होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ८ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीमालिका नगर संगठन कमिटीको सचिवालय बैठक सम्पन्न भएको छ । नेकपा नगर संगठन कमिटी बडीमालिका नगरपालिकाका संयोजक वीरबहादुर रावललको अध्यक्षतामा बसेको उक्त बैठक विभिन्न प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको होे । विहिबार सदरमुकाम मार्तडीमा बसेको नेकपा बडमिालिका नगर संगठन सचिवालयको बैठकले जिल्लामा निरन्तर वर्षा भईरहकोले बाढी पहिरो […]
नागरिक रैबार/बाजुरा ८ साउन। जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा २० बेडकोे आईसोलेशन केन्द्र संचालनमा ल्याएको छ । बडीमालिका नगरपालिकाले कोभिड-१९ बाट प्रभावितहरुको उपचार तथा व्यवस्थापनका लागि भन्दै मार्तडीमा २० बेड सहितको आईसोलेशन केन्द्र संचालनमा ल्याएको हो । बडीमालिका नगरपालिकाको समन्वय र आईएनएफ नेपाल बाजुरा शाखाको सहयोगमा सोही नगरपालिकाकै वडा नं. ८ मा […]
नागरिक रैबार/बाजुरा ७ साउन। बडीमालिका नगरपालिका वडा नं ६ मा पर्ने गैरीगाँउ दलित बस्ती हो । जहाँ ३३ घरधुरी बसोबास गर्छन । गैह्रदलित समुदायले दलित बस्तीलाई फोहरको पर्यावाचीको रुपमा लिईने पुरानै परम्परा हो । तर कोर्धको गैरीगाँउ दलित टोलले यो परम्परागत तोड्न सफल भएको छ । पूर्ण सरसफाई अभियान अन्तर्गत सरसफाई सम्बन्धि जनचेतनामुलक तथा क्षमता […]
राजेन्द्र बि.क.बाजुरा,६ साउन बाजुरामा बन्दाबन्दिको समयमा बालबालिकालाइ घरमै पढाई /सिकाइमा सकारात्मक सहयोग पुगोस् भन्ने उदेश्यका साथ प्रारम्भिक कक्षा मा अध्ययनरत बालबालिकाका लागि सिकाइ सामग्री बितरण गरिएको छ। युनिसेफ को सहयोग , सामाजिक बिकास मन्त्रालय, स्थानिय तह, विश्व शिक्षा नेपाल, निड्स कन्चनपुर र सेतोगुराँस बालबिकास सेवा बाजुरा को समन्वय सहकार्यमा हिमालि गाउपालिकामा प्रारम्भिक कक्षा देखि कक्षा […]
नागरिक रैबार बाजुरा ५ साउन । कृषि ज्ञान केन्द्र बाजुराले गौमुल गाउँपालिका कृषि विकास शाखालाई पाँच हजार नगद सहित वर्षकै उत्कष्ट शाखाको रुपमा घोषणा गरेको छ । साउन ४ र ५ गते बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित वार्षिक प्रगति समिक्षा कार्यक्रममा उक्त शाखा बाजुरा जिल्लाका स्थानीय तहहरु अन्तरगतका कृषि विकास शाखाहरु मध्येबाट आ.व. २०७६÷०७७ मा सम्पन्न […]
नागरिक रैबार बाजुरा ३ साउन जिल्लाकाे सदरमुकाम मार्तडी बजार अहिले अध्याराेमा पनि उज्यालाे देखिदै गएकाे छ । बडीमालिका नगरपालिकाले उज्यालाे बडीमालिका अन्तरगत रकम विनियोजन गरेर सदरमुकाम मार्तडी भित्रकाे पक्की सडकमा साेलार बत्ति जडान कार्य सूरू गरेपछि सदरमुकाम मार्तडी बजार अहिले उज्यालिदै गएकाे हाे । सदरमुकाम मार्तडीकाे मुख्य बजारमा रातिकाे समयमा चाेरी, कुटपिट जस्ता घटना र […]
नागरिक रैबार/बाजुरा २ साउन। बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयले आफ्नो सेवा क्षेत्र भित्रका विद्यार्थीहरुलाई पठन-पाठन सूरु गराउन घर-घरमै शिक्षकहरु पठाएको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लामो सयमको बन्दाबन्दीले विद्यालयहरु बन्द भएपछि मालिका माविले आफ्नो सेवा क्षेत्र भित्रका सवै टोलहरुमा शिक्षकहरुलाई […]
नागरिक रैबार/बाजुरा १ साउन। लामो समयको बन्दाबन्दीका कारण खाद्यन्नको अभाव झेलिरहेका बडीमालिका नगरपालिका ९ का विपन्न परिवारलाई आईएन एफ बाजुरा शाखाले खाद्यन्न सामाग्री वितरण गरेको छ । विहिबार बडीमालिका नगरपालिका वडा नं. ९ का १ सय ७ जना विपन्न परिवारलाई उनीहरुको घरमै पुगेर राहत स्वरुप प्रति परिवार ३० केजि चामल, २ केजि दाल, २ पोका […]
मदन विक/बाजुरा ३० असार। बाजुरामा पहिलोपटक आधुनिक गीतको छायांकन गरिएको छ । यस अघि बाजुराका विभिन्न ठाउँमा देउडा गीतहरुको छायांकन गरिएका भएपनि आधुनिक गीतको छायांकन भने बाजुरामा पहिलो पटक भएको हो । मंगलबार दिउसो करिव २ बजेतीरको कुरा हो सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोक मान्छेहरुले भरिभराउ देखिन्थ्यो । यस अघि फाट्ट फुट्ट मानिसहरु जम्मा सो ठाउँमा […]
मदन विक/बाजुरा २९ असार। बडीमालिका नगरपालिका वडा नं. २ स्थित भौनेराको क्वारिन्टाईनमा मृत्यु भएका भुपेन्द्र दमाईको परिवारलाई राहत सहयोग गरिएको छ । नेकपा बडीमालिका वडा संगठन कमिटीको समन्वय, नेकपा नगर संगठन कमिटीको पहल तथा सदरमुकाम स्थित व्यापारी र कर्मचारीको आर्थिक सहयोगमा मृतक दमाईको परिवारलाई राहत स्वरुप खाद्यन्न र जिन्सी सामाग्री सहयोग गरिएको हो । क्वारिन्टाईनमा […]
नागरिक रैबार/बाजुरा २८ असार। आईएन एफ बाजुरा शाखाले कोभिड–१९ का कारण प्रभावित बनेका विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । आईतबार बडीमालिका नगरपालिका वडा नं. ८ का १ सय ८ जना विपन्न परिवारलाई उनीहरुको घरमै पुगेर राहत स्वरुप प्रति परिवार १ कटा चामल, तेल दाल लगायतका खाद्यन्न सामाग्री वितरण गरेको हो । कोभिड–१९ को […]
राजेन्द्र बहादुर राेकाया बाजुरा । बाजुरामा नदीमा डुबेर वेपत्ता भएका १९ वर्षीया युकलाई खाजी गर्न गाताखोरको टाली बाजुरा आएको छ । जिल्लाको बुढीगंगा नदीमा डुबेर बेपत्ता भएका प्र्ताब थापाको खोजीका लागि गोताखोरकोटोली बाजुरा आएको हो । नदी भित्रको बस्तु स्थिति वा अवस्था बारे खोजीका लागि टोली बाजुरा आएर खोजी कार्य सुरु गरेका छन् । बुढीगंगा […]
मदन वि.क./बाजुरा २४ असार। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पाटी –नेकपाका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद धरापमा परेपछि देशभर ओलीका पक्षमा नेता तथा कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएका छन् । ओलीका पक्षमा प्रर्दशनमा उत्रेका नेता कार्यकर्ताहरुले ओलीको दुवै पद यथास्थानमा कायम राख्न माग गर्दै सडकमा प्रर्दशन गरिरहेका छन् । बुधबार बाजुरामा पनि ओलीका […]
नागरिक रैबार बाजुरा १९ असार । नेपाल कम्युनिष्ट पार्टी बाजुराका सचिव भरत बुढाले यो विशाल पार्टी फूट्नका लागि जुटेको होईन् भनेका छन् । उहाँले शुक्रबार डिआरमस्ट होटेलमा पत्रकार सम्मेलन मार्फत सो कुरा बताएका हुन् । हामी विपक्षीको सपना साकार पार्न यो नेकपाको विशाल पार्टी बनाएका हैनौँ । हामी त नेपाली जनतालाई सुखी र सम्वृद्धिका लागि […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा १७ असार। बाजुरामा पनी आज सलह किरा देखा परेकोे छ । उक्त किरा बाजुरामा पनी देखा परेपछि किसान भने निकै निरास भएका छन् । सोही सलहको एक समुह बुधबार बेलुका करिब ६ बजेतिर गौमुल गाउपालिका २ पौदालीको आकासमा देखा परेको छ । करिब दुई तिन हजार जतीको ठुलो समुहमा आकासमा फट्याग्रा जस्तै […]
राजेन्द्र बिक बाजुरा१६असार। बाजुराको बडिमालिका नगरपालिका वडा न.५मना स्थित कैलशेस्वरी माद्यामिक बिद्यालयमा बाढी पस्दा लाखौंको क्षति भएको छ। बिहिबार र आइतबार आएको मुसलधारे पानीले बिद्यालयमा बाढी पसि १८लाखमा निर्माण भएको ४कोठे भवनको अगाडि पट्टीको पुरै भाग भांसि वाल फुटेको तथा अर्को तलतिर रहेको ४कोठे भवनमा समेत पुर्णरुपमा असर गरेको बिद्यालयका प्रधानाध्यापक लछिराम साउंदले बताए।बिद्यालयको भौतिक […]
नागरिक रैबार बाजुरा १६ असार । देशभर सोमबार असार १५ अर्थात १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विविध कार्यक्रम गरी मनाईको थियो । सोही अनुसार कृषि ज्ञान केन्द्र बाजुरालेपनि बडीमालिका नगरपालिका वडा नं. ८ स्थित बाउलीमा किसान खन्टे रावलको खेतमा धान रोपेर उक्त दिवस तथा रोपाई महोत्सव मनाएको हो । धान उत्पादनमा बृद्धि, […]
राजेन्द्र बहादुर रोकाया। बाजुरामा आईतबार ९६ जनामा कोरोना भाईरसको कोभिड १९ को संक्रमण देखिएको छ । ४९ पुरुष र ४७ महिला गरी ९६ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् । आईतबार थपिने संक्रमित मध्य बुढीगंगा नगरपालिका, ७९ जना र बडिमालिका नगरपालिका १७ जना रहेका छन् । […]
नागरिक रैबार/बाजुरा १४ असार। बाजुरामा थप ९६ जनामा कोरोना पुष्टि भएको छ । आइतबार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा बाजुराका ९६ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै बाजुरामा कोरोना संक्रमितको संख्या २८८ पुगेको स्वास्थ्य कार्यालय बाजुराले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । आइतबार थपिएका मध्ये बडीमालिका नगरपालिका १७ जना र बुढीगँगा नगरपालिकाका ७९ […]
नागरिक रैबार/बाजुरा १३ असार। बाजुरामा थप ६३ जनामा कोरोना पुष्टि भएको छ । शनिबार शिक्षण अस्पताल काठमाडौंमा गरिएको काेराेना परिक्षणमा बाजुराका ६३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हाे शनिबार काेराेना पुष्टि भएका मध्ये १२ जना महिला र ५१ जना पुरुष रहेका छन् । यो संगै बाजुरामा कोरोना संक्रमितको संख्या १९२ पुगेको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ […]