होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम सरकारले विश्वासको मत पाउँछ : मुख्यमन्त्री शाह
देश/प्रदेश

सुदूरपश्चिम सरकारले विश्वासको मत पाउँछ : मुख्यमन्त्री शाह

  • नागरिक रैबार
सुदूरपश्चिम सरकारले विश्वासको मत पाउँछ : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफू चाँडै नै विश्वासको मत लिने र बहुमत सदस्यबाट विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन् ।

सोमबार नव नियुक्त विना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरीको शपथ ग्रहण कार्यक्रमपछि सरकारबारे प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री शाहले केही दिनमै सरकारलाई पूर्णता दिने र आफू चाँडै प्रदेश सभाबाट विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका हुन् ।

विज्ञापन

यसैबिच उनले नियुक्त भएका विना विभागीय मन्त्रीहरुलाई केही दिनमै जिम्मेवारी दिने पनि बताएका छन् । यहाँको केही मन्त्रालय फुटाएर जिम्मेवारी दिने संकेत गर्दै उनले संविधानले दिएको प्रावधान अनुसार जिम्मेवारी दिइने बताएका हुन् ।

मुख्यमन्त्री शाहले भने, ‘मन्त्रालय तोड्ने फोड्ने भन्दा पनि मन्त्रीमण्डलमा थप साथीहरु सहभागी भइसकेपछि हामीले जिम्मेवारी दिने काम गर्छौ । यहाँ मन्त्री मण्डल ठुलो सानोभन्दा पनि जिम्मेवारी बाँडफाँड गर्छौ ।’

यहाँ मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालय रहेको छ । यहाँको सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्रयाएर जिम्मेवारी दिने तयारीमा प्रदेश सरकार लागेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार