होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • डडेल्धुराकाे चुरेका गाउँमा पहिलोपटक खानेपानी पुग्यो
समाज

डडेल्धुराकाे चुरेका गाउँमा पहिलोपटक खानेपानी पुग्यो

  • नागरिक रैबार
डडेल्धुराकाे चुरेका गाउँमा पहिलोपटक खानेपानी पुग्यो

डडेल्धुरा: डडेल्धुराको भित्रिमधेसमा पर्ने चुरेका गाउँमा खानेपानी पुगेपछि स्थानीय हर्षित भएका छन्।  खानेपानी पुगेसँगै १ किलोमिटर टाढाबाट पिठ्युमा बोकेको पानी खानुपर्ने बाध्यताको अन्त्य भएको छ।

करिब ४ किलोमिटर टाढा रहेको शिर्ष क्षेत्रबाट पाइपद्वारा परशुराम नगरपालिका–३ को चुरेमा रहेका कालापात्थर, कालढुङ्गी, आमथला र सिमल्टा गाउँमा खानेपानी पुगाइएको छ।

करिब ढाई करोडमा सम्पन्न भएको कालापात्थर कालढुङ्गी आमथला सिमल्टा खानेपानी योजनाबाट १ सय १५ घरधुरी लाभान्वित भएका छन्।

विज्ञापन

खानेपानी योजनाको अहिले ८० प्रतिशत काम सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ। २ वर्ष पहिलेदेखि सुरु भएको योजनाको काम आउँदो फागुनमा सकिने डिभिजन कार्यालय प्रमुख गोविन्द प्रशाद देवकोटाले बताए। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार