होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेको निर्देशन : गठबन्धन रहन सक्छ, हामी एक्लै लड्ने तयारी गरौं
समाचार

एमालेको निर्देशन : गठबन्धन रहन सक्छ, हामी एक्लै लड्ने तयारी गरौं

  • नागरिक रैबार
एमालेको निर्देशन : गठबन्धन रहन सक्छ, हामी एक्लै लड्ने तयारी गरौं

काठमाडौं । नेकपा एमालेले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ दलहरुको गठबन्धन कायम रहन सक्ने र आफूहरु एक्लै प्रतिस्पर्धामा उत्रिनुपर्ने निष्कर्ष निकालेको छ ।

एमालेले आइतबार अन्तर पार्टी निर्देशन जारी गर्दै गठबन्धन भए पनि त्यसको भयबाट मुक्त हुन नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

‘गठबन्धनवालाहरुले स्थानीय चुनावमा पारस्परिक लाभ भएको महसुस गरेसम्म गठबन्धन कायम रहन सक्छ । हाम्रो तयारी यस्तो अवस्थामा एक्लै लड्ने र जित्ने हिसाबको हुनुपर्छ’ अपानिमा भनिएको छ, ‘ हामीसँग सही नीति र कार्यक्रम छन्, त्यसैले एक्लै लड्ने र पराजित गर्ने सामथ्र्य राख्छौं भन्ने आत्मविश्वास जगाउने ।’

विज्ञापन

पार्टीलाई जितका लागि १६ प्रतिशत मत अपुग हुने भन्दै एमालेले सो मत नयाँ पुस्ताबाट पूरा गर्न सक्ने पनि बताएको छ । एमालेले निर्वाचन क्षेत्रमा जित सुनिश्चित गर्न पार्टी प्रवेशका ठोस कार्यक्रम र योजना बनाउन पनि निर्देशन दिएको छ ।

हेर्नुहोस् एमालेले आइतबार जारी गरेको अन्तर पार्टी निर्देशन

UML-10th-Apani-4-Final.pdf – Google Drive

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै