होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • हेलिकप्टरद्वारा गौमुलमा बिद्युत सामान ढुवानी
देश/प्रदेश

हेलिकप्टरद्वारा गौमुलमा बिद्युत सामान ढुवानी

  • नागरिक रैबार
हेलिकप्टरद्वारा गौमुलमा बिद्युत सामान ढुवानी

रमित विक  बाजुरा— गौमुल गाउँपालिकामा हेलिकप्टर बाट बिद्युत सामान ढुुवानी गरिएको छ । गाउँपालिकाको केन्द्र घट्मुनाबाट हेलिकप्टर बाट सामान ढुवानी भएको छ । गौमुल गाउँपालिका-१ विकट गाउँ अन्द्राडीमा निमाणर् गरिने अन्द्राडी साना जलविद्युतको सामाग्री ढुवानीका लागि हेलिकप्टर गौमुल पुुयाएको हो ।

No description available.

विगत लामो समयदेखि अध्यारोमा बस्न बाध्य भएका गाउँपालिकाका जनताहरुलाई उज्यालो बाल्ने सपना पूरा गर्ने गरी जलविद्युत निमाणर् गरिने लागिएको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले वताए । उहाँले भन्नुभयो, “जनताहरु उज्यालो पाउन आशमा धेरै समयसम्म प्रताडित भए आफुहरुको अथक प्रयास र कादुरी नामक संस्थाको सहयोगमा बल्ल आफुहरुले देखेको सपना पूरा भएको वताए ।” तत्काल जनताहरुको उज्यालो बाल्ने सपना पूरा गरिने रोकायाको भनाई रहेको छ ।

विज्ञापन

‘मान्छेले बोक्न सक्ने अवस्था छैन् । गाउँहरु छरिएर रहेका छन् । बस्तीहरु धेरै विकटमा छन् । प्रत्येक टोलमा सामान सहज ढुवानी गर्ने सकिने अवस्था नरहेका कारण ह्यावी सामाग्री हेलिकप्टर मार्फत ढुवानी गरिने अध्यक्ष रोकायाको भनाई रहेको छ ।
गाउँपालिकाको समन्वय पहल तथा अथक प्रयत्न र काधुुरी एड एग्रीकल्चर बिट्रिस गोरखा नामक संस्थाको सहयोगमा जलविद्युत करिव एक बर्षमा निमाणर् पूरा गरी उज्यालोबाट बञ्चित भएका जनताहरु उज्यालोको पहुँचसम्म पुर्याईने संकल्प पूरा हुने विश्वास वताए ।

जनतालाई विस्तारै सिंहदरबार गाउँमा पुगेको आभाष भईरहेकाले विकास र समृद्धि विस्तारै दिलाउन सफल भएको अनुभूति गाउँपालिकाले गरिरहेको उपाध्यक्ष सीता थापाले बताईन् । ‘जनताहरुका थुप्रै सपना पूरा गर्नुपर्ने छ विस्तार क्रमिक पूरा गर्ने गरी आफुहरु लागिरहेको उल्लेख गर्नुभयो ।’ करिव १ सय किलोवाट क्षमताको जलविद्युत गाउँपालिका विकट गाउँ अन्द्राडीमा निमाणर् गरिने भएको छ ।

सिम्रिक एयरलाइन्सको हेलिकप्टर मार्फत सामान गौमुल गाउँपालिका-१ अम्लिस, अन्द्राडी, माडी र वडा नम्बर २ को मल्लोदुगुन, पौदाली लगायतका क्षेत्रमा ढुवानी गरिने पाईलट सिदार्थ जंग गुरुङ्गले वताए । भौगलिक रुपमा अप्ठ्यारो भएपनि प्राकृतिक रुपमा अति सुन्दर गाउँपालिका रहेको उनले वताए ।
जलविद्युतबाट उक्त वडाका करिव ६ सय बढी घरधुरी लाभान्वित हुने भएको जलविद्युत निमाणर् उपभोक्ता समितिका अध्यक्ष धन बहादुर बोहाराले बताएका छन् । काम द्रुत गतिमा सञ्चालन गरिरहेकाले जतिसक्दो शीघ्र रुपमा स्थानीयले उज्यालो बाल्न पाउने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार