होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ । यस्तै […]
काठमाडौं । सत्ताको प्रमुख घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आज मध्यान्ह १२ बजे संसदीय दलको बैठक बस्ने कांग्रेसले जनाएको छ । बैठकमा मुलुकको समसामयिक अवस्था र शनिबारदेखि इजरायल हमास द्धन्द्धबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए । संसदीय दलको बैठकअघि कांग्रेस सभापति […]
धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन तालिकाअनुसार आज बिहान उम्मेदवारी दर्ता, प्रारम्भिक नामावली प्रकाशन र उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ। उम्मेदवारी फिर्ता गर्न साढे १२ बजेदेखि २ बजेसम्मको समय तय गरिएको छ। दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। बेलुकी ५ बजेदेखि मतदान शुरु गर्ने तयारी […]
राजेन्द्र विक बाजुरा,१७असोज ।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय समिती सचीव तथा सुदुरपश्चिम प्रदेशका इन्चार्ज डिलाराम आचार्यको उपस्थितिमा बाजुरामा हुने भनिएको माओवादी केन्द्र बाजुराको प्रशिक्षण कार्यक्रम स्थगित भएको छ। माओवादी केन्द्र बाजुराले संचालन गरेको जनता संग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत एक महिने कार्यक्रमको प्रभाव बारे समिक्षा तथा नेता कार्यकर्तामा उर्जा प्रदानका निम्ति गरिने प्रशिक्षण […]
राजेन्द्र विक बाजुरा,१६असोज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय समिती सचीव तथा सुदुरपश्चिम प्रदेशका इन्चार्ज डिलाराम आचार्य बाजुरा आउने भएका छन् । माओवादी केन्द्र बाजुराले संचालन गरेको जनता संग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत एक महिने कार्यक्रमको प्रभाव बारे समिक्षा तथा नेता कार्यकर्तामा उर्जा प्रदानका निम्ति गरिने प्रशिक्षण कार्यक्रमका लागि सचीव आचार्य संगै माओवादी केन्द्रका […]
काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । प्रतिस्पर्धी कृष्ण दाहाललाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित ढुंगेलले ६९६ मत पाए । उनका प्रतिस्पर्धी दाहालले ४३९ मत पाए । प्रदेश उपाध्यक्षमा दावा दोर्जे लामा निर्वाचित भए । उनले ६१५ मत पाए । यस्तै, सचिवमा नवराज सिलवालले […]
काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू आज छन्दुबाट काठमाडौँ फर्किएका हुन् । दाहालले हिजो चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट हिजो मात्र छन्दु पुगेका थिए । दाहाल गएको […]
काठमाडौँ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् । उनी स्थानीय समयअनुसार बिहान पौने १० बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र त्यहाँबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि प्रश्न उठाएका छन् । बनेपामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र राष्ट्रपति भएको भए दलले पालेका गुण्डा र अपराधीलाई छाड्न हस्ताक्षर नगर्ने बताए । उनले भने, ‘फेरि अहिले अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर मैले मात्रै […]
जनकपुरधाम । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले बुधबार नै एक सूचना जारी गर्दै आजको लागि सार्वजनिक बिदाबारे जानकारी दिएका हुन् […]
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान अनिश्चित बनेको छ । निर्वाचन तालिका अनुसार बिहीबार बिहान उम्मेदवारहरूको नामावली प्रकाशित गरेर मतदान सुरु गर्ने तय भए पनि त्यो हुन नसकेको हो । आज बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने पूर्वनिर्धारित तालिका अनुसार निर्वाचन कार्यक्रम अघि बढ्न सकेको छैन । […]
सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गरिएको बताएका छन् ।वीरेन्द्रनगरमा आयोजित एमाले कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै प्रकारका बाधा, व्यवधानलाई पराजित गर्दै समृद्ध नेपाल निर्माण गर्ने पार्टी एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गरिएको बताए । अध्यक्ष ओलीले एमाले सबै खाले व्यवधानलाई पराजित गर्दै अगाडि बढ्ने पार्टी रहेको बताए […]
छिङछोङ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै छन्। गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्दै छन् । स्थानीय समयअनुसार आज दिउँसो १२:०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज […]
काठमाडौं : नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत आजबाट निर्वाचनको प्रक्रिया सुरु हुने भएको छ। अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित २४० सदस्यीय समिति चयन गर्ने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ। मंगलबारको बन्द सत्रले राजनीतिक सांगठनिक तथा आगामी कार्ययोजना प्रतिवेदन प्रतिवेदन पारित गरेको छ । अधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि छलफल […]
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तासमक्ष आग्रह गरे । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको […]
काठमाडौँ । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा असोज ५ गते नेपाल शिक्षक महासंघ र […]
काठमाडौँ — एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)सँग एकताको सम्भावना नरहेको बताएका छन् । उनले एमालेलाई खुसी पार्न कांग्रेसलाई शत्रु भन्नुको अर्थ नरहेको पनि बताएका छन् । समाजवादी पेसागत कानुन व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको शनिबार उद्घाटन गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले विचार मिल्नेहरू समाजवादी मोर्चामा आबद्ध हुन सक्ने तर आफ्नो पार्टीको नामै सुन्न […]
काठमाडौं– अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारबाट साताव्यापी चीन भ्रमणमा जाने भएका छन् । अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ । चिनियाँ समकक्षी छ्याङको निमन्त्रणामा जान लागेका प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट शुक्रबार स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट हाङजाओ […]
काठमाडौँ । माग सम्बोधनका विषयमा आन्दोलनरत शिक्षक र सरकार आन्तरिक छलफलमा जुटेका छन् । सरकारसँग भएको अनौपचारिक वार्तामा शिक्षकहरूले आफ्ना मागहरू बुँदागत रूपमा प्रस्तुत गरेका छन् ।तिनै मागहरूका विषयमा सरकारले आन्तरिक छलफल थालेको छ । शिक्षकहरूले समेत औपचारिक वार्ताको लागि वार्ता समिति गठन गर्ने र वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका हुन् […]
राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा अरुण कुँवर चयन भएका छन्।नेकपा एमाले सम्बद्ध युवा संघको बिहिवार डोटीमा सम्पन्न भएको प्रदेश अधिवेशनबाट अध्यक्षमा कुँवर चयन भएका हुन्। यस्तै, उपाध्यक्षमा बमबहादुर शाही, सचिवमा प्रकाश खड्का, सह–सचिवमा रामबहादुर रोकाया र दिपेन्द्र खड्का, कोषाध्यक्षमा खगेन्द्र नाथ चयन भएका छन् भने महिला विभाग प्रमुखमा श्रीया सिंह चयन भएकी […]