मङ्लबार, बैशाख ७, २०७८
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • श्रीमान नहुँदा देउमाले नागरिकता पाइनन्
बाजुरा बिशेष

श्रीमान नहुँदा देउमाले नागरिकता पाइनन्

  • नागरिक रैबार
श्रीमान नहुँदा देउमाले नागरिकता पाइनन्

रामबहादुर वि. क. । बाजुरा – जिल्लाको खप्तडछेडेद–६ की मैतोलाकी देउमा गुयाल उमेरले ४० वर्षकी भइन् । उनीसंग तीन छोरा छोरी छन् ।
उमेर ढल्किदै गएपनि उनी राज्यको सेवा सुविधाबाट भने बञ्चित भएकी छन् । गुयालका श्रीमान् बेपत्ता भएको दुई वर्ष भयो । श्रीमान् बेपत्ता भएको खबरपछि उनी संकटमा परेकी छन् ।

उमेर छिपिदै गएपनि गुयालले हालसम्म श्रीमान नभएकै कारण नागरिकता पाउन सकेकी छैनन् । नागरिकता बनाउनको लागि वडा कार्यालयमा जाँदा श्रीमान नभएर नागरिकता बनाउन नसकिने जवाफ पाएपछि गुयाल नागरिकता पाउनबाट बञ्चित भएकी छन् ।
श्रीमान् बेपत्ता भएको दुई वर्ष हुँदा समेत न लाश घर आएको छ, न सास नै घरमा आएको छ । अब अर्काे विहे गरेर जाउँ भनेपनि नाबालक छोराछोरीको अलपत्र पर्ने हुँदा दोधारमा परेको गुयालले बताइन् ।

उनी भन्छन्,–‘नागरिकता पाएको भए राज्यको केही सुविधा पाएमा छोराछोरी र घरको गुजारा चल्ने थियो ।’
उनले गहभरी आशुँ गर्दै भनिन्, घरमा एक छाक खानलाई अन्न छैन, कसैले सहयोग पनि दिदैन् । विहान खाए बेलुकी के खाने भन्ने चिन्ताले सताउने गरेको छ ।
आर्थिक अभावका कारण छोराछोरीलाई विद्यालयमा पठाउनका लागि लुगाकपडा र शैक्षिक सामग्री किन्न नसकेको दुखेसो गुयालले गरिन् ।
अहिले श्रीमान नहुँदा छोराछोरी र आफु अलपत्र परेको गुयालले बताएकी छन् ।

विज्ञापन

श्रीमान्को नागरिकता हराएको र आफ्नो नागरिकता नबेकाले छोराछोरीले वडा कार्यलय र गाँउपालिकाबाट पाउने सेवा सुविधाबाट बञ्चित भएको खप्तड छेडेदह गाउँपालिका स्तरिय बाल संजालका अध्यक्ष मीनबहादुर खड्काले बताएका छन् । गुयालले छोराछोरीलाई ज्याला मजदुरी गरेर गुजारा चलाइरहेको अध्यक्ष खड्काले मालिका टुडेलाई जानकारी दिए ।

आर्थिक अभावमा रहेकी गुयाललाई अध्यक्ष खड्का र वडास्तरिय बाल संजालका सदस्य विरेन्द्र विष्टले नगद आर्थिक सहयोग गरेका छन् ।
अध्यक्ष र सदस्यले नगद दुई हजार पाँच सय रुपैया सहयोग गरेको बताइएको छ । बेसहारा र अलपत्र परेको गुयालका परिवारलाई गाँउपालिकाबाट आर्थिक सहयोगको पहल गरिने अध्यक्ष खड्काको भनाई रहेको छ ।
नागरिकता पाउनबाट बञ्चित भएकी गुयाललाई गाँउपालिका स्तरिय बाल संजालको पहलबाट नागरिकता दिलाउने संजालका अध्यक्ष खड्काले प्रतिवद्धता जनाएका छन् ।

खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष कुम्भनाथ योगीले गुयालका श्रीमान भारतमा भएकाले बेपत्ता नभएको बताएका छन् ।
गुयालको नागरिकता बनाउनका लागि कानुनी रुपमा जन्मदर्ता, विवाह दर्ता नभएका कारण नागरिकताको सिफारिस दिन नसकेको वडढाध्यक्ष नाथले मालिका टुडेलाई बताएका छन् ।

गुयालको श्रीमान् भारत जाने पैसा कमाउने र घर आएर जाँडरक्सी खाएर झै झगडा गर्ने,नागरिकताका लागि विवाह दर्ता गराउन लाग्दा उल्टै गाली गलौज गर्ने गरेकाले श्रीमान्का कारणले नागरिकता पाउन नसकेको वडाध्यक्ष नाथयोगीले टुडेलाई बताए ।
गुयालको माइतीघरबाट नागरिकता बनाउन खोज्दा कुनै आधार नभएकाले श्रीमान्ले नागरिकता बनाउन नर्दिएकाले बञ्चित भएको स्वीकार गरेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार