होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • हाजिर हुन आएका प्रमुख प्रशासकिय अधिकृत एकै रातमा सरुवा
देश/प्रदेश

हाजिर हुन आएका प्रमुख प्रशासकिय अधिकृत एकै रातमा सरुवा

  • नागरिक रैबार
हाजिर हुन आएका प्रमुख प्रशासकिय अधिकृत  एकै रातमा सरुवा

बाजुरा ९ चैत, ।  बडिमालिका नगरपालिकामा हाजिर लगाउन आएका प्रमुख प्रशासकिय अधिकृतको एकै रातमा  सरुवा भएको छ । प्रमुख प्रशासकिय अधिकृतको रुपमा बाजुराको बडिमालिका नगरपालिकामा आएका धुव्र प्रसाद कोइरालाको रातारात सरुवा भएको एक स्रोतले जनाएको छ ।

आइतबार राती सदरमुकाम पुगेका कोइराला मन्त्रालयबाट बडिमालिका नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका लागि सिफारीस भएर आएका भए पनी उनले बडिमालिका नगरपालिकामा हाजिर लगाउन नपाउदै सरुवा भएको बताइएको छ ।

उनलाई मन्त्रालयले पठाएको पत्र अनुसार बाजुराको त्रिबेणी नगरपालिकामा जान निणर्य सहित पत्राचार गरीएको स्रोतले जनाएको हो । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रुपनारायण खतिवडाको हस्ताक्षेरीत पत्रमा २०७७ चैत्र ८ गतेको निणर्य अनुसार कोइरालालाई बाजुराको त्रिबेणी नगरपालिकामा खटाएको ब्यहोरा उल्लेख गरिएको छ ।
यता बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले भने प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएका व्यक्तीलाई बाटोबाटै सुरुवा गर्नु राजनितीक षड्यन्त्र भएको बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार