होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगाको मेयरमा एमालेका बानियाँको १५६२ मतको अग्रता
समाचार

बुढीगंगाको मेयरमा एमालेका बानियाँको १५६२ मतको अग्रता

  • नागरिक रैबार
बुढीगंगाको मेयरमा एमालेका बानियाँको १५६२ मतको अग्रता

नागरिक रैबार/बाजुरा २५ असार।बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १५६२ मतान्तरले अग्रता लिएका छन् ।

५ हजार ४२९ मत गणना हुँदा एमालेका बानियाँले तीन हजार ३५१ मत पाएका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेदवार रंगबहादुर खातीले १ हजार ७८९ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का (कुँवर) ले ३ हजार २७९ मत पाएकी छन् भने कांग्रेसकी रीता शाहीले १ हजार ८५८ मत पाएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विज्ञापन

६ वटा वडामा को को भए विजयी

नगरपालिकाको ६ वटा वडाको मतगणना सकिँदा ५ वटा वडामा नेकपा एमाले र एउटामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । वडा नम्बर १, २, ३, ९ र १० को अध्यक्षमा एमालेका उम्मेदवार र वडा नम्बर ८ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

वडा नम्बर १ मा एमालेका रणबहादुर थापा ४१६ मत ल्याएर निर्वाचित भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोगबहादुर थापाले ३५८ मत पाएका छन् ।

त्यस्तै वडा नम्बर २ मा एमालेका पदमबहादुर भण्डारी ८३८ मत ल्याएर निर्वाचित हुदा कांग्रेसका नरबहादुर थापाले २३५ मत पाए ।
वडा नम्बर ९ मा एमालेका मीनबहादुर सिंह ४८२ मत ल्याएर निर्वाचित भ एभने नेकपा एकीकृत समाजवादीका भरतबहादुर थापा २९३ मत पाएका छन्।

वडा नम्बर १० मा एमालेका दलबहादुर सावद ५४८ मत ल्याएर निर्वाचित भए भने कांग्रेसका मोहनबहादुर बुढा ४९१ मत पाएका छन् । वडा नम्बर ८ मा भने कांग्रेसका रमेशबहादुर रावल ३५९ मत ल्याएर निर्वाचित भएका छन् भने एमालेका विराज रावलले ३०१ मत पाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार