होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  •  प्रारम्भिक कक्षाका लागि सिकाइ सामग्री सहयोग
बडीमालिका

 प्रारम्भिक कक्षाका लागि सिकाइ सामग्री सहयोग

  • नागरिक रैबार
 प्रारम्भिक कक्षाका लागि सिकाइ सामग्री सहयोग

राजेन्द्र बि.क.बाजुरा,६ साउन
बाजुरामा बन्दाबन्दिको समयमा बालबालिकालाइ घरमै पढाई /सिकाइमा सकारात्मक सहयोग पुगोस् भन्ने उदेश्यका साथ प्रारम्भिक कक्षा मा अध्ययनरत बालबालिकाका लागि सिकाइ सामग्री बितरण गरिएको छ। युनिसेफ को सहय‍ोग , सामाजिक बिकास मन्त्रालय, स्थानिय तह, विश्व शिक्षा नेपाल, निड्स कन्चनपुर र सेत‍ोगुराँस बालबिकास सेवा बाजुरा को समन्वय सहकार्यमा हिमालि गाउपालिकामा प्रारम्भिक कक्षा देखि कक्षा ३ सम्मका २३बिद्यालयमा अध्ययनरत करिब १४सय५०बालबालिकालाई र बडिमालिका नगरपालिकामा १८ बिद्यालयका करिब ६सय४० प्रारम्भिक कक्षा र कक्षा १सम्म अध्ययनरत बालबालिकाका लागि स्वध्ययन सामग्री अन्तर्गत किताब,कापी,खेल सामग्री र अन्य विभिन्न प्रकारका सिकाइ सामग्री सहयोग गरिएको सेतोगुरांस बालबिकास सेवा बाजुराका कार्यक्रम संयोजक देवराज पाध्यायले बताउनु भएको छ। स्वअध्ययन सामग्रीले बालबालिकाको घरमै खेल्दै सिक्दैको वातावरण लाई प्रभावकारी बनाउन सहयोग पुर्याउने बिश्व शिक्षा नेपालका फिल्ड अधिकृत प्रकाश बिनाडिले बताउनु भएको छ।बन्दाबन्दिले बालबालिकाको पढाइमा बाधा पुगेको यो अवस्थामा स्वअध्ययन सामग्री पाइसकेपछि बालबालिकाले खुशिका साथ रमाउंदै घरमै पढाइ/सिकाइका क्रियाकलाप गरिरहेका छन् यसले बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव पारिरहेको छ बडिमालिका नगरपालिका ५ स्थित कैलाशेस्वरी माद्यामिक बिद्यालयका प्रधानाध्यापक लछिराम साउदले भन्नुभएको छ।स्वअध्ययन सामग्री संबंधित स्थानिय तहमा लगेरै बितरण गरिएको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार