होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कर्णाली- जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए […]
मदन विक/बाजुरा १३ असार। जिल्लाको सदरमुकाम मार्तडी पछिको दोस्रो ठुलो बजारका रुपमा परिचित बुढीनन्दा नगरपालिका २ स्थित कोल्टी बजारको मुहार फेरिदै गएको छ । बजारमा साँघुरो बाटो, जथाभावी पाईपलाईन, अव्यवस्थित ढलनिकास र हिल्लाम्मे सडकका कारण वर्षौदेखि अब्यबस्थित बजारका रुपमा चिनिएको कोल्टी बजारले यतिबेला मुहार फेर्ने तयारी गरेको छ । जिल्लाका पुर्वीउत्तरी क्षेत्रका ३ गाउँपालिका र […]
नागरिक रैबार/बाजुरा १७ जेठ। बाजुरा जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सहित बाजुरामा हालसम्म ३ सय ४३ जना कोरोना मुक्त भएका हुन् । त्यस्तै आज जिल्लाका विभिन्न ठाउँमा ३८ जनाको एन्टिजेन प्रविधिबाट कोरोना परिक्षण गर्दा १७ जनामा कोरोना पाेजेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार […]
११ वैशाख, काठमाडौं । २०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा शनिबार उदघाटन गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहरा उदघाटन गर्न लागेका हुन् । उदघाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र रहने छन् । कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । उदघाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था […]
कमला चँदारा/बाजुरा ५ बैशाख। खप्तड मालिका युवा संजाल बाजुराले यही बैशाख ११ गते रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ । संजालले बैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर मार्तडीमा रक्तदान कार्यक्रम गर्न लागेको हो । सामाजिक कार्यमा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ स्थापना गरिएको उक्त संजालले पहिलोपटक नेपाल रेडकक्रस सोसाईटि संगको समन्वयमा मार्तडीमा रक्दान […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही महिनाबाट रेल संचालनमा ल्याउने बताउनु भएको छ । बुधबार बिहान प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्दै नेपालका लागि २ रेल जनकपुरमा आइसकेकाले त्यसलाई यही महिना भित्रमा संचालनमा ल्याउने स्पष्ट पार्नुभयो । उहाँले पूर्वपश्चिम रेलमार्गको पनि तीव्र गतिमा काम भइरहेको बताउनु भयाे । उहाँले सरकार लकडाउनमा नजाने पनि स्पष्ट […]
काठमाडौं । पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो । नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको छ । अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ । गजुर पनि केही दिनभित्रै […]
निमेन्द्र शाही/ बाजुरा ७ फागुन। सुदूरपश्चिमको महाकाली नदी आसपास घुम्ने पर्यटकका लागि तीन ऐतिहासिक र वीरहरूको गाथा स्मरण गर्ने गन्तव्य छन् । यस क्षेत्रमा रहेका ऐतिहासिक अमरगढी किल्ला, सहिद दशरथ चन्दको जन्मघर र किसान नेता भीमदत्त पन्तको बासस्थानले पर्यटकहरूलाई आकर्षित गर्दछन् । सुदूरपश्चिमको डँडेलधुरामा अमरगढी किल्ला छ । ऐतिहासिक अमरगढी किल्ला रहेको डँडेलधुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ […]
१५ माघ, डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिक स्थल खप्तड घुम्नका लागि पाँचदिने ‘हेली टुर’ प्याकेज सुरु भएको छ । खप्तडको प्रवेशद्वार झिंग्रानामा रहेको ‘खप्तड होमस्टे’ले आयोजना गरेको उक्त ‘हेली टुर’ प्याकेजको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभारम्भ गरेका छन् । खप्तडको प्रमुख प्रवेशद्वार झिंग्रानाबाट हेली टुर प्याकेजको शुभारम्भ गर्दै मुख्यमन्त्री भट्टले […]
नागरिक रैबार/ बाजुुुुरा ७ माघ। गौमुल गाउँपालिकाले ओखर र स्याउको क्षेत्र विस्तार गरेकाे छ । आर्थिक बर्ष २०७५/०७६ सालमा गौमुल गाउँपालिकाको वडा नं. १ अन्द्राडीमा परिक्षणका लागि लगाईएको एक बर्षिय हाईडेन्सिटि स्याउ सफलता पुर्वक फलेपछि फलफूलको क्षेत्र विस्तार गर्न लागेको हो । गाउँपालिका समुन्द्रि सतहबाट १३०० मि. देखि करिब ३५०० मि. सम्म फलफुलका लागि खेतियोग्य […]
डडेल्धुरा: डडेल्धुराको भित्रिमधेसमा पर्ने चुरेका गाउँमा खानेपानी पुगेपछि स्थानीय हर्षित भएका छन्। खानेपानी पुगेसँगै १ किलोमिटर टाढाबाट पिठ्युमा बोकेको पानी खानुपर्ने बाध्यताको अन्त्य भएको छ। करिब ४ किलोमिटर टाढा रहेको शिर्ष क्षेत्रबाट पाइपद्वारा परशुराम नगरपालिका–३ को चुरेमा रहेका कालापात्थर, कालढुङ्गी, आमथला र सिमल्टा गाउँमा खानेपानी पुगाइएको छ। करिब ढाई करोडमा सम्पन्न भएको कालापात्थर कालढुङ्गी आमथला सिमल्टा […]
विश्वका भैँसीविज्ञको सहभागितामा दसाैँ एसिया क्षेत्रीय भैँसीविज्ञको महासभा (दसाैँ एसियन बफेलो कँग्रेस) नेपालमा हुने भएको छ । आगामी २० जेठदेखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो । एसियन बफेलो एसाेसिएसन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशुसेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा महासभा हुन लागेको हो । महासभाको सहआयोजकमा नेपालका प्रदेश सरकारअन्तर्गतका भूमि व्यवस्था, कृषि तथा सहकारी […]
वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेमगरले आफूले जिम्मेवारी पाएको वन मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउने बताएका छन् ।शुक्रबार गृहजिल्ला डोटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आलेमगरले भने, ‘म हालसम्मका मन्त्रीमध्येकै उत्कृष्ट मन्त्रालय बनाउने छु, मेरो समय छोटो छ यसका बिचमा पनि म राम्रो काम गर्ने छु ।’ वन तथा वातावरण संरक्षणको जिम्मेवारी पाएका आलेलाई कुनै […]
सिरहा– लहान नगरपालिकाले पालिकाभित्रका सडक कालोपत्र र ढलान गर्न थालेपछि स्थानीयवासी हर्षित भएका छन् ।वर्षौदेखि सडक जीर्ण हुँदा हिलो र धुलोका कारण समस्या भोग्दै आएका स्थानीयवासी सडक पक्की भएसँगै हर्षित भएका हुन् । नगरपालिका वडा नं १३ र १४ लाई जोड्ने सडकलाई केही दिनअघि नगरपालिकाले कालोपत्रे गरिदिएपछि स्थानीयवासीलाई लहान बजारसम्म पुग्न सहज मात्रै होइन, अब […]
काठमाडौँ । गत वर्षको तुलनामा यसपाली धान उत्पादन वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस पटक एक लाख मेट्रिक टन धान बढी उत्पादन भएको छ । गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष झन्डै ५६ […]
२५ मंसिर, काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) खेल्न यही डिसेम्बर १५ (मंसिर ३० गते) मा अष्ट्रेलिया जाने भएका छन् । सन्दीपका व्यवस्थापक रमन शिवाकाेटीले सन्दीप कतार एअरवेजबाट अष्ट्रेलिया जाने बताएका हुन् । उनी डिसेम्बर १६ मा एडिलेड पुग्नेछन् । अष्ट्रेलियामा १४ दिनकाे क्वारेन्टिनपछि उनी हाेबार्ट हुरिकन्स टिममा सामेल हुनेछन् । […]
काठमाडौँ,२५ मङ्सिर – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिनुभएको छ । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुग्नुभएको छ । उहाँले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पार्नुभएको छ । जडेजा ८१ औँ स्थानमा हुनुहुन्छ […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२२ सम्ममा नेपालको पर्यटन व्यवसायले गति लिने दाबी गरेका छन् ।चितवनको पर्यटकीय नगरी सौराहामा निर्माण हुन लागेको एक होटलको सोमबार शिलन्यास गर्दै मन्त्री भट्टराईले भने, ‘नेपालको पर्यटन क्षेत्र कोरोनाका कारण सुनसान रहेपनि २०२२ सम्ममा पहिलेको भन्दा तीव्र गति जानेछ । कारोनाका कारण थलिएको पर्यटन विस्तारै उठ्दैछ सन् २०२१ को मध्यमा […]
जनकपुर: शुक्रबार दिउँसो जयनगर चल्ने दुई सेट रेल जनकपुर स्टेशनमा पुगेको छ। जयनगरबाट बिहान हिँडेको रेल दुई सेट जनकपुर आइपुगेको हो। लामो समयको प्रतीक्षापछि आउन लागेको रेल सेट हेर्न जनकपुरबासीको ठूलो भीड लागेको छ। रेल हेर्न विहान ८ बजेदेखि नै स्टेशन आइपुगेको जनकपुरका विजय मेस्तरले बताए। अब दशैँअघि नै रेल संचालन गर्ने तयारी रेल्वे विभागले गरिरहेको […]
मनाङ – मनाङको स्याउ अहिले विश्व बजारमा पुग्न थालेको छ ।मनाङ एग्रो प्रालिका पोल्देन छोपाङ गुरुङले मनाङमा उत्पादन गरेको स्याउ अहिले विश्व बजारमा पुगेको छ । ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै उनले गाउँपालिकासँग थप जग्गा भाडामा लिएका छन् । सात्ताइस वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी भाडामा लिएको जग्गामा […]