होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोर्धको गैरीगाउँ दलित टोल सरसफाईमा नमुना बन्दै
समाचार

कोर्धको गैरीगाउँ दलित टोल सरसफाईमा नमुना बन्दै

  • नागरिक रैबार
कोर्धको गैरीगाउँ दलित टोल सरसफाईमा नमुना बन्दै

नागरिक रैबार/बाजुरा ७ साउन। बडीमालिका नगरपालिका वडा नं ६ मा पर्ने गैरीगाँउ दलित बस्ती हो । जहाँ ३३ घरधुरी बसोबास गर्छन । गैह्रदलित समुदायले दलित बस्तीलाई फोहरको पर्यावाचीको रुपमा लिईने पुरानै परम्परा हो । तर कोर्धको गैरीगाँउ दलित टोलले यो परम्परागत तोड्न सफल भएको छ ।

 पूर्ण सरसफाई अभियान अन्तर्गत सरसफाई सम्बन्धि जनचेतनामुलक तथा क्षमता विकास सम्बन्धिं कार्यक्रमहरु सञ्चालन भैसकेपछि समुदायमा सकारात्मक परिवर्तन देखिएको छ ।

हाल गैरी गाँउमा प्रत्येक घरमा शौचालय छन, शौचालयमा चप्पल, ब्रस छन, भाँडाधुने जुठ्यान र भाँडा सुकाउने च्याङ्ग छन ।  घर आँगन सरसफाईयुक्त भएका छन भने २५ घरधुरीले शुद्ध खानेपानीका लागि फिल्टर प्रयोग गरिरहेका छन् ।उक्त गैरीगाँउमा एक नमुना समुदाय मुल व्यवस्थापन समिति र सुचक अनुसार ६ वटा उपसमितिहरु गठन भै अभियान प्रभावकारी रुपमा कार्यन्वयन भैरहेको छ ।

विज्ञापन

गैरीगाँउ टोललाई नमुना बनाउन ६ नं. बडा कार्यलयले समेत ८ बोरा सिमेन्ट उपलब्ध गराएको छ । त्यस्तै गाउँमा सुधारिएको चुलो जडानका लागि सहास नेपाल नामक गैह्र सरकारी संस्थासंग सहकार्य भईरहेको सो वडाका सरसफाई सहजकर्ता विक्रम साँउदले बताएका छन् । सुधारिएको चुलोका लागि ७५ प्रतिशत संस्थाबाट अनुदान र २५ प्रतिशत घरधनीले व्यहोर्ने गरी कुरा प्रयास भईरहेको उहाँको भनाईछ ।

बडीमालिका नगरपालिका र युएनह्याविटेटले सो गाउँमा सरसफाई सम्वन्धि सवैलाई जनचेतना दिएपछि अहिले गाउँका सवै जनाआफ्नो व्यक्तिगत सरसफाईलाई अग्रपंक्तिमा राख्दै आएका छन् । गाउँलाई बडीमालिका नगरपालिकाकै सरसफाईमा नमुना टोल बनाउने योजना रहेको टोलका युवा धन लवारले बताएका छन् ।

वडा स्तरिय खानेपानी सरसफाई तथा समन्वय समितिद्धारा पुणर् सरसफाईमा नमुना बनाउने उद्देश्यका साथ बडीमालिका नगरपालिका र युएन ह्याविट्याटको सहकार्यमा नगरपालिकाका ९ वटै वडामा रहेका टोललाई नमुनाको रुपमा विकास गर्न सरसफाई सम्वन्धि विभिन्न कार्यहरु गरिरहेको छ ।

नगरपालिकाका वडा न. १ को खेतिपातल, वडा न. २ को प्रतिभा टोल, वडा न. ३ को सेरगाँउ टोल, वडा न. ४ को भगवति टोल, वडा न ५को दलित टोल, वडा न. ६ को गैरीगाँउ टोल, वडा न.७ को ढम्कने टोल, वडा न. ८ को रापक र वडा न. ९ को चौराटा लाई पुणर् सरसफाईको नमुना समुदायको रुपमा विकास लागिरहेको युएन ह्याविटेट बडीमालिका नगरपालिकाका संयोजक विरेन्द्र रावलले बताएका छन् ।

खुला दिसामुक्त भैसकेपछि नगरपालिकाद्धारा पुणर् सरसफाइृको अभियानलाई अगाडि बढाउन विभिन्न गैह्र सरकारी संघ संस्थाहरु संग सहकार्य गरिरहेको बडीमालिकाका नगरप्रमुख पदम बडुवालको भनाई छ ।

बडीमालिका नगरपालिकाले युनिसेफ सँगको सहकार्यमा नगरपालिकाका सवै घरधुरीमा एक घर एक धाराको अभियान पनि दु्रत गतिमा अगाडी बढाईरहेको छ । त्यस्तै नगरपालिकाद्धारा फोहर व्यवस्थापनका लागि बजार क्षेत्रमा डस्विन, फोहर संकलनका लागि नियमित गाडीको व्यवस्था गरिएको छ भने बजार क्षेत्रमा सोलार बत्ति र सिसि क्यामरा जडान गरी सार्वजनिक क्षेत्रको निगरानी गर्र्न लागि रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार