होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पूर्वपश्चिम राजमार्ग पाँच वर्षभित्र चार लेनको बनाइने
समाचार

पूर्वपश्चिम राजमार्ग पाँच वर्षभित्र चार लेनको बनाइने

  • नागरिक रैबार
पूर्वपश्चिम राजमार्ग पाँच वर्षभित्र चार लेनको बनाइने

काठमाडौं : सरकारले पूर्वपश्चिम राजमार्गलाई आगामी पाँच वर्षभित्र चार लेनको बनाउने भएको छ।राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले एसियन हाइवे मापदण्डमा पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने उल्लेख गरेको छ।

यसका लागि बुटवलदेखि नारायणगढसम्म, कमलादेखि कञ्चनपुरसम्म, काँकडभिट्टादेखि पथलैयासम्म, पथलैयादेखि कमला तथा पथलैया नारायणी खण्डलाई स्तरोन्नति गरिने उल्लेख छ।

राष्ट्रिय राजमार्ग जोड्ने तराईका सडकलाई सडकमा कम्तिमा चार लेनको सडक बनाइने उल्लेख छ।आगामी वर्ष ८ सय किलोमिटर सडक निर्माण गर्ने र २५७ किलोमिटर सडक स्तरोन्नति गरिने उल्लेख छ। आगामी वर्ष तीन सय पुल निर्माण गर्ने योजना छ।

विज्ञापन

कोशी र कर्णाली करिडोर निर्माणलाई निरन्तरता दिने, हुम्लालाई आगामी वर्षमा राष्ट्रिय सडक सञ्जालसँग जोडिने उल्लेख छ। भारतीय सीमानजिकका नाकालाई पूर्वपश्चिम राजमार्गसँग जोडिने प्रयास गरिने सरकारको नीति छ।

स्थानीय तहमा निर्माणाधीन पुललाई प्रदेशलाई स्थान्तरण गरिने, निर्माणाधीन महाकाली पुलको सम्पन्न गरिने उल्लेख छ। रसुवागढी-काठमाडौं, वीरगन्ज-काठमाडौं रेल र काठमाडौंमा मेट्रो रेलमा सम्भाव्यता अध्ययन गर्ने सरकारको योजना छ। केबलकार र रुपवे सञ्चालनलाई प्रोत्साहित गरिने पनि सरकारी नीति छ। सार्वजनिक यातायातलाई व्यवस्थित गरिने नीति पनि सरकारको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार