होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३० कार्तिक। बडीमालिका नगरपालिका वडा नं. ८ गठखेत ऐडीबाडा घर भएका रणबहादुर ऐडी २ सातादेखि भारतको सिम्लाबाट बेपत्ता भएका छन् । कामको सिलसिलामा भारतको सिम्लामा गएका ऐडी तिहार मनाउन घर फर्किने बेला बिचबाटो बाटै दुई साता देखि बेपत्ता भएका हुन् । सिम्लामा संगै काम गर्ने साथीहरुसंग घर जान्छु भनेर सिम्लाबाट फर्केका ऐडी दुइसाता […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक । नेकपा एमाले जिल्ला कमिटी बाजुराले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा २ जना दलित प्रतिनिधिलाई जानबाट बन्चित गरेको छ । महाधिवेशनमा बाजुराबाट २० जना प्रतिनिधि मध्ये ६ जना दलितबाट प्रतिनिधित्व हुनुपर्नेमा ४ जनालाई मात्र समावेश गरेको पाईएको छ । महाधिवेशनमा पार्टीको विधान र जिल्लाको संगठीत सदस्य संख्याको आधारमा बाजुरामा २० जना […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक। नेकपा एमाले जिल्ला कमिटी बाजुराले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको नाम टुंगो लगाएको छ । ३ दिनदेखिको सहमतिको प्रयासपछि सोमबार विहान महाधिवेशन प्रतिनिधिका लागि बाजुराबाट २० जना प्रतिनिधि छनोट भएका थिए । महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको नाम जिल्ला कमिटीले टुंगो लगाएसंगै पार्टीका आम कार्यकर्ताहरुले प्रतिनिधि छनोटप्रति […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक।त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाजुराको नयाँ नेतृत्व चयनमा ढिलाई भएको छ । सहकारीको अध्यक्ष सहितका कुनैपनि पदमा आकांक्षीहरुविच सहमति हुन नसकेपछि नयाँ नेतृत्व चयनमा ढिलाई भएको पाईएको छ । कार्तिक २६ गतेबाट सूरु भएको सहकारीको २० औं वार्षिक साधारण सभा तथा सातौ अधिवेशन उद्धघाट्न भएको ४ दिन वितिसक्दा पनि […]
नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बुढिनन्दा नगरपालिका उप प्रमुख श्रृष्टी रेग्मीले नेकपा एमालेको जिल्ला कमिटि सदस्य बाट राजिनामा दिएकी छन । नेकपा एमालेको पछिल्लो राजननितक घटना क्रमले नेकपा एमालेको जिल्ला कमिटिको सदस्यमा बसेर काम गरि रहन औचित्य नभएको भन्दै उनले राजिनामा दिएकी छन । उनले निबेदन सहति नेकपा एमाले जिल्ला कमिटीमा नरहने गरी राजिनामा […]
नागरिक रैबार/बाजुरा २९ कार्तिक। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको छनोट प्रक्रिया सकिएको छ । यही मंसीर १०-१२ गते चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाधिबेशनका लागि बाजुरामा सहमतिका साथ प्रतिनिधि चयन गरिएको हो । नेताहरुविच ४ दिन अघि देखिको निरन्तर सहमतिको प्रयासपछि आज एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट सहभागि हुने […]
धनगढी : उनले ३ वर्षको उमेरदेखि नै गीत गुनगुनाउन थाले। आमाबुवाले पनि उनको गीत गाउने कलाबारे खबर पाए। परिवारबाट संगीत सिकाउने प्रयत्न त भएन। तर उनको गायन कला परिपक्क बनाउन सघाउन थाले। गाउँमा सास्कृतिक कार्यक्रम आयोजना हुन्थे। ती कार्यक्रममा उनको गायन कला खुलेरै प्रस्फुटन हुन्थ्यो। उनी अर्थात बाजुराका ९ वर्षीय सुप्रिम मल्ल ठकुरी। सुप्रिमकी आमा […]
नागरिक रैबार/ बाजुरा २८ कार्तिक । गएको जेठ अन्तिम साताबाट बन्द भएको बस सेवा आजदेखि सदरमुकाम मार्तडीबाट सूचारु हुने भएको छ । आइतबार सदरमुकाम मार्तडीमा ६ वटा बस पुगेका छन् । यस अघि वर्षातको समयमा साँफे मार्तडी सडक खण्ड अन्तरगत बल्दे देखि दवारी सम्मको सडकमा पहिरोका कारण बस सेवा सदरमकाम सम्म सूचारु हुन् सकेको थिएन् […]
नागरिक रैबार/बाजुरा २८ कार्तिक। जिल्लाको बुढीनन्दा नगरपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका २ कोल्टीकी ४२ वर्षिया जनदेवी खत्री रहेको ईलाका प्रहरी कार्यालय कोल्टी बाजुराले जनाएको छ । कोल्टी प्रहरीका अनुसार अनुसार आइतबार विहान खेतबाट घर फर्किने क्रममा बुढीनन्दा नगरपालिकाको दानसाँगुको भीरबाट करिव एक सय १० मिटर तल खसेर […]
महेश कार्की/ काेल्टी २७ कार्तिक। बाजुराको जगन्नाथ गाउँपालिकामा नेकपा एकीकृत समाजवादी बाजुराको प्रथम वृहत भेला तथा वडा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । नेकपा एकिकृत समाजवादिले आज एक कार्यक्रमको आयोजना गरी जगन्नाथ गाउँपालिका वडा नं दुईको वडा भेला कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेबाट अलग वनेको नेकपा एकिकृत समाजवादिले […]
नागरिक रैबार बाजुरा २६ कार्तिक। पाँचदलिय गठवन्धनबाट बनेकाे शेरहादुर देउवा नेतृत्वकाे सरकारले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेकाे भन्दै अनेरास्ववियु बाजुराले शुक्रबार मार्तडीमा प्रदर्शन गरेकाे छ । गठबन्धन सरकाले पेट्रोलियम पदार्थकाे मूल्यमा मनाेमानी ढंगबाट वृद्धि गरेकाे भन्दै अनेरास्ववियु बाजुराका विद्यार्थीले सदरमुकाम मार्तडीमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा अनेरास्ववियुका विद्यार्थीले मार्तडीकाे लाेकतान्त्रिक चाेकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे […]
नागरिक रैबार बाजुरा २६ कार्तिक। त्रिवेणी बचत तथा रिण सहकारीकाे २० औं वार्षिक साधारणसभा तथा सातौं अधिवेश आजबाट सूरू भएकाे छ । शुक्रबार एक कार्यक्रमका विच त्रिवेणीकाे सहकारीकाे २० औं साधारण सभा तथा सातौं अधिवेशनकाे बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले २० वटा बत्ति र दियाे बालेर उद्घाटन गरेका छन् । सहकारी संस्थाका अध्यक्ष अशाेक […]
नागरिक रैबार/बाजुरा २५ कार्तिक। बाजुराका डिएसपी मदनजित महराको सरुवा भएको छ । एक वर्ष अघि बाजुराको डिएसपीको कार्यभार सम्हाल्न आएका महरा करिव १३ महिनापछि बाजुराबाट सरुवा भएका हुन् । प्रहरी प्रधान कार्यालयले ९५ जना नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । साेही क्रममा बाजुराका प्रहरी नायव उपरिक्षक मदनजीत महराकाे पनि बाजुराबाट सरुवा भएपछि चतुर्भुज ओझा […]
नागरिक रैबार बाजुरा २४ कार्तिक। बाजुरामा एकैदिन २ जना पुरूष छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा भेटिएका छन् । यसरी एकै दिन मृत अवस्थामा भेटिनेमा जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का अन्दाजि १८ वर्षका जीवन चंदारा र बुढीगंगा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल रहेका छन् । मृत अवस्थामा भेटिएका दुईजना मध्ये चंदारा बुढीनन्दा नगरपालिका ५ […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक।नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको उपसचिवमा बाजुराका युवा नेता तथा बाजुरा जिल्ला प्रदेश (क) का सांसद बल्देब रेग्मीलाई मनाेनित भएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीको मंगबार बसेकाे बैठकले सांसद रेग्मीलाई उपसचिव पदमा मनाेनित गरेकाे हाे । सांसद रेग्मी यस अघि नेकपा एमाले बाजुरा जिल्ला कमिटिकाे सचिव समेत रहेर काम गरेका थिए । […]
नागरिक रैबार/बाजुरा २३ कार्तिक। पूर्व संविधान सभा सदस्य तथा तथा नेपाली काँग्रेस बाजुराका महाधिवेशन देवराज जोशी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त हुनु भएका छन् । सोमबार सरकारले सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश नं १ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । जस अनुसार बाजुराका पूर्व सभाषद् जोशी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । प्रधानमन्त्री शेरबहादुर […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। जिल्लाकाे हिमाली गाउँपालिकाकाे वडा नम्बर ७ काे बाँधु बगरमा जीप दुर्घटना भएकाे छ । काेल्टीबाट हिमाली गाउँपालिकाकाे धुलाचाैर जाँदै गरेकाे भे १ ज १०४६ नम्बरकाे जीप विहिबार दिउसाे ४ बजेतिर दुर्घटना भएकाे हाे । दुर्घटनामा परि जिपमा सवार १२ जना घाइते भएकाे स्थानीय प्रत्येक्ष दर्सि विर्ख एल आरले बताएका छन् । उहाँका […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। त्रिबेणी नगरपालिकाका ६ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले एक बिज्ञप्ती जारी गर्दै केही दिन पहिला नगर प्रमुख रामसिं रावलको सचिवालयले निकालेको बिज्ञप्तीमा कुनै तुक नभएकोले कोही कसैले भ्रममा नपर्न अनुरोध गरेका छन । नगरपालिकाका ६ जना वडा अध्यक्ष र कार्यपालिकाका सदस्य गरी १० जनाको सुयुक्त हस्ताक्षेरीत बिज्ञप्तीमा सो कुरा उल्लेख गरिएको […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। नेकपा एमाले त्रिबेणी नगर कमिटिको अध्यक्षमा कविराज बुढा चयन भएका छन । नेकपा एमाले त्रिबेणी नगर कमिटिको उपाध्यक्षमा बिनोद ऐडी, सचिवमा जयबिर साउँद, उपसचिवमा देबसरा बुढा र गोकुल साउँद लगायत ७५ सदस्यि कमिटि सर्बसम्बत चयन गरिएको नेकपा एमाले अधिबेशन प्रचार प्रशार समितिले जनाएको छ । बाजुराका ९ ओटा स्थानीय तह मध्य […]
नागरिक रैबार/बाजुरा १८ कार्तिक। बाजुरा जिल्लामा आएको बेमौसमी वर्षाले दुई करोड भन्दा बढीको अन्न बालीमा क्षति गरेको कर्षि ज्ञान केन्द्र बाजुराले जनाएकाे छ । असोज ३१ गते परेको अविरल वर्षाका कारण जिल्लाको तीन सय ९२ हेक्टर क्षेत्रफलमा लगाएको ९ सय ४० मेट्रीक टन धान र कोदो बालीमा २ हजार २ सय ९ कृषकहरुको क्षति पु¥याएको […]