होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मधेस प्रदेशको नेतृत्व नपाए जसपा सरकारमा नजाने
देश/प्रदेश

मधेस प्रदेशको नेतृत्व नपाए जसपा सरकारमा नजाने

  • नागरिक रैबार
मधेस प्रदेशको नेतृत्व नपाए जसपा सरकारमा नजाने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने भएको छ । मधेस प्रदेश सरकारको नेतृत्वको सुनिश्चित नभएसम्म सरकारमा नजाने निर्णय गरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले सङ्घीय सरकारमा सहभागी हुनका लागि मधेस प्रदेशको सरकारलाई बटमलाई बनाएको जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले बताए ।

उनले भने, ‘हामीले मधेस प्रदेशको सरकारलाई नेतृत्व गरिरहेका छौँ, त्यसको निरन्तरता हामीले पाउँछौँ कि पाउँदैनौ त्यसको सुनिश्चित हुनुपर्छ, हामीले मधेस प्रदेश सरकार पाएनौ भने सङ्घीय सरकारबारे सोच्न बाध्य हुन्छौँ ।’

जसपाको आधार क्षेत्र मधेस हो र अहिले मधेस प्रदेश सरकारको नेतृत्व उसले गरेको छ । त्यसलाई कुनै पनि हालतमा निरन्तरता दिन चाहन्छ । अहिलेको यो गठबन्धनमा पनि जसपा नेतृत्वको सरकार अल्पमतमा छ । काँग्रेसले समर्थन फिर्ता लिने बित्तिकै जसपा नेतृत्व सरकार अल्पमतमा जान्छ ।

विज्ञापन

अहिलेको चार दलीय गठबन्धनले मधेस प्रदेशको सरकारलाई टिकाउन गाह्रो हुन्छ । जसपा नेतृत्वको सरकार जोगाउनका लागि नेकपा (एस), लोसपा, जनमतमध्ये कुनै दलले साथ दिनुपर्छ । वा तीन जना स्वतन्त्र सांसदले साथ दिनुपर्छ तर हालसम्म त्यसको सुनिश्चितता नदेखिएको कारण जसपा आत्तिएको छ ।

यता, लोसपा, जनमतले पनि मधेस प्रदेशमा सरकारको नेतृत्व नपाएसम्म गठबन्धनलाई साथ नदिने भनेको छ । मधेस प्रदेशमा जसपालाई अब सहयोग गर्न सकिँदैन भनी प्रधानमन्त्री प्रचण्डलाई भनिसकेको छ । यस अवस्थामा जसपाका अध्यक्ष उपेन्द्र यादव निकै अप्ठ्यारोमा परेका छन् ।गठबन्धनको आठ बुँदे सम्झौतामा हस्ताक्षर गरिसकेका कारण त्यहाँबाट पछाडि हट्ने कुरा हुँदैन तर जसपा सरकारबाट एक स्टेप पछाडि हटेको हो । रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार