होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज उठेको छ । उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले गठबन्धन भन्दाभन्दै मतदाताले चुनाव चिह्न नै बिर्सने अवस्था आइसकेको टिप्पणी गरे । ‘गठबन्धन भन्दाभन्दै चुनाव चिह्न नै बिर्सने अवस्था आइसक्यो । यति सिट एक्लै पनि आउँथ्यो’ स्थानीय चुनावको उदाहरण दिँदै उनले […]
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने युवराज सफलले पहिला नै राजीनामा दिएको खुलेको छ । सो अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले गत १६ असारमै राजीनामा दिएका सफलले गौतमलाई निष्कासन गरेको भन्ने खबर सत्य नभएको बताएका छन् । ‘अभियानका नौ जना सचिवालय सदस्यहरूमध्ये युवराज सफलले ०७९ असार १६ गते सचिवालय सदस्यबाट राजीनामा […]
काठमाडौं । आइतबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे बहस नहुने भएको छ । १२ बुँदे ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएपछि नारायणकाजी श्रेष्ठसहितका नेताहरुले असन्तुष्टि जनाएका छन् । श्रेष्ठ समूहमा छुट्टै पार्टी बनाउने विषयमा समेत छलफल हुन थालेपछि प्रचण्डले स्थानीय चुनावपछि २० जेठमा केन्द्रीय कमिटी बैठक बोलाउने, एमसीसीबारे […]
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको छ ।अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिए । गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले ११ असारमा ललितपुरको धोविघाटस्थित […]
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजे सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । उनका अनुसार, आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे बैठकमा छलफल हुनेछ । ३० वैशाखको स्थानीय चुनावमा पराजय भोगेको एमालेले एक महिनापछि सचिवालय […]
नागरिक रैबार/बाजुरा १७ असार। बुढीगंगा नगरपालिकामा यहि असार २३ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले अगुवा कार्यक्रर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । नेकपा एमाले बुढीगंगा नगर कमिटीको आयोजनामा गरिएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य कणर्बहादुर थापा, केन्द्रिय सदस्य लालबहादुर थापा, प्रकाश शाह, दयालबहादुर शाही, […]
काठमाडौँ– सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुनेछ । निर्वाचनको मिति घोषणा पूर्व नै बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गठबन्धनको छ । बागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री छन् भने सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । उनीहरूलाई […]
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए। शुक्रबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफ्नो पार्टी निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको जानकारी गराए । त्यस्तै चुनाव चिन्ह गोलाकारभित्र घन्टी पाएको बताए । राजनीतिक दलको नाममा स्वतन्त्र शब्द […]
काठमाडौं । नेकपा एमाले सांसद भीमबहादुर रावलले सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकालाई लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् । बिहीबार काडमाडौंमा आयोजित कार्यक्रममा सांसद रावलले पत्र पठाए–नपठाएको जनताले थाहा पाउनुपर्ने बताए । देशव्यापी विरोधपछि एसपीपी रोकिएको भन्दै उनले भने, ‘त्यो पत्र निसंकोच बाहिर ल्याउनुपर्छ । अमेरिकालाई लेखेको पत्र नेपाली […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्न बिहीबार बोलाइएको प्रदेशसभाको बैठक पनि स्थगित भएको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलका प्रदेशसभा सदस्यहरुले आर्थिक अनुशासनको उल्लङ्घन गरेर बजेट ल्याएको आरोप लगाउँदै संशोधन गर्नुपर्ने अडान राखेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । प्रदेशसभा सदस्यहरुकै […]
धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो । प्रदेश कमिटीका सचिव धर्मराज पाठकका अनुसार जिल्ला कमिटीलाई साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न पनि निर्देशन दिइएको छ । अध्यक्ष […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । […]
सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने भएकी छन् । उनले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी हुन् । नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीले तीन साता अघि नै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिँदै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई […]
काठमाडौं । उद्योगपति विनोद चौधरीले नवलपुर –२ बाट संघीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् ।नवलपुर १ बाट कांग्रेस नेता शशांक कोइराला लड्दै आएकाले उनको रोजाइमा सोही जिल्लाको अर्को क्षेत्र परेको छ । नवलपुर १ मा आफ्ना लागि सहज नहुने देखेपछि उनले क्षेत्र नम्बर २ मा इच्छा देखाएका हुन् । उनी नवलपुर १ का मतदाता […]
काठमाडौं। नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो । ‘राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेका छौं,’ उक्त स्रोतले भन्यो, ‘अध्यक्षले […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नामकै कारण निर्वाचन आयोगले दल दर्ता नगरे नाम फेर्ने बताएका छन् ।काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले भने, ‘हामीलाई विश्वास छ निर्वाचन आयोगले मान्यता दिनुपर्छ, दिएन भने अर्को तयारी छ ।’ पत्रकार सम्मेलनमा प्रवक्ता मुकुल ढकालले दल दर्ता ऐन अनुसार आफूहरुको दल दर्ता हुने र नाम परिवर्तन गर्नु […]
काठमाडौं, १० असार । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीबाट पर्यटनमन्त्री बनेका प्रेम आलेबीच चर्काचर्की भएको छ । आज पार्टी बैठकमा नेपाल र आलेबीच चर्काचर्की भएको हो । बैठकमा माधव नेपालले पार्टीको निर्णय सबैले मान्नुपर्ने र विगतको समझदारी पालना गर्नुपर्ने समेत बताएका थिए । उनले मन्त्रीहरु परिवर्तनलाई स्वाभाविक मान्नुपर्ने भन्दै असन्तुष्टहरुप्रति […]
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् ।नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले देशमा अहिलेको परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै फरि नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढने बताए । ‘अर्को पटक देशको नेतृत्व गर्ने […]
काठमाडौँ — पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन् । पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो,’ आलेलाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, […]
रवि लामिछानेको नेतृत्वमा घोषित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को प्लेन केन्द्रीय कमिटी मात्र बन्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा.मुकुल ढकालका अनुसार निर्वाचन आयोगमा सभापतिसहित प्लेन कमिटी प्रस्तावित गरिएको छ । लामिछानेको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । जसमा प्रवक्ता बाहेक पदाधिकारी हुने छैनन् । पार्टीको पहिलो बैठकबाट ढकाललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । केन्द्रीय […]