होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराको बुढीगंगामा मतगणना नसकिँदै एमालेको विजय सुनिश्चित
समाचार

बाजुराको बुढीगंगामा मतगणना नसकिँदै एमालेको विजय सुनिश्चित

  • नागरिक रैबार
बाजुराको बुढीगंगामा मतगणना नसकिँदै एमालेको विजय सुनिश्चित

बाजुराको बुढीगंगा नगरपालिकाको मेयर तथा उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार विजयी हुन सुनिश्चित भएको छ । आइतबार प्राप्त पछिल्लो मत परिणामअनुसार करिब ५०० मत गन्न बाँकी हुँदा मेयर र उपमेयरका उम्मेदवारले सो भन्दा बढीको अग्रता बनाइसकेका छन् ।

खसेको मध्ये ८ हजार ६१७ गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर खातीले ४ हजार ५५५ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार रंगबहादुर खातीले ३५९७ मत पाएका छन् ।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४ हजार ४८० मत पाउँदा काँग्रेस उम्मेदवार रिता शाही मात्र ३ हजार ६०० मत पाएकी छन् । बुढीगंगामा कुल ९ हजार ११७ मत खसेको थियो । बुढीगंगाको अन्तिम नतिजा आएसँगै वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन औपचारिक मैझारो हुनेछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार