होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • युवा व्यवसायी नाथले जन्मदिनमा विद्यालयलाई सहयोग गरे
समाचार

युवा व्यवसायी नाथले जन्मदिनमा विद्यालयलाई सहयोग गरे

  • नागरिक रैबार
युवा व्यवसायी नाथले जन्मदिनमा विद्यालयलाई सहयोग गरे

नागरिक रैबार/बाजुरा ३० चैत्र। बाजुराका एक सफल युवा व्यवसायी सुरेन्द्र नाथले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई सहयोग गरेका छन् ।

न्यु बडालेक फेन्सी स्टोरका संचालक समेत रहेका बाजुराका सफल युवा व्यवसायी सुरेन्द्र नाथले आफ्नो जन्मदिनको अवसरमा बडीमालिका ३ मा रहेको चोयाकोट माविका विद्यार्थीलाई विभिन्न सामाग्री सहयोग गरेका छन् ।

जिल्लामै सफल व्यवसायीका रुपमा परिचित रहेका नाथले आफ्नो जन्मदिनको अवसरमा चोयाकाट मावि रजालिमै पुगेर विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री र खेलकुदका सामाग्री सहयोग गरेका छन् ।

विज्ञापन

जन्मदिनको फजुल खर्च कटाएर विद्यालयलाई सहयोग गरेको व्यवसायी नाथले बताएका छन् । उनले भने फजुल खर्च गरेर जन्मदिनमा मनाउनु भन्दा सामाजिक काम गर्दा राम्रो हुन्छ ।

नाथले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई जर्सि, विद्यालयलाई खेलकुद सामाग्रि र विपन्न बर्गका बालबालिकालाई शैक्षिक सामाग्रि हस्तान्तरण गरेकोमा विद्यालयले नाथलाई जन्म दीनको शुभकामना धन्यबाद दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार