्मा शोमा लैजाने तयारीबारेका समाचार प्रवाह गरेका छन् । ‘प्रेमगीत ३’ असोज ७ गते नेपाल भारतसहित मुलुकमा प्रदर्शन हुँदैछ । भारतमा हिन्दी र नेपालमा नेपाली भाषामा रिलिजको तयारी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै