होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाजुराका निजामति कर्मचारीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र
राजनीति

बाजुराका निजामति कर्मचारीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

  • नागरिक रैबार
बाजुराका निजामति कर्मचारीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नागरिक रैबार/ २७ असार बाजुरा । बाजुराका निजामति कर्मचारी संगठनहरुले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत          प्रधानमन्त्रीलाई संयुक्त ज्ञापन पत्र बुझाएका छन । बाजुरामा कार्यरत नेपाल निजामती कर्मचारी संगठन,नेपाल कर्मचारी युनियन र राष्ट्रिय कर्मचारी संगठन (निजामती) गरि ३ वटा निजामतिक कर्मचारी संगठनले संघीय निजामती कर्मचारी सेवा ऐन जारी गर्न माग  गर्दै प्रधानमन्त्रीलाई सयुक्त ज्ञापन पत्र बुझाएका हुन् ।

No description available.

देश संघिय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि संघीय शासन प्रणलीको कार्यन्वयनको लागि संघ प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवं मार्ग दर्शन गर्न कानुनको रुपमा रहेको संघीय निजामती सेवा ऐन नहुँदा मुलुकको सार्वजनिक नहुँदा मुलुकको प्रशासन अन्योल र अस्थिरतारताको भुमरीमा परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

विज्ञापन

सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यम देशको निजामती सेवालाई व्यवस्था गर्न सरकारको प्राथमिकतामा नपरेकोले राष्ट्रियस्तरका ट्रेड नेपाल युनियन नेपाल सरकार र सरोकारवाला निकायलाई पटक-पटक ध्यानाकर्षण गराउँदै आएको भएपनि सरकारले व्यवस्ता गरेकाे निजामति कर्मचारीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

May be an image of 8 people, people standing and indoor

संघीय निजामती कर्मचारी सेवा ऐन जारी गर्न निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति बाजुराका उपाध्यक्ष उपेन्द्र बहादुर साउँद, नेपाल कर्मचारी युनियन जिल्ला कार्यसमिति बाजुराका अध्यक्ष कुल बहादुर रावल र राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला कार्य समिति बाजुराका प्रतिनिधि सिद्धराज जैशीको सयुक्त हस्ताक्षेरी ज्ञापन पत्र प्रधान मन्त्री तथा मन्त्री परिसदको कार्याललाई बुझाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी मार्फत संयुक्त ज्ञापन पत्र बुझाएको कर्मचारी संगठनका धुब्र थापाले बताएका छन ।

No photo description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै