होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • काठमाडाैंमा भेला हुँदैछन् विश्वभरका भैँसीविज्ञ
देश/प्रदेश

काठमाडाैंमा भेला हुँदैछन् विश्वभरका भैँसीविज्ञ

  • नागरिक रैबार
काठमाडाैंमा भेला हुँदैछन् विश्वभरका भैँसीविज्ञ

विश्वका भैँसीविज्ञको सहभागितामा दसाैँ एसिया क्षेत्रीय भैँसीविज्ञको महासभा (दसाैँ एसियन बफेलो कँग्रेस) नेपालमा हुने भएको छ । आगामी २० जेठदेखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो ।

एसियन बफेलो एसाेसिएसन, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशुसेवा विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा महासभा हुन लागेको हो । महासभाको सहआयोजकमा नेपालका प्रदेश सरकारअन्तर्गतका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल लाइभस्टक इनोभेसन परियोजना, नेपाल पशु चिकित्सा परिषद् र अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटी छन् ।

हरेक तीन–तीन वर्षमा हुने महासभा नेपालमा भने पहिलोपटक हुन लागेको हो । एसाेसिएसनका अध्यक्ष कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राडा भूमिनन्द देवकोटा छन् । जुन देशको अध्यक्ष हुन्छ, सोही देशमा महासभा गर्ने गरिन्छ ।

विज्ञापन

देवकोटाका अनुसार यसअघिको नवौँ महासभा भारतको हरियाणा राज्यको हिसारमा भएको थियो । सोही ठाउँमा एसाेसिएसनको सचिवालय छ । एसाेसिएसन सन् १९९२ मा स्थापना गरिएको हो ।

संसारभरिका भैँसीविज्ञको साझा संस्था इन्टरनेसनल बफेलो फेडेरेसन हो । फेडेरेसनको सचिवालय इटालीको रोममा छ । सोही फेडेरेसनअन्तर्गतको एसियाका वैज्ञानिकको संस्था एसियन बफेलो एसाेसिएसन हो । महासभामा विश्वका २५ देशका ४ सयभन्दा बढी वैज्ञानिक सहभागी हुने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार