होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हाम्रा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, देश तथा विदेशमा रहनु भएका नेपाली दाजु भाई तथा दिदीबहिनीहरु, बाजुराबासी जनसमुदाय, सम्पूणर् जनप्रतिनिधि ज्यूहरु, कर्मचारी परिवार, सम्पूणर् सहयोगी संघ संस्थाहरुमा नयाँ बर्ष २०७८ सालको पावन अबसरमा सुख शान्ति र सम्बृद्धि एबम उतरोतर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं । नयाँ वर्ष २०७८ को आगमन संगै नेपालमा तिव्र रुपमा फैलिएको कोरोना […]
३० चैत बाजुरा । बाजुरा जिल्लाको बिभिन्न जंगलमा गरि २ सय ९३ हेक्टर आगलागि भएको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले बाजुराका अधिकांश क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । तर हरेक वर्ष सचेतनाको कार्यक्रम गर्दै आएको सरकारले रोकथाम तथा नियन्त्रणमा पर्याप्त योजना ल्याउन सकेको छैन भने भएका कार्यक्रम र योजना पनि प्रभावहीन बन्दै […]
नागरिक रैबार/बाजुरा ३० चैत्र। बाजुराका एक सफल युवा व्यवसायी सुरेन्द्र नाथले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई सहयोग गरेका छन् । न्यु बडालेक फेन्सी स्टोरका संचालक समेत रहेका बाजुराका सफल युवा व्यवसायी सुरेन्द्र नाथले आफ्नो जन्मदिनको अवसरमा बडीमालिका ३ मा रहेको चोयाकोट माविका विद्यार्थीलाई विभिन्न सामाग्री सहयोग गरेका छन् । जिल्लामै सफल व्यवसायीका रुपमा परिचित रहेका […]
नागरिक रैबार/बाजुरा ३० चैत । बडीमालिका नगरपालिका स्तरीय दाेस्राे राष्ट्रपति रनिङ शिल्ड पनि मालिका माविले हात पारेकाे छ । बाजुरा जिल्लामा अहिले सम्मका सबै शिल्डहरू निरन्तर कव्जा गर्दै अाएकाे मालिकाले यस वर्ष अायाेजना गरेकाे नगरस्तरीय दाेस्राे राष्ट्रपति रनिङ शिल्ड पनि आफ्नो हात पार्न सफल भएको हाे । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयकाे तत्वावधान तथा […]
चैत्र २०,बाजुरा । गौमुल गाउँपालिका कृषि विकाश शाखाको समन्वयमा कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापति जिल्लाका सरकारी कार्यालय प्रमुख मध्य सवै भन्दा पहिला अन्द्राडीमा पुगेका हुन् ।गौमुल गाउँपालका कृषि विकाश शाखाले तिन बर्ष अघाडी हाईडेन्सिटि सघन स्याउ खेतीको सुरुवात गरे पश्चात स्याउमा Tress ग्याविन तार व्यवस्थापन, थाक्रा व्यवस्थापन गर्न र थप अनुसंधान गरी फलफुल […]
१८ चैत, बाजुरा । बाजुराका विद्यालयहरुले शिक्षा तथा प्रविधी मन्त्रालयको निर्देशनको अवेज्ञा गरेका छन । नेपाल सरकार शिक्षा तथा प्रविधीमन्त्रालयले हिजो जारीगरेका निर्देसनको बाजुरा जिल्लाका विद्लयहरुले अटेरी गरी पठन पाठन गरिरहेका छन् । चैत्र १६ गते शिक्षा तथा प्रविधी मन्त्रालयले नेपाली बायुमण्डलमा देखिएको अस्वभावीक परिवर्तनले वालबालीकाको स्वास्थ्यमा असर पर्ने सम्भावना रहेको भन्दै चार दिन सम्म […]
बाजुराको बुढीगंगा नगरपालिका- १ मा रहेको धुरालसैन माद्यमिक विद्यालयका २ सयभन्दा बढी विद्यार्थी एकै साथ बिरामी परेपछि विद्यालय बन्द गरिएको छ । विद्यार्थीमा सामान्य रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको धुरालसैन माविका शिक्षक रामानन्द पाध्यायले जानकारी दिए । तीन दिनयता विद्यार्थी बिरामी हुन थालेको उनको भनाइ छ । सोमबार मात्र कक्षा ७ का एकै […]
बाजुरा,११ चैत्र । ग्लोबल आइएमई बैंकको नयाँ शाखा बाजुराको बडीमालिकामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६औं जिल्लामा पुगेको जनाएको छ । बाजुराको बडीमालिका नगरपालिका –८, मार्तडीमा मंगलबारबाट बैंकले नयाँ शाखा बैंकिङ सेवा सुरु गरेको हो । बैंकको अनुसार मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म […]
नागरिक रैबार बाजुरा १२ चैत । बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले नगरमा सोचेजति काम पुरा गर्न सकिएको छैन् भन्नु भएकोे छ । नगरपालिकाको सभाहलमा आयोजित स्थानीय आपत्कालिन कार्यसंचालन केन्द्रको स्थापना र संचालनका लागि स्थानीय विपत व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम समापन गर्ने क्रममा सो कुरा बताएका हुन् । नगरसेवा क्षेत्रभित्रका […]
बाजुरा ९ चैत, । बडिमालिका नगरपालिकामा हाजिर लगाउन आएका प्रमुख प्रशासकिय अधिकृतको एकै रातमा सरुवा भएको छ । प्रमुख प्रशासकिय अधिकृतको रुपमा बाजुराको बडिमालिका नगरपालिकामा आएका धुव्र प्रसाद कोइरालाको रातारात सरुवा भएको एक स्रोतले जनाएको छ । आइतबार राती सदरमुकाम पुगेका कोइराला मन्त्रालयबाट बडिमालिका नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका लागि सिफारीस भएर आएका भए पनी उनले […]
बाजुरा ८चैत्र । बाजुराको बुढिनन्दा नगरपालिका २ कोल्टीका धर्मेन्द्र सुुनार भ्वाइस अफ द नेपालमा छनोट भएका छन् । २४ वर्षका सुनार ‘दि भ्वाइस अफ नेपालको सिजन ३ का लागि छनोट भएका छन् । बाजुराका बाट डिजीटल एडिसेन भ्वाइस अफ द नेपालमा पठाएपछि उनी छनोट भएका थिए । भ्वाइस अफ द नेपालका जजले उनको स्वर तथा […]
बाजुरा चैत ८ । मेरो गणना, मेरो सहभागिता भन्ने आदर्श वाक्यका साथ देशव्यापी रुपमा सञ्चालन हुने बाह्रौँ राष्ट्रिय जनगणना २०७८ को तयारी बाजुरामा पनि तीव्र पारिदै छ। हरेक दश वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणनामा कोही नछुटुन, कोही नदोहोरिउन भनेर संरचनात्मक लगायत जनशक्तिको व्यवस्थापन ईत्यादि कात्यहरु तीव्र रुपमा सञ्चालन भइरहेका छन्। यसै क्रममा बाजुरामा यही चैत्र […]
रमित विक बाजुरा— गौमुल गाउँपालिकामा हेलिकप्टर बाट बिद्युत सामान ढुुवानी गरिएको छ । गाउँपालिकाको केन्द्र घट्मुनाबाट हेलिकप्टर बाट सामान ढुवानी भएको छ । गौमुल गाउँपालिका-१ विकट गाउँ अन्द्राडीमा निमाणर् गरिने अन्द्राडी साना जलविद्युतको सामाग्री ढुवानीका लागि हेलिकप्टर गौमुल पुुयाएको हो । विगत लामो समयदेखि अध्यारोमा बस्न बाध्य भएका गाउँपालिकाका जनताहरुलाई उज्यालो बाल्ने सपना पूरा गर्ने […]
२ चैत,बाजुरा जिल्ला अस्पताल बाजुरामा भवन निर्माणमा काम गर्ने मजदुर मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय बाजुुराले जनाएको छ । खप्तडछेडेदह गाँउपालिका ५ बस्ने ४१ बर्षिय विर बहादुर रावत मृतक अबस्थामा फेला परेको प्रहरी कार्यलय बाजुराले जनाएको छ । उनि अस्पतालको कामदार हुुन् । मृतक सुुत्ने ठाँउमा मृतक अबस्था फेला परेको बुझिएको छ । […]
२ चैत,बाजुरा । नेपाल पत्रकार महासघं बाजुराका निबर्तमान अध्यक्ष मदनराज जैशीलाई पृतशोक परेको छ । निबर्तमान अध्यक्ष जोशीका बुवा गोरखराज जैशीको आज दिउसोँ ३ बजेतिर निधन भएको पारिवारीक श्रोतले जनाएको छ । लामो समयदेखी बिरामी भएका जोशीको बडिमालिका नगरपालिका वडा न ७ जिल्ली स्थित आफ्नै घरमा ६७ मृत्यु भएको जनाएको छ । जैशीको भोली हिन्दु […]
नागरिक रैबार बाजुरा २८ फागुन जिल्लाकाे सदरमुकाम मार्तडीमा एयरपोर्ट निर्माणका लागि बडीमालिका नगरपालिकाले तयारी थालेकाे छ । नगरपालिकाकाे फागन ९ गते कार्यपालिकाकाे बैठकले मार्तडीमा एयरपोर्ट निर्माणका लागि विकास साझेदार जिअाईजेड संग डिपिअार तयारी गराउने निर्णय गरेकाे थियाे । साेही अनुसार बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले मार्तडीमा एयरपोर्ट निर्माणका लागि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा […]
गगन अयडी २६ फाल्गुन । बाजुरा पत्रकार महासघ शाखाका संस्थापक अध्यक्ष तथा प्रेस युनियनका केन्द्रीय सदस्य दयारमा पण्डित उचराका लागि अस्पतालको बेडमा छटपटी रहेका छन । उनको घर बाजुरा जिल्ला बडिमालिका नगरपालिका को सदरमुकाम मार्तडीमा रहेको छ । पण्डित समचार पत्रमा बाजुराबाट रिपोर्टिङ गर्छन भने किनारा अनलाइन को सम्पादक समेत रहेका छन ।( पण्डित रिपोर्टिङ […]
बाजुरा: बडिमालिका नगरपालिका ६ बिरेखोला पुल नजिकै २ वटा चितुुवा देखापरेको भन्दै स्थानियलाई सचेत रहन जिल्ला प्रहरी कार्यलय बाजुराले आग्रह गरेको छ । मंगलवार साँझा अन्दाजी ०५ः३० बजेको बिरेखोला पुल भन्दा १ सय मिटर अगाडी कोर्दा जाने लोड्दुक ओडारमा २ (दुई) वटा चितुवा देखा परेको जिल्ला प्रहरी कार्यलय बाजुुराले जनाएको छ । स्थानियका अनुुसार दिनभरी त्यहि […]
बाजुरा २५, फाल्गुन । बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलोपटक कालाजार रोगका बिरामीको सफल उपचार भएको छ। यसअघि कालाजारका बिरामीलाई तराईका जिल्ला, सुुर्खेत तथा नेपालगञ्ज रेफर गर्नुपर्ने बाध्यता थियो। तर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाटै कालाजारको उपचार हुने भएपछि उक्त बाध्यताको अन्त्य भएको स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुुराज जैशीले बताए।पहिलोपटक कालाजारबाट ग्रसित भएकी स्वामीकार्तिक खापर […]
रामबहादुर वि. क. । बाजुरा – जिल्लाको खप्तडछेडेद–६ की मैतोलाकी देउमा गुयाल उमेरले ४० वर्षकी भइन् । उनीसंग तीन छोरा छोरी छन् । उमेर ढल्किदै गएपनि उनी राज्यको सेवा सुविधाबाट भने बञ्चित भएकी छन् । गुयालका श्रीमान् बेपत्ता भएको दुई वर्ष भयो । श्रीमान् बेपत्ता भएको खबरपछि उनी संकटमा परेकी छन् । उमेर छिपिदै गएपनि […]